काठमाडौं- नेपालमा दिनहुँ दुईजना भन्दा बढी महिला बलात्कृत हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ। प्रहरीसम्म आइपुगेका विवरणका आधारमा नेपाल प्रहरीले तयार पारेको यो तथ्यांक आंशिक मात्र हो। वास्तविक तथ्यांक यसको झन्डै दोब्बर हुने प्रहरी अधिकारी नै ठोकुवा गर्छन्।नेपाल प्रहरीका मेट्रो (उपत्यकाका तीन जिल्ला) र पाँच क्षेत्रीय कार्यालयबाट हालै केन्द्रीय कार्यालयमा प्राप्त प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ४१ प्रतिशतभन्दा बढी बलात्कारका घटना प्रहरीसम्म आइपुगेका छन्। यस्तो अपराधमा अधिकांश आफन्त, साथी वा सहकर्मी संलग्न हुनाले धेरैजसो प्रहरीमा आउँदैनन्, गुपचुप नै राखिन्छन्।
'प्रहरीमा जुन रूपमा उजुरी संख्या बढेको छ, त्यसका आधारमा घटना पनि बढेकै भन्न सकिन्छ,' अपराध अनुसन्धान विभागका निमित्त प्रमुख डिआइजी सुरेन्द्रबहादुर शाहले नागरिकसँग भने,'वास्तविक संख्या यसको दोब्बर हुनसक्छ।'
बलात्कारका सबै घटना प्रहरीसम्म नआउने टे्रन्ड अन्तर्राष्ट्रिय स्तरमै रहेको उनको अनुभव छ।'अन्तर्राष्ट्रिय स्तरमै ४० देखि ५० प्रतिशत मात्र घटना प्रहरीसम्म आउने गरेको देखिन्छ,' उनले नेपालको सन्दर्भ विश्लेषण गर्दै भने,'यहाँ त्यो प्रतिशत झन् कम देखिन्छ।'
शाहकै भनाइलाई आधार मान्दा नेपालमा अहिले कम्तीमा चारजना दिनहुँ बलात्कार भइरहेको आँकलन गर्न सकिन्छ।
प्रहरी तथ्यांकअनुसार २०७०/७१ भित्र पाँच क्षेत्र र उपत्यकाका प्रहरी कार्यालयमा गरी ८ सय ४९ बलात्कार घटना दर्ता भएका छन्। गत वर्ष यो संख्या ५ सय हाराहारी मात्र थियो।
तीन वर्षको तथ्यांक हेर्ने हो भने पनि बलात्कारका घटना बढिरहेकै देखिन्छ। प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र बितेको वर्ष १ सय ५ जना महिला बलात्कृत भएका छन्। अघिल्लो वर्ष यो संख्या ९५ मात्र थियो। आव २०६८/६९ मा ७४ जना मात्र बलात्कृत भएका थिए।
देशभरको तथ्यांक हेर्ने हो भने पूर्वाञ्चलमा सबैभन्दा बढी घटना प्रहरीसम्म आएका छन्। क्षेत्रीय प्रहरी कार्यालय, पूर्वाञ्चलका अनुसार यस वर्ष २ सय ३९ घटना दर्ता भए। अघिल्लो वर्ष यो संख्या २ सय १७ थियो भने झन् अघिल्लो वर्ष (०६८/६९) १ सय ७४ थियो।
पूर्वाञ्चल प्रमुख डिआइजी नवराज सिलवाल बलात्कार घटनालाई व्यक्तिगत प्रतिष्ठासँग जोडेर सकेसम्म घरभित्रै मिलाउने र पीडित कानुनी उपचार खोज्न प्रहरी कार्यालय नआउने प्रवृत्ति बिस्तारै हट्दै गएको बताउँछन्।'पीडक जो भए पनि यस्ता घटना गुपचुप राख्नुहुन्न, कानुनी कारबाहीमा जानुपर्छ भन्ने सचेतना बढेको छ,' उनले भने,'संख्या हेर्दा पनि रिपोर्ट गर्ने बानी बढेको देखिन्छ।'
यही अवधि (०७०/७१) मा सुदूरपश्चिममा भने सबैभन्दा कम ४५ मात्र घटना प्रहरीसम्म पुगेको तथ्यांक छ। मध्यपश्चिममा पनि बितेको वर्ष ३६ बलात्कृत भएको प्रहरीले जनाएको छ। पश्चिमाञ्चलमा बितेको वर्ष १ सय ५३ बलात्कृत भएको रेकर्ड छ। ०६९/७० मा यो संख्या १०३ थियो भने त्यसभन्दा अघिल्लो वर्ष ९०।
मध्यमाञ्चलमा पनि बलात्कार घटना बढिरहेको देखिन्छ। यो वर्ष १ सय ३३ ले यो पीडा भोग्नुपर्योम भने गत वर्ष १ सय २८ र त्यसअघि ९६ घटना प्रहरीसम्म आए।
बलात्कारका धेरैजसो घटनामा आफन्त वा परिचित नै संलग्न हुने हुँदा सकेसम्म घरभित्रै मिलाउने प्रयास हुनु, पीडितलाई आर्थिक प्रलोभनमा पारिनु र समुदायका प्रभावशाली सदस्य र केही हदसम्म राजनीतिक प्रभावले मिलापत्र प्रयास हुँदा घटना प्रहरीसम्म आउनबाट रोकिने गरेको प्रहरी अधिकारीको विश्लेषण छ।
पछिल्लो समय बढेको संख्यालाई प्रहरी अधिकारीहरू घटनासँग भन्दा सचेतनासँग जोडेर विश्लेषण गर्छन्। महिला प्रहरी परिचालन, सहज उजुरी प्रबन्ध र सचेतना कार्यक्रमले पीडितहरू प्रहरीसम्म आउने क्रम बढेकाले संख्या बढी देखिएको उनीहरूको तर्क छ।
'अपरिचितबाट बलात्कृत भएका घटना निकै कम छन्, प्रायः परिचित नै संलग्न हुन्छन्,' डिआइजी शाह भन्छन्,'नेपालमा हुने बलात्कार घटनाका पीडक हेर्ने हो भने परिवारका सदस्य, साथी, छिमेकी, एकै कार्यालयमा काम गर्ने व्यक्ति नै बढी देखिन्छन्।'
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पाल पछिल्ला वर्षका तुलनामा प्रहरी कार्यालयमा बलात्कार घटनाको उजुरी संख्या बढेको स्विकार्छन्।'घटना नभएका होइनन् तर जुन प्रतिशतका आधारमा संख्या बढेको देखिन्छ, त्यति नै अनुपातमा बढेको भने होइन,' पाल भन्छन्,'महिला हिंसाविरुद्ध बढ्दो जनचेतनाले पीडित प्रहरीसम्म आइपुग्ने गरेकाले पहिलेका तुलनामा केही बढी घटना देखिएका हुन्।'
प्रहरी तथ्यांकका अनुसार बलात्कृत हुने उमेर समूह हेर्दा बालिका र किशोरीको संख्या अधिक छ। खासगरी १५ वर्षमुनिका र ४० वर्षमाथिका। शारीरिक रूपमा अशक्त, अपांगहरू पनि बलात्कृत भइरहेका छन्। डिआइजी शाहका अनुसार'सजिलोसँग टार्गेटमा पार्न सकिने र तत्काल प्रतिरोध सम्भावना नहुने अवस्थाले बालिका बढी सिकार हुन्छन्।'
क्षेत्रीय प्रहरी कार्यालय, पूर्वाञ्चलका प्रमुख डिआइजी सिलवालका अनुसार शारीरिक र मानसिक रूपमा कमजोर र बढी उमेरकाले कलिलो उमेरकालाई प्रलोभन र दबाब दिएर बलात्कार गरिएका घटना बढी देखिएका छन्। किशोरी उमेरका र आर्थिक रूपमा कमजोर समुदायका महिला र वृद्धा पनि बढी पीडित भइरहेको उनले बताए।