चरीको जालो केलाउँदै प्रहरी
२४ साउन २०७१
•
७ मिनेट पाठ
चरीको जालो केलाउँदै प्रहरी
काठमाडौं- प्रहरीले दिनेश अधिकारी 'चरी' को सम्पर्क र सम्पत्ति जालोका विषयमा अनुसन्धान अगाडि बढाएको छ। यसका लागि महानगरीय प्रहरी अपराध महाशाखाले चरीको समूहमा रहेकाहरू र उनको सम्पत्ति पहिल्याउन टोली नै खटाएको छ।आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिको स्रोत खोज्ने प्रहरी सूचीमा चरीको नामसमेत थियो। केन्द्रीय अनुसन्धान ब्युरोले दीपक मनाङे, चक्रे मिलन, गणेश लामा, अभिषेक गिरी र परशुराम बस्नेतको सम्पत्ति स्रोतसँगै चरीको सम्पत्ति खोजी गरेको थियो। अन्य पाँचको अनुसन्धान सकिएर विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। चरीको भने अनुसन्धान जारी नै थियो। 
चार वर्षअघि अपराध महाशाखाले गुन्डागर्दीमा कहलिएकाहरूको सम्पत्ति विवरण संकलन गर्दा चरीको धादिङमा १ सय मुरी खेत र त्यहीँ बालुवाखानी रहेको खुलेको थियो। खेत उनका बाबुको नाममा थियो।
अनुसन्धानरत स्रोतका अनुसार बुधबार मुठभेडमा मारिएपछि प्रहरीले चरीसँग निकट र पारिवारिक सदस्यहरूको चल–अचल सम्पत्ति विवरण संकलन तीव्र बनाएको छ। 
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको सम्पर्क जालो र सम्पत्तिलाई प्राथमिकता दिएर खोजी गरिरहेको नागरिकलाई जानकारी दिए। 'अपराधमा सक्रिय व्यक्तिहरूको सम्पर्क सूची र सम्पत्ति पहिलादेखि नै खोजी भइरहेको हो,' कार्कीले भने, 'अहिले चरीको सम्पर्क जालो र सम्पत्ति सूचीलाई प्राथमिकता दिएर खोज्दैछौं।'
केही हाइड्रोपावर र घर–जग्गा कारोबारमा चरीको लगानी रहेको प्रहरीले सूचना पाएको छ। चरीले दोस्रो व्यक्तिमार्फत ती क्षेत्रमा लगानी गरेकाले नाम खुलेका व्यक्ति र चरीको सम्बन्ध पुष्ट्याइँलाई प्रहरीले प्राथमिकतामा राखेको छ। धादिङका ढुंगा र बालुवाखानीमा समेत चरी संलग्न रहेको सूचना प्रहरीसम्म आएको छ।
उनको सम्पत्ति विवरण पहिल्याउन पछिल्लो समय उनको सम्पर्कमा रहेकाहरूको विवरण खुले सहज हुने प्रहरीको ठम्याइ छ। त्यसैले प्रहरीले सम्पर्क जालोको सूचीलाई समेत प्राथमिकतामा राखेको हो। 
भीमढुंगामा 'भिडन्त' मा चरी मारिएपछि हात परेको आइफोनको रेकर्डले सम्पर्क जालो पहिल्याउन सघाउने भए पनि प्रहरीले आइफोनको लक खुलाउन सकेको छैन।
राधाकृष्ण भण्डारी (राधे) को हत्या प्रयासको अभियोग लागेपछि ७ महिनादेखि फरार रहेका चरीले प्रहरीले मोबाइलको 'कल ट्रेस' गरेर फन्दामा परिने भयले आफूनिकटसँग सम्पर्कका लागि भाइबरको प्रयोग गर्दै आएका थिए।
प्रहरीका अनुसार आइफोनसँगै सिम फेला परे पनि त्यसमा कुनै रेकर्ड भेटिएन। भाइबरमा रहेका सन्देशलगायत एसएमएस र कल रेकर्ड खुले उनको निकट, सम्पर्क जालो र फरार रहेको बखत चरीलाई संरक्षण दिनेहरू पहिल्याउन सहज हुने प्रहरीको आशा छ। त्यही आशाअनुसार प्रहरीले आइफोनको लक खुलाउन विभिन्न प्राविधिक गुहारे पनि सफल हुन सकेको छैन। सम्पर्क र सन्देश आदान–प्रदान भाइबरमार्फत गर्ने सूचनाका आधारमा प्रहरीले तीन दिनदेखि लक खुलाउने प्रयास गरिरहेको हो।
स्रोतका अनुसार उनले मोबाइलमा सिम राखे पनि इन्टरनेट सेवाका लागि थि्रजी प्रयोग गर्दैनथे। उनले प्रायः वाइफाईमार्फत इन्टरनेट कनेक्ट गरी भाइबर प्रयोग गर्ने गरेका थिए। 
चरीले बुधबार बिहान साढे ९ बजे खुश्बु ओलीसँग भाइबरमा कुराकानी गरेका थिए। भाइबरकै कुराकानीमा आफू कपाल काट्न जान लागेको बताएका उनले साढे १२ बजे भाइबरको प्रोफाइल फोटो बदलेर कपाल काटेको फोटो राखेका थिए। 
'प्रायः दिनेशजीसँग भाइबरमा कुराकानी हुन्थ्यो,' ओलीले नागरिकसँग भनिन्, 'घटनाको दिन बिहान साढे ९ बजेतिर भाइबरमै कुराकानी भएको थियो।'
स्रोतअनुसार चरीले आफूनिकटसँग सम्पर्कका लागि भाइबर प्रयोग गर्थे। भाइबर सक्रिय गराउन प्रयोग गरेको सिम मोबाइलमा प्रयोग गरेका थिएनन्। सिमका आधारमा चरी काठमाडौं भित्रिएपछिको मुभमेन्ट भने खुलेको छ। उनको सिम लोकेसनका आधारमा काठमाडौं भित्रिएदेखि भक्तपुर, थानकोट र कुपन्डोल क्षेत्रमा उनको बाक्लो आउजाउ देखिएको छ। केही समय उनी चितवनसमेत पुगेका थिए। 
उनीनिकटका अनुसार हत्या प्रयास अभियोग खेपिरहेका चरी जिल्ला अदालत काठमाडौंमा आफैं हाजिर हुने योजनासहित काठमाडौं आए पनि बीचैमा प्रहरीबाट पक्राउ पर्न सक्ने भयले अदालत जान सकेका थिएनन्। 
ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानी हत्या प्रयास गरेको अभियोगमा समेत प्रारम्भमा रमेश बाहुनसँगै चरीको नाम जोडिएको थियो। उक्त मिसिल अदालत पुग्दा चरीको नाम भने काटिएको थियो। खुश्बु महर्जनको केसमा चरीको नाम अनाहकमा मुछिएको खुलेपछि अदालतमा मिसिल पुग्दा नाम हटाइएको थियो।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस