सेक्स स्टेसन
२० चैत्र २०७०
•
१५ मिनेट पाठ
सेक्स स्टेसन
फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो।
पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू। यस्ता स्टेसनका पारखी छन्, रिक्साचालकदेखि ठूला व्यापारीसम्म। पूर्वको यौन व्यवसायको ताजा हाल बुझ्न गोपाल दाहालले पूर्वका थुप्रै यौन अखडा चहारेका छन्।......
भारत र पूर्वी नेपालको नाका हो, झापाको काकडभिट्टा। भारतको सिलिगुढी हुँदै दार्जीलिङ, सिक्किम जाने र सीमाबाट नेपालतर्फ आउने गाडी स्टेसन छ, त्यहाँ। तर पछिल्ला दिनमा त्यो गाडी स्टेसन भन्दा बढी 'सेक्स स्टेसन' का रूपमा परिचित छ। नेपाल र भारतका मात्र होइनन्, बंगलादेशका नागरिकसमेत जमघट हुने यो ठाउँमा खुल्लमखुल्ला यौनधन्दा चल्ने गर्छ। 
काकडभिट्टाबाट सुरु हुने पूर्व–पश्चिम राजमार्ग जति अघि बढ्दै जान्छ, त्यति नै 'सेक्स स्टेसन'को संख्या बढ्दै जान्छ। काकडभिट्टाबाट अगाडि बढेपछि आइपुग्ने बिर्तामोडको बसपार्क क्षेत्र पनि सेक्स स्टेसन बनेको छ। त्यहाँका अधिकांश रेस्टुरेन्ट र होटलमा यौनधन्दा हुन्छ। २०६८ चैत २२ गते बिर्तामोडको नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नरमा एक जनाको हत्या भयो। उनको हत्यामा यौनधन्दा पनि जोडिएको थियो। बिर्तामोड अगाडिको दमक पनि अर्को नामुद सेक्स स्टेसन हो। यहाँ पनि भारतदेखिका व्यापारी, यात्राका लागि आउने घुमन्तेहरू यौनआनन्द लिन आइपुग्छन्। पूर्वका गाउँहरूबाट शहर झरेका चेली र केही भारतीय युवती पैसासँग शरीर साटिरहेका हुन्छन्। केही दिन अघिमात्र प्रहरीले यौनधन्दा चलाएको आरोपमा दमकका चार होटल सञ्चालकसहित १७ जनालाई पक्राउ गर्योह। प्रहरीका अनुसार दमकमा प्रियंका होटल, ओझा होटल, सौगात, डल्पि्कनलगायत रेस्टुरेन्ट यौनधन्दामा कहलिएका छन्। दमक–९ को ममता होटलमा यौनधन्दा हुन्छ। दमकका डीएसपी रविकुमार पौडेल अहिले दमकलाई यौनधन्दा मुक्त बनाउने भन्दै अभियान चलाइरहेका छन्। बिर्तामोडका पत्रकार रमेश समदर्शीको टिप्पणी छ– 'सबैतिर नयाँ प्रहरी प्रमुख आउँदा उनीहरूको पहिलो टार्गेट नै होटलका यौनधन्दा हुने गर्छन्। तर, दुईचार दिनमै अभियान सेलाउँछ।' 
त्यसो त झापाबाट इलाम हुँदै पाँचथर, ताप्लेजुङसम्मको यात्राका क्रममा पनि भेटिन्छन्, सेक्स स्टेसनहरू। आर्मी क्याम्पनजिकैको चारआली गाडी स्टेसनवरपरका होटलहरूमा सेक्स वर्करहरू रहेका छन्। उनीहरूका ग्राहक आर्मी, पुलिस, ठेकेदार र व्यापारीहरू हुने गरेको स्थानीयवासी बताउँछन्। त्यहाँबाट उकालो चढेपछि चियाबारीमा मायाप्रेम साट्ने जोडीहरू बढी भेटिन्छन्। तर, इलामको फिक्कलमा चाहिँ बाहिरबाट सल्लाह मिलाएर गएका जोडी भेटिन्छन्। त्यहाँ पनि यौनकर्मी उपलब्ध छन्। इलाम बजारका होटलहरूमा पनि यौन पर्यटक थुप्रै भेटिन्छन्। इलामबाट पाँचथर जाँदा बाटोमा पर्ने कान्छी दोकानलगायत बजारमा फाट्टफुट्ट यौन अखडा भेटिन्छन्। पाँचथरको सदरमुकाम फिदिम त पहाडी क्षेत्रको गतिलो सेक्स स्टेसन नै हो। एक वर्षअघि प्रहरीले फिदिमको सीमा होटलमा छापा मारेर तीन जोडी युवायुवती पक्राउ गरेको थियो। ताप्लेजुङको फुङलिङस्थित बस स्टेसनवरपर पनि सेक्सका अखडाहरू जमिरहेका स्थानीयवासी बताउँछन्।
दमकबाट पश्चिमतिर अघि बढेपछि आउँछ, उर्लाबारी सेक्स स्टेसन। पहिला गाउँ भए पनि जग्गा प्लटिङले शहरीकरण बढिरहेको उर्लाबारीमा व्यापारी, व्यवसायीको जमघट बढ्दो छ। आयस्तर बढ्दै गएका स्थानीयहरू गाउँमै डान्स पार्टी, कन्सर्ट गरेर रमाउन थालेका छन्। अनि, थकान मेट्न र मनोरञ्जन दिन भनेर खुलेका होटल, रेस्टुरेन्टमा यौनधन्दा फस्टाइरहेको छ। उर्लाबारीसँग नजिकैको पथरी बजारका धेरै विशेषता मिल्छन्। दुवै क्षेत्रका स्थानीयको बदिलँदो जीवनशैली र आयस्तरसँगै सेक्स स्टेसनहरू बनिरहेका छन्। पथरीका होटल, रेस्टुरेन्टमा भुटानी शरणार्थी युवतीहरू धन्दामा थिए, तर उनीहरू तेस्रो मुलुक गएपछि यहाँको सेक्स बजारमा मन्दी आएको स्थानीय बताउँछन्। 
पथरीबाट अगाडि बढेपछि आइपुग्ने इटहरी राजमार्गको मात्र होइन, पूर्वकै चर्चित सेक्स स्टेसन हो। पूर्वका सबै मुख्य बजारबाट विभिन्न शहर र राजधानी आउने जाने गाडीहरूको ठूलो स्टेसन हो इटहरी। यौनधन्दामा पनि यो अगाडि छ। यहाँको बसपार्कका अधिकांश होटल, रेस्टुरेन्टमा यौन कारोबार हुन्छ। बसपार्कबाहेक विराटनगर लाइन, पूर्व र पश्चिम लाइन सबैतिर खोलिएका साना छाप्रा रेस्टुरेन्टको मुख्य काम यौनधन्दा हो। केही महिनाअघि विराटनगर लाइनको फ्रेन्डसिप रेस्टुरेन्टबाट भागेर महिला अधिकारकर्मीको शरणमा पुगेकी एक युवतीले रेस्टुरेन्ट सञ्चालकले ग्राहकसँग १५ सयसम्म लिने र आफूलाई दुई सय रुपैयाँ दिने गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, 'यहाँ पुलिसहरू पनि आउँछन्। उनीहरूलाई सित्तैमा सेवा दिनुपर्छ। उल्टै, नांगो बनाएर फोटो खिच्छन्।' महिला अधिकारकर्मीको उजुरीपछि प्रहरीले सञ्चालकलाई कारबाही गरेको थियो। यसबाहेक पनि प्रहरीले सयौँलाई पक्राउ गरी कारबाही गरिसकेको छ। इटहरीका डीएसपी विद्यानन्द माझीका अनुसार गत वर्षको चैतदेखि यस वर्षको भदौसम्ममा यौनधन्दामा संलग्न १ सय ६० जना कारबाहीमा परिसकेका छन्। उनका अनुसार इटहरीमा काठमाडाँैदेखिका यौनव्यवसायी आएर ग्राहकलाई सेवा दिन्छन्। अधिकांश ग्राहक भारतीय हुन्छन् भने स्थानीय ग्राहक पनि उत्तिकै हुन्छन्। 'हामीले नियन्त्रणका लागि अभियानै चलायौँ,' डीएसपी माझीले भने, 'होटल व्यवसायी र आमा समूहसँग मिलेर आचार संहिता लागू गरेपछि पहिलेभन्दा नियन्त्रण भएको छ।'
इटहरीको गोरखा डिपार्टमेन्ट अगाडिको गाडी स्ट्यान्डदेखि नेपाली सेनाको पूर्वी पृतना क्याम्पसम्मका छाप्रा रेस्टुरेन्टमा पनि यौनधन्दा चम्किएको छ। यहाँका मुख्य ग्राहक सेनाका जवान, गाडी चालक, रिक्सा र ठेलाचालक हुन्छन्। त्यसअगाडि सेकुवा बजारका रूपमा विकास भएको तरहरामा पनि फाट्टफुट्ट यौनधन्दा चल्छ। 
त्यसपछि आइपुग्ने पूर्वको सुन्दर शहर धरानको भानुचोकस्थित बसपार्क, शान्तिपथ र छाताचोकनजिकै चतरा लाइन, जिरो प्वाइन्ट, फुस्रे, अमरहाट, बेसक्याम्पका केही होटल, रेस्टुरेन्टमा यौनधन्दा चलिरहेको छ। धरानबाट भेडेटार जाने उकालो बाटोमा पर्ने सारंगा डाँडामा रहेका होटल–रेस्टुरेन्टमा पनि यौन सेवा उपलब्ध छन्। यहाँको डुकु रेस्टुरेन्ट परिचित यौन अखडा हो। 
पर्यटकीय क्षेत्र भेडेटारका धेरैजसो होटलहरू दिनमा एउटै कोठा पाँच, सात पटकसम्म भाडामा लगाउँछन्। यस्ता 'घण्टे होटल'हरू भेडेटारदेखि धनकुटा जाने बाटोसम्म भेटिन्छन्। धनकुटा, हिले र वसन्तपुर पनि यौनपर्यटकका सेक्स स्टेसन हुन्। आर्मी क्याम्पनजिकै भएको चिसो ठाउँ हिलेका छाप्रे होटलहरूमा यौन जोडीको बास हुन्छ। 
तराईको तुलनामा पहाडमा यौनधन्दा कम हुन्छ। पहाडमा धेरैजसो बाहिरबाट आउने जोडीहरू होटलमा भेटिन्छन्। भारतीय नाका जोगबनीदेखि विराटनगरसम्मको क्षेत्र पनि यौनधन्दाका लागि चर्चित ठाउँ हो। विराटनगर बजारकै होटलहरूबाट प्रहरीले जोडीहरूलाई पक्रिने गरेको छ। केही समयअघि विराटनगरबाट ३५ जोडी पक्राउ परेका थिए। 
इटहरी नजिकैका खनार, दुहबी, पकली, झुम्का, इनरुवादेखि कोशी ब्यारेजसम्म स–साना सेक्स स्टेसनहरू छन्। 'एकान्त', 'भेटघाट', 'स्विट' जस्ता नाम राखिएका रेस्टुरेन्टहरू मूलसडककै छेउछाउमा भेटिन्छन्। यिनीहरूका मुख्य ग्राहक भनेका चालकहरू हुन्। एक जना ट्रक ड्राइभर भन्छन्, 'यस्ता रेस्टुरेन्टमा रक्सी, मासु र केटी पाइन्छन्। गाडी चलाउँदा थाकिन्छ। त्यहाँ पसेपछि भोक पनि मेटिने, प्यास पनि मेटिने। पैसा चाहिँ सखाप।'
कोशी तरेपछि सप्तरी जिल्ला भेटिन्छ। सप्तरीको सदरमुकाम राजविराजका छाप्रा र होटलहरूमा पनि यौनधन्दा चल्छ। प्रहरीका अनुसार यसबाटै केही गरिब महिलाहरूको जीवनयापन चलेको छ। त्यस्तै उदयपुरको गाईघाट बजार पनि पहाडी क्षेत्रको ठूलो सेक्स स्टेसन हो। गाईघाटमा यौनव्यवसाय गर्न भोजपुर, खोटाङ, सप्तरी र सिरहादेखिका युवतीसमेत आउने गरेको प्रहरीको भनाइ छ। प्रहरीले होटलमा छापा मारेर पटक–पटक यौनधन्दा गर्नेलाई पक्राउ गरेको छ। 
सिरहाको लहान बजारस्थित हस्पिटल चोक अर्को सेक्स स्टेसन हो। यहाँका न्यू राज होटल, ब्लुस्टार, आशिकी होटल एन्ड लजमा धन्दा चल्ने गरेको प्रहरीको भनाइ छ। लहानमा पनि प्रहरीले छापा मारेर दर्जनौँलाई पक्राउ गरिसकेको छ। सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दीलगायत साना बजारमा पनि थुप्रै सेक्स स्टेसन छन्। यहाँ खुलेका रेस्टुरेन्ट तथा लजहरूका अधिकांश ग्राहक गाडी चालक हुन्। स्थानीय व्यापारी र केही बाहिरबाट आउनेहरू पनि हुने गरेको प्रहरीको भनाइ छ। जनकपुरको जनकचोकलाई त स्थानीयवासी 'रेडलाइट एरिया' भन्ने गर्छन्। उनीहरूका अनुसार यहाँका धेरैजसो लज यौनधन्दाकै लागि खोलिएका छन्। ढल्केबर, लालगढ, बर्दिवास, चन्द्रनिगाहपुर हुँदै पथलैयासम्ममा गाडी चालकहरूलाई खाना, बस्नसँगै यौन सेवा दिने ठाउँ प्रशस्त भेटिन्छन्। त्यसपछि पुगिने हेटौँडालाई त गाडीको लोड बिसाउनेमात्र होइन, यौन तिर्खा मेटाउने शीतल चौतारी भने पनि हुन्छ। हेटौँडामा काठमाडाँैदेखिका यौनकर्मीहरूको समेत जमघट हुन्छ। तीन सयको हाराहारीमा यौनकर्मी रहेको अनुमान गरिएको हेटौँडामा प्रहरी र एनजीओ आईएनजीओले यौनकर्मीको निगरानी गरिरहेका छन्। 
चितवनलाई पूर्व र पश्चिम सबैतिरको केन्द्रीय सेक्स स्टेसन भने पनि हुन्छ। चितवनका रत्ननगर, नारायणगढदेखि मौवाखोलासम्म साना–ठूला सेक्स स्टेसन सञ्चालित छन्। 


अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस