पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले पाँच लाख ९० हजार भारतीय रुपैयाँसहित वीरगन्जको घण्टाघर चोकबाट एक युवकलाई पक्राउ गरेको छ।
वीरगन्ज उपमहानगरपालिका वडा नं १० पानीटङ्की निवासी सन्दीपकुमार साह नेपालमा प्रतिबन्धित भारतीय ५०० र हजारको नोटसहित आउँदै गरेको सूचनाको आधारमा घण्टाघर चोक नजिकै रोकी जाँच गर्दा उक्त रकम फेला परेपछि प्रहरीले निजलाई पक्राउ गरेको हो।
निजको साथबाट हजार दरको ५८४ थान र ५०० दरको १२ थान नोट बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।
आवश्यक कारबाहीका लागि साहलाई शनिबारै राजस्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाइएको छ। साहले भारतीय रुपैयाँको अवैध सटही कारोबार गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
राष्ट्र बैंकले भारतीय रुपैयाँको सहज उपलब्धतालाई नियन्त्रण गरेदेखि सीमा क्षेत्रमा भारतीय रुपैयाँको अवैध सटही कारोबारमा वृद्धि भएको छ। भारतीय रुपैयाँको अभावले गर्दा सीमा क्षेत्रमा भारु १०० को १६५ रुपैयाँमा खरिद बिक्री हुने गरेको छ।