काठमाडौं– कवि निरज भट्टराईको 'धुवाँको धागो' नामक कवितासंग्रह सार्वजनिक भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकार डा. अभि सुवेदीले 'धुवा“को धागो' कवितासंग्रहको विमोचन गरे। 'पेशाले डाक्टर कविले कविताहरुको समेत शल्यक्रिया गरेर नवीनतम आयाम खोतलेका छन्। उनका कविताहरुमा लघु नाटक भेट्न सकिन्छ। उनले कवितामा ससाना कुरालाई समेत समावेश गरेका छन्। यसले गर्दा कवितामा रस थपिदिएको महशुस गरेको छु,' साहित्यकार सुवेदीले भने।
'अहिले मूलधारका कविता भन्दा केही पृथक शैलीमा कविता रचना गरिएको छ। लेखाईमा कविको मेहेनत प्रष्ट देखिन्छ,' कवि विप्लव ढकालले भने। कार्यक्रममा ज्ञानुवाकर पौडेल, विष्णुविभु घिमिरे, बलराम अधिकारी र चन्द्र गुरुङ लगायतले बोलेका थिए।
'मैले कविता लेखनमा निजत्व निर्माणमा ध्यान दिएको छु। सामान्यतया कुनै व्यक्ति वा सिद्धान्तसँगको लामो संगतले संगत गर्ने व्यक्तिको मौलिकता हराउने गर्छ, तर साहित्य मात्र त्यस्तो अपवाद रहेछ, जसमा डुब्दै जाँदा मैले मौलिकता बढ्दै गएको पाएँ, ' कवि भट्टराईले भने। ४५ वटा कविता रहेको संग्रहलाई ऋतुरंग फाउन्डेसन नेपालले बजारमा ल्याएको छ। बलराम अधिकारीले कविताहरुलाई अंग्रेजीमा समेत अनुवाद गरिएका छन्। यसअघि कवि भट्टराईका 'मेरो भन्नु केही छैन', 'तलाश' गरी दुई गजलकृति प्रकाशन भइसकेका छन्।