गैंडाको चोरी शिकार शून्य
१९ फागुन २०७०
•
३ मिनेट पाठ
गैंडाको चोरी शिकार शून्य
काठमाडौं- नेपालमा एक वर्ष अवधिमा देशभरका कुनै पनि वनजंगल, निकुञ्ज एवं आरक्षबाट गैंडाको शिकार तथा चोरी हुन पाएन। गत वर्षको फागनु ५ यताको अवधिमा चितवन लगायत कुनै पनि निकुञ्ज, आरक्ष र जिल्ला वन कार्यालयको क्षेत्र तथा समुदायद्वारा व्यवस्थापन गरिएका वनमा गैंडाको शून्य चोरी शिकार भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।विभागले गैंडाको शून्य चोरी शिकार ३ सय ६५ दिन एवं विश्व वन्यजन्तु दिवसको अवसरमा उक्त जानकारी दिएको हो। विभागले गैंडाको शून्य चोरी शिकार वर्षलाई 'जिरो पोचिङ ३६५ डेज' भनेर मनाएको छ। एक वर्ष अवधिभर गैंडा संरक्षण गर्न सफल भएको भन्दै मनाइएको दिवसमा विभागले यो अवधिमा पक्राउ गरिएका वन्यजन्तु तथा वन पैदावारको तथ्यांक सार्वजनिक गरेको छ।
विभागका अनुसार एक वर्ष अवधिमा बाघको हड्डी १ हजार २ सय ग्राम, गैंडा खाग २ थान, खुर १ थान, चितुवाको छाला ६ थान, रेडपान्डा छाला ११ थान, २ थान भरुवा बन्दुक, राइफल १ थान, गोली ४ थान लगायतका समान बरामद गरेको छ। 
हाल विश्वमा करिब ३२ सय संख्यामा रहेको एकसिंगे गैंडा नेपाल र भारतको सीमित निकुञ्ज, आरक्ष र वरिपरि क्षेत्रमा मात्र पाइने विभागले जनाएको छ। नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरंगा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान हो। विभागले गैंडा संरक्षणका लागि केन्द्रीय स्तरदेखि क्षेत्रीय स्तरका इकाइ खडा गरी कार्य अगाडि बढाइरहेको छ। सन् २०११ को गणना अनुसार नेपालमा गैंडा संख्या ५ सय ३४ छ।
दिवसका अवसरमा विभागले वन्यजन्तु तथा वन पैदावारसम्बन्धी चोरी शिकार, निकासी तथा अवैध व्यापारमा संलग्न ७ सयभन्दा बढी अभियुक्त पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, ०२९ अनुसार कानुनी दायरामा ल्याएको जनाएको छ। तर यस्ता अपराधमा रहेका ३ सय ५० भन्दा बढी फरारको सूचीमा रहेको विभागले तिनको खोजीकार्य तीव्र रुपमा भइरहेको जनाएको छ।
विभागका अनुसार वन्यजन्तुको अपराधसम्बन्धी सूचना र तथ्यांक विश्लेषण गर्दा काठमाडौं उपत्यका प्रमुख व्यापारिक केन्द्रका रुपमा छ। उपत्यकापछि धनगढी, नेपालगन्ज, नारायणगढ, हेटौंडा, पोखरा लगायत सहरी क्षेत्रमा पनि कारोबार हुने गरेको पाइएको छ।


अर्को समाचार
बितेको आवमा पनि गैंडाको शिकार शून्य
०१ साउन २०७२
•
५ मिनेट पाठ
बितेको आवमा पनि गैंडाको शिकार शून्य
चितवन– आर्थिक वर्ष ०७१/७२ मा चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका कारण कुनै गैंडा मरेनन्।




9c4fb1eeba8066c3017ddee84a688442_L.jpg

पुरै एक आर्थिक वर्ष गैंडाको शिकार शून्य रहेको यो नै पहिलो पटक हो। यसअघि ३ सय ६५ दिनभित्र एउटा पनि गैंडा नमरेका कारण निकुञ्जले तीन तीन पटक शून्य चोरी सिकार वर्ष मनाएको थियो। कुनै बेला चितवन निकुञ्जमा एक आर्थिक वर्षमा चोरी शिकारीका कारण ३७ वटासम्म गैंडा मरेका थिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कँुवरका अनुसार वि.सं. २०७१ सालको वैशाख २० गतेयता चितवन निकुञ्जमा चोरी सिकारीले गैंडा मारेका छैनन्। उनका अनुसार वि.सं. २०७० सालका १२ महिनामा पनि चोरी सिकारीका कारण गैंडा मरेका थिएनन्। संरक्षणका लागि स्थानीय समुदायमा बढेको जागरुकताका साथै प्रशासन र सुरक्षा निकायको सक्रियताले चोरी सिकार ठप्प भएको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०५७/५८ मा निकुञ्जमा चोरी शिकारीका कारण सबैभन्दा धेरै ३७ वटा गैंडा मरेका थिए। माओवादी शसस्त्र संघर्ष उत्कर्षमा पुगेका बेला निकुञ्जभित्र रहेका सुरक्षा पोष्ट हटाएका समयमा चोरी सिकार मौलाएको थियो। आर्थिक वर्ष ०६७/६८ यता चोरी शिकार स्वात्तै घटेको देखिन्छ।

निकुञ्जबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष ०६७/६८ मा चोरी सिकारका कारण दुईवटा गैंडा मारिएका थिए । त्यसयताका तीन आर्थिक वर्षमा लागातार एक एकवटा गैंडा चोरी सिकारका कारण मारिएको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र पहिला सेनाको एउटा गणले मात्रै पहरा दिँदै आएकोमा चार वर्षयता पश्चिम क्षेत्रमा थप एक गुल्म सुरक्षाका लागि तैनाथ छ।

२०६३ सालको राजनैतिक परिवर्तनपछि संरक्षणमा पनि स्थानीय र दलको जागरुकता बढ्न थालेको हो। त्यसपछि गैंडा मर्न विस्तारै कम हुँदै गयो। २०६७ सालमा दुईवटा गैंडा चोरी सिकारीबाट मारिए। ६७ सालको पुस १९ मा चोरी सिकारीबाट गैंडा मारिएपछि अर्को गैंडा ६८ सालको चैत्र २० मा मात्रै मारियो। ६८ साल चैत्रको घटनापछि ६९ सालको फागुन ५ मा मात्रै गैंडा मारेर चोरी सिकारीले खाग लगेका थिए। त्यसपछि ७१ सालको बैशाख २० मा चोरी सिकारीले गैंडा मारेका थिए। ६७ सालको पुस १९ देखि ३६५ दिनभित्र कुनै गैंडा नमरेका कारण चितवन निकुञ्जले विस २०६८ सालको पुस १९ मा धुमधामसँग पहिलो शून्य चोरी सिकार वर्ष मनाएको थियो।

३६५ दिनभित्र गैंडा नमरेको घटना ७० साल फागुनमा पनि दोहरीको थियो। ७१ साल बैशाख २० देखि ७२ साल बैशाख २० सम्म गैंडा नमरेका कारण निकुञ्जले गत बैशाखमा पनि शून्य चोरी सिकार मनाएको थियो । 'यसअघि ३६५ दिनलाई गणना गर्दै तीन पटक शुन्य चोरी शिकार वर्ष मनाएका थियौं । आर्थिक वर्ष नै शून्य चोरी शिकार भएको यो पहिलो पटक हो,' प्रमुख संरक्षण अधिकृत कुँवरले भने ।

गएको वैशाखमा सम्पन्न गणनाअनुसार नेपालभर ६४५ गैंडा रहेका छन्। नेपालमा सबैभन्दा बढी गैंडा चितवन निकुञ्जमा ६०५ वटा रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। एक सिंगे गैंडा दुर्लभ जंगली जनावर हो। गैंडाको नाकमाथि हुने अंग खागका लागि तस्करहरुले गैंडा मार्ने गरेका छन् । खागमा औषधीय गुण हुने बताइए पनि सो तथ्यहिन रहेको बताइन्छ। गैंडा मारेमा १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस