वैदेशिक प्रशिक्षणमा जुडो
०७ फागुन २०७०
•
५ मिनेट पाठ
वैदेशिक प्रशिक्षणमा जुडो
काठमाडौं– दक्षिण एसियाली जुडो च्याम्पियनसिप र एसियन जुडो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यसहित ४ नेपाली खेलाडी विशेष प्रशिक्षणका लागि उज्वेकिस्तान गएका छन्। उज्वेकिस्तान जानुअघि खेलाडी रमेश मगर, खेमबहादुर थापा, लीला अधिकारी र देविका खड्कालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव युवराज लामा र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बुधबार बिदाइ गरे।जुडो संघले काठमाडौंमा अप्रिल १० देखि १४ सम्म दक्षिण एसियाली जुडो च्याम्पियनसिप आयोजना गर्दैछ। बिदाइका बेला रमेशले दक्षिण एसियाली जुडोमा स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रशिक्षण गर्ने बताए। काठमाडौंका रमेशले भने, 'हामीले अहिले प्रशिक्षणका लागि राम्रो अवसर पाएको छौं। विगतको अनुभव र उज्वेकिस्तानको प्रशिक्षणले मलाई स्वर्ण जित्ने सहयोग गर्ने विश्वास छ।' 
रमेश अन्तर्राष्ट्रिय जुडोमा पदक जितिसकेका छन्। रमेशले सन् २०११ मा पाकिस्तानमा भएको दक्षिण एसियाली जुडोमा कांस्य जितेका थिए। त्यसमै नेपालले टिम इभेन्टमा स्वर्ण जित्दा रमेश पनि थिए। ढाकामा भएको ११औं दक्षिण एसियाली खेलकुदमा सहभागी भए पनि लिफ्ट दुर्घटनामा घाइते भएपछि रमेश नखेली फर्किएका थिए। 
बिहीबारदेखी नै नेपाली टोलीले प्रशिक्षणको सुरुआत गर्ने जुडो संघले जनाएको छ। नेपाली खेलाडीले उज्वेकिस्तानमा ५० दिन प्रशिक्षण गरेर फर्कने छन्। संघका अध्यक्ष वज्राचार्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्यसहित खेलाडीलाई वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको बताए। उनले भने, 'उज्वेकिस्तानको प्रशिक्षणपछि हाम्रा खेलाडीले स्वर्ण जित्छन् भन्ने विश्वास छ। घरेलु प्रतियोगितामा प्रतिस्पर्धा बढ्दै गएको छ। हामीले नेपालमै पनि नियमित प्रशिक्षणलाई प्राथमिकता दिइरहेका छौं। यसले हामीलाई अन्तर्राष्ट्रिय पदक जित्न सहयोग गर्नेछ।'
जुडो खेलाडीले पहिलोपल्ट राम्रो प्रशिक्षणको अवसर पाएको वज्राचार्यले बताए। यसअघि सन् २०१० मा नेपालले वैदेशिक प्रशिक्षण गर्ने क्रममा ११औं दक्षिण एसियाली खेलकुदलक्षित गरी ७ खेलाडी भारत पठाइएको थियो। 
अध्यक्षले दुई ठुला प्रतियोगिताअघि प्रशिक्षणको अवसर पाउनु नेपालका लागि सुखद भएको बताए। उनले भने, 'हामीले सही समयमा प्रशिक्षण अवसर पाएका छौं। यसले काठमाडौं हुने दक्षिण एसियाली जुडो र इन्चोनमा हुने एसियन जुडोमा पदक जित्न सहयोग हुन्छ।' खेलाडीहरू अन्तर्राष्ट्रिय जुडो महासंघको सहयोगमा उज्वेकिस्तान प्रशिक्षणका लागि गएका हुन्। उज्वेकिस्तानमा महासंघले जुडो एकेडेमी चलाएको छ। 
१२औं र १३औं राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई प्रशिक्षणमा पठाएको वज्राचार्यले बताए। ५० दिने प्रशिक्षणमा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छन्। 
इन्चोन एसियाली खेलकुदका लागि विदेश प्रशिक्षक पठाइदिन अन्तर्राष्ट्रिय जुडो महासंघसँग आग्रह गरेको अध्यक्ष वज्राचार्यले जानकारी गराए। सदस्यसचिव लामाले सधैं यस्तो प्रशिक्षणको अवसर नपाउने बताउँदै प्रशिक्षणमा सतप्रतिशत मेहनत गर्न खेलाडीलाई सुझाए।


अर्को समाचार
वैदेशिक प्रशिक्षणमा जुडो टोली
२९ पौष २०७२
•
७ मिनेट पाठ
वैदेशिक प्रशिक्षणमा जुडो टोली
काठमाडौं- १२औं दक्षिण एसियाली खेलकुद(साग)को तयारी गर्न नेपाली जुडो टोली बुधबार वैदेशिक प्रशिक्षणका लागि भारत गएको छ। साग खेलकुद भारतको सिलोङ र गुहाटीमा माघ २२ बाट सुरु हुँदैछ। नेपाली टोलीले २४ दिन भूपालमा विशेष प्रशिक्षण गरेर प्रतियोगिता हुने स्थान सिलोङजानेछ। टोलीको माघ २ बाट प्रशिक्षण सुरु हुनेछ।स्वर्ण जित्ने सम्भावना बढी भएको खेलमा लिइएको जुडोका १२ खेलाडीले सिलोङमा प्रतिस्पर्धा गर्नेछन्।




सागको १२औं संस्करणमा जुडोमा नेपालबाट ६–६ महिला/पुरुषले भाग लिने छन्। साग खेल्ने भारतीय जुडो टोली पनि भूपालमा प्रशिक्षण गरिरहेको छ। नेपालले पनि भारतीय खेलाडीसँगै प्रशिक्षण गर्ने बताइएको छ।

टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतले बिदाइ गरे। नेपाली टोली बस र रेलमार्ग हुँदै भूपाल पुग्नेछ।

एनओसी अध्यक्ष श्रेष्ठले विगतको नतिजाका आधारमा जुडोले स्वर्ण पदक जित्ने विश्वास लिएको बताए। 'जुडो संघले तयारीमा मिहिनेत गरेको छ। खेलाडीको स्तर बढाउनधेरै राम्रो काम भएको छ। यसले जुडोले स्वर्ण जित्दै नेपालको प्रतिष्ठा बढाउने छ,' उनले भने, 'साग नेपाल जस्तो देशका लागि ओलम्पिकसरह नै हो। हरेक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रारम्भिक चरण भनेको नै साग हो। सागबाटै हामीले ओलम्पिकसम्मको यात्रा तय गर्नुपर्छ। यसले प्रशिक्षक र खेलाडीको सही परीक्षण गर्छ। त्यसैले सबैले मिहिनेत गरे पदक जित्न सकिन्छ।'

प्रतियोगितामा इन्द्र बहादुर श्रेष्ठ (६० केजीमुनि), रमेश मगर (६६केजीमुनि), संजित डंगोल (७३केजीमुनि), पवनकुमार श्रेष्ठ (केजीमुनि), संजय महर्जन (९० केजी) र शिवबहादुर बराम (१०० केजी) ले खेल्नेछन। महिलामा सरिता चौधरी (४८केजीमुनि), लीला अधिकारी (५२केजीमुनि), मनिता श्रेष्ठ प्रधान (५७ केजीमुनि), फुपुल्हामु खत्री(६३ केजीमुनि), गंगा अधिकारी (७०केजीमुनि) र पुनम श्रेष्ठ (७८केजीमुनि) ले नेपालको प्रतिनिधित्व गर्नेछन्।

नेपाली टोली प्रशिक्षकमा दलबहादुर गुरुङ, इन्द्र डंगोल, व्यवस्थापकमा देवु थापा र गंगा खड्का छन्। उमेर समूह समावेश नगरिएपनि १०० सय भन्दा माथिको तौल समूहमा खेल्ने राजन जोशी र ७८ केजीभन्दा माथिको तौलकी आकृति जोशीले टोलीसँगै भारतमा प्रशिक्षण गर्नेछिन्।

सागमा नेपालकारेफ्री सूर्यनारायण श्रेष्ठ र पदमबहादुर बुढा क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। जुडो अध्यक्ष बज्राचार्यले अनुशासन र स्वास्थ्यध्यानमा राखेर खेले नेपाली खेलाडीले सागमा स्वर्ण जित्ने दाबी गरे। उनले खेलाडीहरूलाई भने, 'हामीले तपाईहरूबाट स्वर्ण आशा गरेका छौं। विश्वास छ तपाईहरूले नेपाल र नेपाली जुडोको प्रतिष्ठा बढाउने काम गर्नुहुनेछ।'

बज्राचार्यले सागमा राम्रो नतिजा निकाल्न व्यवस्थापनमा पनि पूर्वपदक विजेता खेलाडीलाई राखेको बताए। उनले भने,'यसले खेलाडीको हरेक समस्या समाधान र प्रशिक्षणमा सहयोग पुगोस् भन्ने चाहना हो। तयारीका लागी हामीले सक्दो राम्रो गरेका छौं। टोलीमा धेरै नयाँ खेलाडी छन्। तर, उनीहरूको क्षमतामा हामीलाई विश्सास छ। राम्रो नतिजा लिएर तपाई फर्कनुहुनेछ।'

फुपुल्हामुले हंगेरीमा प्रशिक्षण गर्ने

रियो ओलम्पिकलाई लक्षित गरेर नेपाली जुडो खेलाडी फुपुल्हामु खत्रीले हंगेरीमा छमहिने वैदेशिक प्रशिक्षण गर्ने भएकी छन्। अन्तर्राष्ट्रिय जुडो महासंघ र नेपाल ओलम्पिक कमिटीको सहयोगमा फुपुल्हामुले हंगेरीमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्। साग तयारीका लागि नेपाली जुडो टोली बुधबार भारततर्फ गएपनि फुपुल्हामु भने गइनन्। उनी नेपालबाटशनिबारसम्म हंगेरी जाने तयारी भइरहेको अध्यक्ष बज्राचार्यले बताए। फुपुल्हामुसँगै प्रशिक्षकका रूपमा देवु थापा पनि हंगेरी जानेछिन्। हंगेरीको प्रशिक्षणक्रममा सागमा सहभागी भएर पुनः देवु र फुपुल्हामु हंगेरी जाने कार्यक्रम छ।

हंगेरीमा विश्व जुडो महासंघले ओलम्पिकलाई लक्षित गरेर आयोजना गरेको प्रशिक्षणमा हालसम्म २६ देशका खेलाडीले विशेष प्रशिक्षण लिइरहेका छन्। फुपुल्हामुले माघ ६ देखि हंगेरीमा प्रशिक्षण सुरु गर्नेछिन्। सागमा जुडोको खेल फागुन २ बाट सुरु हुनेछ। उनी प्रतियोगिता खेल्न सिलोङमा माघ २७ सम्म पुगिसक्ने संघले जनाएको छ।

हंगेरी जान लागेकी फुपुल्हामुले उक्त प्रशिक्षणले सागमा स्वर्ण जित्न सहयोग पुग्ने बताइन्। उनले भनिन्, 'मैले करिअरमा राम्रो अवसर पाएको छु। जुडोमासबैले यस्तो अवसर पाउँदैनन्। मलाई अवसर दिएकोमा सबैलाई धन्यवाद। प्रशिक्षणमा मिहिनेत गरेर सिलोङमा स्वर्ण जित्ने मेरो लक्ष्य छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस