विदेशिए पाँच लाख नेपाली
१५ साउन २०७१
•
७ मिनेट पाठ
विदेशिए पाँच लाख नेपाली
आर्थिक वर्ष २०७०/७१ मा कामको खोजीमा ५ लाख २७ हजारभन्दा बढी नेपाली कामदार विदेशिएका छन्। सरकारले रोजगारीका लागि खुला गरेको १ सय ९ मुलुक (भारतबाहेक) र व्यक्तिगत रुपमा अरू ४५ मुलुकमा वर्षदिनमा ५ लाख २७ हजार ८ सय १४ जनाले मुलुक छोडेका हुन्।
देशभित्र पर्याप्त रोजगार सिर्जना नहुँदा श्रम बजारमा प्रवेश गर्ने शतप्रतिशतकै संख्या बराबर नेपाली कामदार विदेशिएको तथ्यांक वैदेशिक रोजगार विभागले बुधवार सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षमा संस्थागत रूपमा ४ लाख ५० हजार २७ जना कामदार विदेशिएका थिए, जसमध्ये १५ हजार ३६ जना महिला कामदार विदेश पुगेका छन्। त्यसैगरी व्यक्तिगत रूपमा विदेश जानेमा ७७ हजार ७ सय ८७ जना कामदार विदेश गएका छन्। व्यक्तिगत रुपमा जानेमा महिला कामदार १३ हजार ९ सय ४ जना रहेका छन्। एक वर्षमा अवधिमा कुल पुरुष कामदार ४ लाख ९८ हजार ४ सय ४६ जना विदेशिएका छन भने २९ हजार ३ सय ६८ जना महिला कामदार विदेश पुगेको तथ्यांक विभागले सार्वजनिक गरेको छ।

गएको आर्थिक वर्षको साउनमा ४५ हजार ५ सय १९, भदौमा २४ हजार २ सय १४, असोजमा ३१ हजार ९ सय ५९, कात्तिकमा ३१ हजार ९ सय ४९, मंसिरमा ४१ हजार ६ सय ३४, पुसमा ५० हजार ३२, माघमा ३७ हजार २ सय ८५, फागुनमा ४८ हजार ५ सय ५२, चैतमा ४५ हजार ८ सय ५४, वैशाखमा ५४ हजार १ सय ७३, जेठमा ५४ हजार ९ सय २६ र असारमा ६१ हजार ७ सय १७ जना कामदार काम खोज्दै विदेश गएका हुन्। अघिल्लो वर्ष दैनिक रूपमा १४ सय ४६ जना कामदार विदेश गएका थिए।

एक वर्षमा १ लाख ७५ हजार ६ सय ९८ जना कामदार बिदामा घर आएर पुनः श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटाले देशभित्र राजनीतिक अस्थिरता हुनु र नयाँ उद्योगधन्दा अपेक्षित रूपमा नआउनु मुख्य कारणले युवाहरू पलायन हुनुपरेको बताए। ...देशभित्र रोजगारका अवसर ज्यादै न्यून छ। युवामा कमाउने सोख हुन्छ। त्यसैले विदेश नै पहिलो रोजाइ भएको छ,' उनले भने।

विभागले गत आर्थिक वर्ष २०७०/७१ मा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको नाम समेत सार्वजनिक गरेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ सय ४४ म्यानपावर कम्पनीबाट ४ लाख ३० हजार ८ सय ९४ जना पुरुष र १४ हजार ८ सय १३ जना महिला कामदार विदेश पुगेका हुन्।

विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कामदार एसओएस म्यानपावर सर्भिसेजले पठाएको छ। उसले ९ हजार २ सय १४ जना कामदारलाई विदेश पठाएको हो। एसओएसमार्फत गएका कामदारमध्ये १ सय ३६ जना महिला कामदार रहेका छन्। यो कम्पनी निरन्तर सबैभन्दा बढी कामदार पठाउने कम्पनीका रूपमा रहँदै आएको छ।

एसओएसपछि इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रालिले धेरै कामदार पठाएको छ। उसले गत आर्थिक वर्षमा ६ हजार ८ सय १५ जना कामदारलाई विदेश पठाएको छ। कम्पनीले मुख्यतः मलेसियामा मात्र कामदार पठाउँदै आएको छ। यहाँबाट ५ सय ४६ महिला कामदार विदेश पुगेका छन्। त्यसैगरी, प्याराडाइज इन्टरनेसनल प्रालिले ६ हजार २ सय ९८ कामदारलाई विदेश पठाएको छ।

धेरै विदेश पठाउने कम्पनीमध्ये चौथो नम्बरमा दी रिभर ओभरसिज प्रालि रहेको छ। रिभरले एक वर्षमा १ सय ९२ महिला कामदारसहित ६ हजार २ सय ४६ जनालाई विदेश पठाएको छ। त्यसैगरी, लक्की एचआर सोलुसन प्रालिबाट ६ हजार ९२ जना कामदार विदेश पुगेका छन् भने आकर्षण इन्टरनेसनल प्रालिले ५ हजार ६ सय ५० कामदारलाई विदेश पठाएको छ। लालधनुष इन्टरनेसनल सर्भिसले ५ हजार २ सय ९३ कामदार विदेश पठाएको छ भने आठौँ नम्बरमा कोशी इन्टरनेशनल कम्पनी रहेको छ। कोशीबाट ५ हजार १ सय २६ जना कामदार विदेश पुगेका छन्। मोन्टेज ओभरसिज प्रालिले ४ हजार ५ सय १३ कामदारलाई विदेश पठाएको विभागको तथ्यांक छ। त्यसैगरी, दशौँ नम्बरमा साउन्ड लााइन्स रिक्रुटमेन्ट रहेको छ। साउन्डले ४ हजार ३ सय ३९ कामदारलाई विदेश पठाएको विभागले जनाएको छ।

एक वर्षमा सबैभन्दा थोरै कामदार पठाउनेमा सलाम टेक्निकल सर्भिस प्रालि रहेको छ। सलामले जम्मा तीन जना कामदारलाई विदेश पठाएको छ। त्यसैगरी, एचआईपी ग्लोबल नेपाल, एचिभ, साकुरा म्यानपावर कम्पनीले एक वर्षमा चार जना कामदार विदेश पठाएका छन् ।

विभागका अनुसार सयभन्दा कम कामदार पठाउने १ सय ६ वटा म्यानपावर कम्पनी रहेका छन्। विभागमा दर्ता भएका म्यानपावर कम्पनीमध्ये ३ सय १८ वटा म्यानपावर कम्पनीले एक जना कामदार पनि पठाएका छैनन्। विभागका अनुसार १ हजार ६२ वटा म्यानपावर कम्पनी विभागमा दर्ता भएका छन्।
अर्को समाचार
रोजगारीको खोजीमा दुई लाख नेपाली विदेशिए
२७ फागुन २०७८
•
१ मिनेट पाठ
रोजगारीको खोजीमा दुई लाख नेपाली विदेशिए
देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन्। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो।

एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो।

गत माघ मसान्तसम्मको विवरणअनुसार एक लाख ५२ हजार ३२५ जनाले पुनःश्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २६६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनकि भएको छ।  

चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा उल्लेख्य मात्रामा नेपाली नागरिक रोजगारीको खोजीमा विदेशिए। हरेक दिन जसो विभिन्न वायु सेवा प्रदायकले नेपाली युवा बोकेर धावनमार्ग छाड्यो।

काम गर्ने उमेर समूहका मानिस विदेशिनु आफैंमा देशका लागि राम्रो मानिदैन। एकातिर विदेशिने नेपालीको सङ्ख्यामा बढोत्तरी हुनु, अर्कोतर्फ विप्रेषणको आप्रवाह ओरालो लाग्नु आफैंमा अमिल्दो देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरणमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु ६०३ अर्ब ७३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस