‘कैदी भगाउन आपराधिक समूहको मिलेमतो'
१२ असार २०७१
•
७ मिनेट पाठ
‘कैदी भगाउन आपराधिक समूहको मिलेमतो'
काठमाडौं- काठमाडौंबाट आपराधिक समूह बोलाएर गौर कारागारका दुई कैदी भारत पुगेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक महिने अनुसन्धानपछि काठमाडौंबाट गएको समूहले भारतीय नागरिकको समेत सहयोग लिएर लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय काटिरहेका मोहम्मद जाबेद र नवीनकुमार यादवलाई जेठ १७ गते भगाएको खुलेको हो।कैदी भागेको घटनाको अनुसन्धानमा ब्युरोले काठमाडौंमा दुईजनालाई पक्राउ गरेपछि उनीहरु नक्खु कारागारबाट गौर जेल सरुवा मिलाएर भागेको खुलेको ब्युरोका प्रवक्ता पीताम्बर अधिकारीले जानकारी दिए। 
ब्युरोका प्रहरी अधिकारीका अनुसार गौर कारागारमा रहेका पप्पु जैसवाल सो घटनाको मुख्य योजनाकार हुन्। उनलाई काठमाडौं चल्नाखेलका सरोज थापामगर, काभ्रेका विकास लामा, डल्लुका मिलन लामा र भारतीय नागरिक सानुले सहयोग गरेका थिए। यीमध्ये सरोज र विकासलाई ब्युरोले पक्राउ गरेको छ। 
अनुसन्धानमा संलग्न ब्युरो अधिकारीका अनुसार २०६४ मा लागुऔषध मुद्दामा केन्द्रीय कारागारमा रहेका बेला सरोज र पप्पुबीच भेट भएको थियो। अदालतले तोकेको समय सकिएपछि २०६९ जेठ १८ मा सरोज जेलमुक्त भएका थिए।
प्रहरी अधिकारीका अनुसार उनी रिहा भए पनि पप्पुसँग निरन्तर सम्पर्कमा थिए। केन्द्रीय कारागारबाट पप्पु ललितपुरको नक्खु कारागारमा सरुवा भए। त्यहाँ उनको भेट मोहम्मद जाबेदसँग भएपछि उनीहरुले कारागारबाट भाग्ने योजना बनाएको ब्युरोको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 
जिल्ला अदालत कपिलवस्तुले २०६७ फागुन ११ मा भारतीय नागरिक जाबेदलाई १७ वर्È कैद र २१ लाख जरिवाना तथा सर्लाही जमुनियाका नवीन यादवलाई जिल्ला अदालत मलंगवाले २०६६ माघ मा ११ वर्È कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको थियो। सोही फैसलाअनुसार उनीहरु कारागारमा थिए। 
प्रहरी प्रतिवेदनअनुसार उनीहरुले नक्खुमै रहेका बेलामा भाग्ने योजना बनाएर जेल प्रशासनसँग गौर कारागारमा सरुवा माग गरेका थिए। योजनाअनुसार नै कारागार प्रशासनले दुवैजनालाई एकैपटक गौर कारागार पठाएको थियो। 
गौर पुगेपछि पप्पुले जेलका चौकीदार नवीनकुमार यादवलाई भाग्ने योजना सुनाएर आफूलाई सघाउन सहमत गराएका थिए। प्रहरीका अनुसार भाग्ने योजनाअनुसार नै उनीहरुले सरोजलाई फोन गरेर जेलबाट भाग्न सघाएबापत १० लाख रुपैया दिने प्रस्ताव गरेका थिए। 
ब्युरोका प्रवक्ता अधिकारीका अनुसार उनीहरुले जेलभित्रैबाट कामको पेस्कीबापत सरोजलाई २० हजार रुपैयाँ पठाइदिए। सरोजले पेस्कीको रकम बल्खुस्थित ग्रिन भ्याली बचत तथा ऋण सहकारी संस्थाबाट लिएका थिए।
प्रहरीका अनुसार पेस्की रकम पाएपछि सरोज जेठ १४ गते सहयोगी गणेश पुनमगर र मिलन लामालाई लिएर गौर गएका थिए। कारागारबाट भगाएर भारतीय सीमामा पुर्यागउन उनीहरुले काठमाडौंबाटै १ सय ५० र २ सय २० सिसीको दुईवटा मोटरसाइकल लगेका थिए। 
'पहिलो दिन गौरको होटल सिया प्यालेसमा बास बसेर उनीहरुले भारतबाट आएका जाबेदका भाइ सानुसँग ५० हजार रकम लिए,' प्रहरीको प्रारम्भिक प्रतिवेदनमा छ, 'उनीहरु कारागारबाट बहाना बनाएर बाहिर आउने र प्रहरीलाई झुक्याएर मोटरसाइकलबाट भारत जाने योजना थियो।'
योजनाअनुसार १७ गते जाबेद र चौकीदार नवीनले बिरामीको बहाना बनाएपछि प्रहरीले उनीहरुलाई उपचारका लागि तैयब नर्सिङहोम लगेका थिए। जाबेदले बिहान साढे ११ बजे पेट दुखेको बहाना गरे। जेल प्रशासनले कारागारका नाइकेसमेत रहेका यादवसँगै प्रहरीसहित उनलाई उपचारका लागि अस्पताल पठाए। कारागार प्रशासनले उनीहरुलाई जिल्ला अस्पताल पठाए पनि उनीहरु नर्सिङहोम गएका थिए। नर्सिङहोम जानेक्रममा उनीहरु मोटरसाइकलमा चढेर नेपाल बोर्डर पार गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। उनीहरुलाई प्रहरी हवल्दार गणेश श्रेष्ठ र प्रहरी जवान गौरीशंकर साहले नर्सिङहोम लगेका थिए। 
कैदी भागे पनि उनीहरुले जेल प्रशासन र प्रहरीलाई जानकारी दिएनन्। हवल्दार श्रेष्ठ बेलुका ६ बजेतिर एक्लै जेल फर्किएर कैदी भागेको जानकारी दिए भने प्रहरी जवान साह भागेका थिए। उनलाई पछि प्रहरीले पक्राउ गरेको थियो। 
प्रारम्भमा प्रहरीको मिलेमतोमा कैदी भागेको निष्कर्ष निकाल्दै कारागार प्रशासनले गणेश र गौरीशंकरविरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो। प्रहरीको आन्तरिक छानबिनका लागि रौतहटका प्रहरी नायव निरीक्षक भीम ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालय र मध्यक्षेत्रीय प्रहरी कार्यालयले समेत घटनाको अनुसन्धान गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा प्रहरीको सहयोगमा कैदी भागेको निष्कर्ष निकालिए पनि ब्युरोले भने उनीहरु प्रहरीलाई झुक्याएर भागेको दाबी गरेको छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस