पाल्पा- लागू औषध सेवन एवं कारोबार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ। ब्राउन सुगर बिक्री वितरण एवं सेवन गरेको अभियोग पाल्पा तानसेन नगरपालिका–४ बस्ने २६ वर्षीय कमल राना र २३ वर्षीय बिष्णुबहादुर गाहालाई असार २२ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको शरीर खानतलासी गर्दा ब्राउन सुगर भेटिएको र उनीहरुकै सुराकीका आधारमा तानसेन–११ बस्ने २७ बर्षीय उमेश कार्की र तानसेन–९ बस्ने शंकर दमाईलाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले जानकारी दिए।
पक्राउ परेकाहरुकै बयानका आधारमा प्रहरीले असार २७ गते तानसेन–४ का २४ वर्षीय सन्तोष नेपाल र २० वर्षीय सन्दिप बुढाथोकीलाई पक्राउ गरेको छ। शुक्रबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिएको थियो।
उनीहरुले लागू औषध सेवन गर्ने र बिक्री बितरण समेत गर्ने गरेका पाईएको प्रहरी निरिक्षक कृष्ण सापकोटाले जानकारी दिए। पक्राउ परेका ६ जनालाई कानुनी कारवाहीका लागि जिल्ला अदालत पठाइएको सापकोटाले बताए। पछिल्लो समयमा लागू औषध दुर्व्यसनी नियन्त्रण गर्नका लागि प्रहरीले बिषेश गस्ती बढाएको छ। सुराकीको आधारमा र सम्भावित क्षेत्रमा प्रहरीले सादा पोषाकमा गस्ती गर्ने गरेको सापकोटाले बताए।