खोटाङ– भान्छा छोएको निहुमा बञ्चरो प्रहारबाट खोटाङमा एक युवक गम्भीर घाइते भएका छन्। गाउँमा भएको बिवाह भोजमा भान्छा छोएको भन्दै खार्मी–४ का २८ वर्षीय राजन दाहाल लगायतका चार जनाको समुहको बञ्चरो प्रहारबाट खार्मी–५ का २३ वर्षीय पुर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन्।
बिवाहको छुट्टा–छुट्टै भतेरको भान्छा छोएको भन्दै श्रेष्ठमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। खार्मी–४ का टंक बुढाथोकीको बिवाहमा बुढाथोकी समुदायको लागि तयार गरिएको भान्छा छोएको आरोपमा श्रेष्ठलाई बञ्चरो प्रहार भएको घाइतेका काका शुक्र श्रेष्ठले बताए। गाउँघरमा अझै पनि भोजका समयमा हरेक जातका समुदायकालागि अलग–अलग भान्छा कोठा बनाउने प्रचलन छ।
गत बैसाख–१८ गते भएको बिवाहमा भान्छा छोएको निहुमा कुटिन लागेका श्रेष्ठ त्यसबेला भागेर जोगिएका थिए । तीन महिनाअघि भागेर जोगिएका श्रेष्ठमाथि भान्छा छोएको निहुमा गत शनिबार बञ्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरिक्षक मनोजकुमार यादवले बताए ।
बञ्चरो प्रहारबाट पिठ्यू र दायाँ पाखुरामा गहिरो चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । अधिक रक्तश्रावका कारण सिकिस्त बन्दै गएका श्रेष्ठलाई चार जना आफन्तले दिएको रगत दिइरहिएको अस्पतालले बताएको छ । जिल्ला अस्पतालले रेफर गरेका श्रेष्ठलाई बुधबार हेलीकोप्टरमार्फत राजधानी लैजाने तयारी भएको छ ।
यसैबीच, श्रेष्ठमाथि बञ्चरो प्रहार गर्ने राजन दाहाल लगायत चार जनाबिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा ज्यान मार्ने मुद्धा दर्ता भएको छ । बञ्चरो प्रहार गर्ने चारै जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।