काठमाडौं- उपत्यकाको ३ जिल्लामा दैनिक १८ वटा आपराधिक घटना हुने गरेको एक तथ्यांकले देखाएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयको वार्षिक आपराधिक विश्लेषणमा आपराधिक घटना संख्याका दृष्टिले जेठ सबैभन्दा खराब देखिएको छ।आयुक्त कार्यालयको प्रतिवेदन अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा २०७०/०७१ को जेठसम्म ६ हजार १ सय १० वटा आपराधिक घटना प्रहरीसम्म आइपुगेको थियो। जसलाई दैनिक रुपमा विभाजन गर्दा प्रतिदिन १८ वटा घटना घट्ने गरेको देखिन्छ।
आयुक्त कार्यालयले प्रहरी प्रधान कार्यालयमा पठाएको प्रतिवेदन अनुसार यस वर्ष उपत्यकाका तीनै जिल्लामा मासिक ५ सय ५५ र प्रत्येक हप्ता १ सय २७ वटा आपराधिक घटना हुने गरेको आयुक्त कार्यालयको तथ्यांकले देखाउँछ।
आयुक्त कार्यालयको तीन वर्षको आपराधिक तथ्यांक अनुसार गत वर्षको तुलनामा अपराध संख्या बढेको छ। गत वर्ष दैनिक १४ आपराधिक घटना हुने गरेको थियो।
गत वर्ष ५ हजार १ सय ८१ आपराधिक घटना प्रहरीसम्म आइपुगेको थियो। त्यसलाई विभाजन गर्दा मासिक ४ सय ३१ र साप्ताहिक ९९ वटा आपराधिक घटना घट्ने गरेको थियो। कुल आपराधिक घटनाको मासिक विभाजन अनुसार जेठ, फागुन र वैशाख असुरक्षित महिना हुन्। साउनदेखि असारसम्म उपत्यकामा घटेका आपराधिक घटनामध्ये जेठमा सबैभन्दा धेरै ७ सय १५ आपराधिक घटना प्रहरीसम्म आइपुगेका छन्।
दोस्रोमा फागुन महिना छ। फागुनमा ६ सय ८७ र वैशाखमा ६ सय ७७ आपराधिक घटना प्रहरीसम्म आइपुगेको थियो। 'उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी गुन्डागर्दी, चोरी, लुटपाट तथा सामाजिक अपराध नियन्त्रण गर्ने क्रममा मुद्दा संख्या बढी भएको देखिएको हो,' आपराधिक संख्या बढ्नुको कारण प्रस्ट्याउँदै प्रतिवेदनमा उल्लेख छ, 'मुद्दा दर्ता संख्या बढी देखिए पनि विशेष सुरक्षा योजना लागू गरी प्रभावकारी रुपमा प्रहरी परिचालनबाट शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ।'
चोरी घटना बढ्यो
हत्या, डकैती, ठगी, लागूऔषध कारोबार, बलात्कार, हातहतियार कारोबार लगायत आपराधिक घटनामध्ये उपत्यकामा सबैभन्दा ठूलो चुनौती चोरी नियन्त्रण देखिएको छ। तीन जिल्लाका आपराधिक घटनामध्ये चोरी घटनाको संख्या ३ सय २१ छ।
उपत्यकामा यो वर्ष ५५ हत्या भएका छन्। १९ स्थानमा डकैती भएको छ भने २ सय २३ घटना ठगीको छ। बलात्कार घटना गत वर्षको तुलनामा बढेर १ सय ५५ पुगेको छ। गत वर्ष यसको संख्या ९५ थियो। गत वर्ष हतियारसम्बन्धी ३७ घटना भएकामा यो वर्ष त्यसको संख्या ३२ पुगेको तथ्यांक छ।
गत वर्षको तुलनामा उपत्यकामा अपहरण र मानव बेचबिखन घटना बढेर २० बाट २३ र २२ बाट ३३ पुगेको छ। संख्याका आधारमा सार्वजनिक अपराध र आत्महत्याका घटना सबैभन्दा धेरै छन्।
प्रतिवेदन अनुसार एक वर्षमा तीन जिल्लामा ४१ हतियार फेला परेका छन्। फेला परेका हतियारमा साना हतियार संख्या सबैभन्दा धेरै छ। सबैभन्दा धेरै हतियार साना हतियारको केन्द्र देखिएको काठमाडौंमा फेला परेको छ।
तथ्यांकमा उल्लेख भएअनुसार एक वर्ष अवधिमा काठमाडौंमा साना हतियार ४, ठूलो २० र ४ वटा बम फेला परेका छन्। ललितपुरमा ठूलो हतियार २ र साना हतियार ९ वटा फेला परेका छन् भने भक्तपुरमा सानो ४ र ठूलो हतियार २ वटा फेला परेका छन्।
साना हतियार र चोरीको घटना केही बढेको देखिए पनि अनुसन्धानको पाटोसमेत प्रभावकारी भएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए। चोरीमा सक्रिय समूहको पक्राउ र हतियार फेला पर्ने क्रम बढ्नुले प्रहरी सक्रियताको पुष्टि गर्ने उनको तर्क छ। …तथ्यांकगत रुपमा यस्ता अपराध केही बढी देखिएका नै हुन्,' उनले भने, 'तर अनुसन्धान पाटो पनि उत्तिकै प्रभावकारी भएकाले प्रहरी सक्रियता पुष्टि हुन्छ।' पालले पछिल्लो समय उपत्यकामा लुटपाट घटना चुनौतीका रुपमा आएको भने स्विकारे।
मोटरसाइकलमा आएर बटुवाको सुनका सिक्री लगायत मूल्यवान सामग्री लुट्ने क्रम बढेको स्विकार गर्दै उनले सोको नियन्त्रण चुनौतीपूर्ण बनेको बताए।
साना हतियार कारोबार, लागूऔषध, रकम असुली, अपहरण र संगठित अपराधमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं केन्द्र नै हो। प्रतिवेदनमा यसलाई स्विकार गर्दै काठमाडौं सुरक्षाको दृष्टिले संवेदनशील देखिएको उल्लेख छ।
६ हजार ४ सय ३२ आपराधिक घटनामध्ये काठमाडौंमा ५ हजार २ सय ८२ घटना प्रहरीमा पुगेको थियो। ललितपुरमा ७ सय ७५ र भक्तपुरमा ३ सय ७५ घटना प्रहरीसम्म आइपुगेको तथ्यांक छ। 'काठमाडौंको हालको सुरक्षा अवस्थालाई विश्लेषण गर्दा सन्तोषजनक भए पनि बेलाबेला घट्ने संवेदनशील घटनाले सुरक्षा स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको छ,' प्रतिवेदनमा भनिएको छ, 'अपराधमा प्रविधि प्रयोग, अन्तर्राष्ट्रिय अपराधको चलखेल, भारतीय एवं विदेशी मुद्राको अवैध व्यापार, साना हतियारको घुसपैठ र बेलाबखत हुने तिब्बती शरणार्थीको चीनविरोधी गतिविधि काठमाडौंका सुरक्षा चुनौती हुन्।'
प्रहरीले उपत्यकामा गुन्डागर्दी र संगठित अपराध बढ्नुको कारणमा जग्गा प्लटिङ, बालुवा खानी सञ्चालन, ठेक्कापट्टामार्फत छिटो धन कमाउने र विलासी जीवन बिताउन खोज्ने युवा प्रवृत्तिलाई औंल्याएको छ। गरिबी, अशिक्षा, सहरीकरण, जनसंख्याको चाप, बेरोजगारी र प्रविधि विकाससँगै यसको गलत प्रयोगले सामाजिक अपराध बढेको आयुक्त कार्यालय अधिकारीको ठम्याइ छ।

काठमाडौं संवेदनशील