ठगीविरुद्ध त्रिपक्षीय सम्झौता
२३ साउन २०७१
•
८ मिनेट पाठ
ठगीविरुद्ध त्रिपक्षीय सम्झौता
वैदेशिक रोजगारीमा दिनदिनै ठगीका घटना बढ्न थालेपछि वैदेशिक रोजगार विभागले ठगीलाई न्यूनीकरण गर्न र यस क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था सुरु गर्न थालेको छ। म्यानपावर कम्पनीले विदेश जाने कामदारलाई गलत सूचना दिएर पठाउने र विदेशमा कामदार अलपत्र पर्ने तथा कामदार ठगिने क्रम बढेपछि विभागले त्रिपक्षीय करार सम्झौता गराउने भएको छ।
त्यस्तै तोकेको लागतभन्दा बढी रकम लिने गुनासो बढ्न थालेपछि वैदेशिक रोजगारका आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा लाने तयारीसमेत थालेको छ। विभागले कामदारकै उपस्थितिमा विभागमा त्रिपक्षीय श्रम करार सम्झौता गराउने भएको हो। विभागले श्रमस्वीकृति दिनुअघि कामदार, म्यानपावर कम्पनीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच त्रिपक्षीय करार गराएर कामदारलाई सोधपुछ गरेपछि मात्र श्रम स्वीकृति दिने निर्णय गरेको हो। श्रम तथा रोजगार मन्त्रालयले साउन ११ गते निर्णय गरेर विभागलाई त्रिपक्षीय करार लागू गर्न निर्देशन दिइसकेको छ। विभागले साउन २७ गतेपछि त्रिपक्षीय करार लागू गर्ने तयारी थालेको छ। २७ गते विभागको कार्यालय श्रम ग्राम ताहचलमा सर्ने निश्चित भएको र ताहचल सरेपछि नयाँ व्यवस्था लागू हुने विभागले जनाएको हो। विभागले पहिलो चरणमा ओमन जाने कामदारका लागि नयाँ व्यवस्था लागू गर्ने भएको छ।

विभागका महानिर्देशक जगन्नाथ देवकोटाले त्रिपक्षीय करार लागू गराउनका लागि मन्त्रालबाट निर्णय भएर निर्देशन भइसकेको बताए। 'हामी ताहचल सरेको भोलिपल्टदेखि नै नयाँ व्यवस्था लागू हुन्छ। अहिले यहाँ (तिनकुने) मा स्थान र कर्मचारी अभावका कारण लागू हुन सकेको छैन,' उनले भने, 'ओमनबाट सुरु गर्छांै। त्यसको प्रतिक्रिया हेरेर अरू मुलुकमा पनि तत्काल लागू गर्छौं।'

नयाँ व्यवस्था लागू भएपछि अन्तिम श्रम स्वीकृति लिनुअघि कामदार विभागमै उपस्थित हुनुपर्ने हुन्छ। कामदार, म्यानपावर कम्पनी र सरकारी प्रतिनिधिबीच कामदारका विषयमा विभागमा नै सवालजवाफ हुनेछ। कामदार कुन देश जान लागेको? कति पारिश्रमिक र सुविधामा जाने लागेको? कति लागतमा जान लागेको? लगायत विविध प्रश्न सरकारी प्रतिनिधिले विभागमा नै कामदार र म्यानपावर कम्पनीलाई सोध्नेछन्। यसअघि विदेशको रोजगारदाता कम्पनी र नेपालको म्यानपावर कम्पनीबीच सम्झौता भएपछि म्यानपावर कम्पनीले कामदारसँग सम्झौता गरेर पूर्वस्वीकृतिको आधारमा श्रम स्वीकृति निकाली विदेश पठाउने गर्थ्यो। सबै काम म्यानपावर कम्पनीको प्रतिनिधिले गर्ने र कामदार उपस्थित हुन नपर्ने भएपछि म्यानपावर कम्पनीले अनियमितता गर्दे आइरहेका थिए। नयाँ व्यवस्थापछि कामदार ठगिने घटना न्यूनीकरण हुने विभागले जनाएको छ।

विभागका काठमाडौँ शाखाका प्रमुख मधुविलास पण्डितले कामदारमाथि हुने ठगीका घटना न्यूनीकरण गर्नका निम्ति नयाँ व्यवस्था लागू गर्ने लागिएको बताए। 'यो व्यवस्थाले कुन कामदारले कति लागतमा कुन देशमा कस्तो सुविधामा जाँदैछ? भन्ने थाहा हुन्छ,' उनले भने। म्यानपावर कम्पनीले पनि सिलिङभन्दा बढी लागत खर्च लिएको भए तत्काल कार्बाहीसमेत गर्न सकिन्छ। त्यसैले कामदारका लागि यो व्यवस्था लागू गर्न लागिएको हो,' उनले भने।

विभागले लागू गर्न लागेको नयाँ व्यवस्थाको वैदेशिक रोजगार व्यवसायीले विरोध सुरु गरिसकेका छन्। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले श्रम तथा रोजगार मन्त्रालयले सस्तो लोकप्रियताका लागि नयाँ व्यवस्था लागू गर्न खोजेको बताए। '२०७० सालको बजेटमा उल्लेख कुरालाई अहिले आएर लागू गर्न खोज्नु पब्लिसिटी स्टन्ट मात्र हो,' उनले भने, 'यसअघि पनि करार सम्झौता भएर कामदार विदेश गएका छन्। समस्या देखिएन तर अहिले अचानक समस्या भयो भनेर लागू गर्न खोज्नु हास्यास्पद हो।'

'दैनिक १५ सय युवा विदेश जान्छ ती सबैलाई विभागमा लाइन लगाएर साथै म्यानपावरका प्रतिनिधिलाई बोलाएर सम्झौता गराउने कुरा व्यवहारिक हुँदैन,' उनले थपे, 'यसले व्यवसायीको खर्च बढाउँछ। त्यो खर्च कसले बेहोर्ने?' सरकारले जबरजस्ती लागू गरेमा तत्काल चरणबद्ध आन्दोलन गर्ने वाग्लेले बताए।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा करिब १ अर्ब ३६ करोड रुपैयाँको ठगी भएको उजुरी परेको थियो। एक वर्षको अवधिमा वैदेशिक रोजगार विभागमा २५ सय ५१ निवेदनमा १ अर्ब ३४ करोड ४५ लाख १ हजार ५ सय ५३ रुपैयाँ बराबर विगो दाबी गरिएको थियो।

विभागले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुधार गर्ने भन्दै नयाँ–नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले गन्तव्य मुलुकमा जाँदा लाग्ने लागतलाई बैकिङ प्रणालीमा लैजाने तयारीसमेत गर्न थालेको छ। म्यानपावर कम्पनीले तोकेको भन्दा बढी लागत लिन थालेपछि बैकिङ प्रणालीमार्फत कारोबार गर्ने गरी तयारी थालेको महानिर्देशक देवकोटाले बताए। 'म्यानपावर कम्पनीले अहिले कारोबार गर्दा बैकिङ प्रणालीमार्फत काम गर्नुपर्ने अनिवार्य व्यवस्था छैन,' देवकोटाले भने, 'विभागले संशोधन हुन लागेको वैदेशिक रोजगार ऐनमा नै वैदेशिक रोजगारको सम्पूर्ण कारोबार बैकिङ प्रणालीमार्फत हुनुपर्ने प्रावधान राख्ने तयारी गर्दैछ। हामीले ऐनमा नै यो कुरा उल्लेख गर्छौ। ऐन आउन ढिला भयो भने छलफल गरेर दुई तीन महिनामा लागू हुन्छ।'

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन थालिएको सुधार व्यवसायीले 'मान्दिनँ' भन्न नपाउने उनले बताए। त्यस्तै विभागले अन्तिम स्वीकृति दिएको र उड्न एक हप्ताअघि मात्र अभिमुखीकरण तालिम लिने व्यवस्था पनि विभागले गर्ने तयारी थालेको उनले जानकारी गराए।



अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस