इन्काउन्टर भीमढुंगा
३१ साउन २०७१
•
२२ मिनेट पाठ
इन्काउन्टर भीमढुंगा
प्रहरीको गोलीले कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' मारिए। उनको मृत्युले अपराध दुनियाँ मात्रै तरंगित भएको छैन, राजनीति पनि धेरथोर तरंगित भएको छ। उनी आबद्ध पार्टी एमालेका केही नेता उनको गैरन्यायिक हत्या भएको बताइरहेका छन्, प्रहरीविरुद्ध खनिइरहेका छन्। अनि, 'चरी'की प्रेमिका खुश्बु पनि बयानबाजीमा उत्रिएकी छिन्। उता, एसएसपी पुष्कर कार्कीको प्रश्न छ– 'अपराधीलाई रोल मोडल बनाउने कि अस्वीकार गर्ने?'

केपी ढुंगानाले 'चरी'को आपराधिक उडानदेखि भीमढुंगामा उनको इन्काउन्टरसम्मका विभिन्न पक्षलाई विश्लेषण गरेका छन्।


एसएमएस आयो– दिनेश अधिकारी चरी मारिए।

साउन २१ गते बेलुका ५ बजे घटना भएको थियो, काठमाडौँको उत्तरी भेग भीमढुंगामा। सीतापाइलाबाट करिब सात किलोमिटर माथि नर्सरीभञ्ज्याङको पहिलो मोडमा चरीको प्राणपखेरु उडेको थियो।

सूचना पाएको एक घण्टापछि संवाददाता घटनास्थलमा पुग्दा त्यसको सय मिटर वरिपरिको क्षेत्र प्रहरी घेरामा थियो। सडकको देब्रे किनारमा रातो मोटरसाइकल नजिकै ढलेका थिए, चरी। घटनास्थल मुचुल्का टोली मुचुल्का उठाउन व्यस्त थियो। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख पुष्कर कार्की र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तम कार्की सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै थिए।

'शंकास्पद गतिविधिमा संलग्नहरूको खोजीमा खटिएको प्रहरी टोलीले मोटरसाइकल पछ्याउँदा प्रहरी टोलीमाथि गोली प्रहार भएकाले आत्मरक्षाका लागि गोली चलाउँदा उनी मारिएका हुन्,' एसएसपी कार्की भन्दै थिए, 'उनलाई पछ्याउँदा उनी को हुन् भन्ने जानकारी थिएन। घटनास्थलमा हेरेपछि मात्रै उनको पहिचान खुल्यो।' एसएसपी कार्कीको भनाइ पनि पृथक् थिएन।

घटनास्थलको सय मिटर तल चरीको परिवार अनि शुभेच्छुकहरूको संख्या बाक्लिसकेको थियो। 'प्रहरीले जानजान मार्‍यो,' उनीहरू दाबी गरिरहेका थिए।

घटनाको एक साता बित्यो, न प्रहरीको दाबी फेरिएको छ, न मृतकको परिवारजनको नै। छानबिन समिति गठनको माग गर्दै उनका परिवार र आफन्तनजनको अडानका कारण शव परीक्षण रोकिएको छ। चरीको शव अस्पतालको डिप फ्रिजमा छ।

 

प्रेम कहानी

हट्टाकट्टा र आकर्षक व्यक्तित्वका धनी थिए चरी। केही शहरी युवतीमाझ उनको छवि गुन्डाको होइन, साहसिक ह्यान्डसम युवाको थियो। उनी रसिक मान्छे थिए। उनको नाम विभिन्न युवतीसँग जोडिएको थियो।

आफ्ना गतिविधि जति 'चर्चित' भए पनि संगठित अपराधमा सक्रियहरू सकेसम्म आफ्ना निकटलाई चर्चाभन्दा परै राख्न रुचाउँछन्। परिवारका सदस्यसम्म प्रेसको पहुँच नपुगोस् भन्नेमा उनीहरू निकै होसियार हुन्छन्। त्यसैले चरीका 'प्रेमचरी'हरू पनि ओझेलमै थिए।

चरीको खोजीमा खटिएको प्रहरी टोलीले उनले प्रयोग गर्ने गरेको गाडी पूर्व मिस टिन खुश्बु ओलीको घरमा फेला पारेपछि उनीसँगै खुश्बु पनि तानिइन्। उनले चरी आफ्नो पारिवारिक सदस्यझैँ भएको सार्वजनिक टिप्पणी गरेपछि उनीहरूबीचको गाढा सम्बन्ध बजारमा छरियो। खुश्बु बिच्किँदै चरी र आफ्नो निकट सम्बन्ध खुलाउने सञ्चारमाध्यमविरुद्ध अदालतमा मानहानिको मुद्दा बोकेर पुगिन्।

चरीको प्राणपखेरु उडेको दिन घटनास्थलमा नदेखिएकी खुश्बु पोस्टमार्टमका लागि शव शिक्षण अस्पताल पुर्यारइँदा त्यहाँ देखिइन्। शोकको माहोलमा रातो पहिरनमा पुगेकी उनले वर्तमान प्रेमीको हत्यामा पूर्वप्रेमी अर्पण कोइरालाको नाम जोडेर नयाँ तरंग ल्याइदिइन्।

उनले चरीको हत्याको योजनाकारका रूपमा नाम लिएकी अर्पण त्यही युवा थिए, जोसँग उनी पाँच वर्ष लिभिङ टुगेदरको रिलेसनसिपमा थिइन्। खुश्बुकै अनुसार अर्पणसँग उनले पाँच वर्ष आफ्नै घरको छतमुनि बिताएकी थिइन्।

खुश्बुको घरमा आउजाउ गर्न अर्पणलाई कुनै बन्देज थिएन। अर्पणको घरको कोठा यी दुवैका सुन्दर तस्बिरले सजिएका थिए। दुवैको सम्बन्धबारे जानकारहरूका अनुसार खुश्बुको परिवारले अर्पणलाई ज्वाइँका रूपमा सम्बोधन गर्थे भने अर्पणको परिवारले उनलाई बुहारी ठान्थ्यो।

उनीहरूको सम्बन्धबारे जानकारका अनुसार लागुऔषधको कुलतमा फसेका अर्पण खुश्बुको संगतमा परेपछि सुध्रेका थिए। उनी खुश्बुलाई निकै मन पराउँथे। खुश्बुसँगको सम्बन्धपछि छोरा ट्र्याकमा आएपछि कोइराला परिवारले यी दुवैको इच्छा पूरा गर्न आफ्नो ढुकुटी खुल्ला गरिदिएको थियो।

हायात, अन्नपूर्ण अनि याक एन्ड यतीमा यो जोडीको उठबस थियो। अन्नपूर्ण क्याफेमा दैनिकी। फाइभस्टार होटलमा बर्थडे पार्टी। किया स्पोर्ट्स अनि आई–टेन गाडीको सवारी। जीवनशैली खर्चिलो थियो। तर, अर्पण खुश्बुका लागि निस्फिक्री खर्च गर्थे।

दरबारमार्ग आउजाउकै क्रममा अर्पण र चरी साथी बनिसकेका थिए। अर्पणबाटै खुश्बु चरीसँग परिचित भइन्। खुश्बु पढाइलाई अगाडि बढाउन चाहन्थिन्। उनी बेलायत पुगिन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा खुश्बु इन्टरनेसनल रिलेसन्स पढ्न थालिन्। अर्पण पनि बेलायत पुगे।

अर्पण परिवारनिकटका अनुसार बेलायत बसाइकै क्रममा उतै रेस्टुरेन्टको व्यापार गर्ने इच्छा देखाएपछि उनको परिवारले बबरमहलमा रहेको घर डेढ करोडमा बेचेर अर्पणलाई दिएका थिए। केही समयपछि अर्पण नेपाल आए। उता, रेस्टुरेन्ट खुल्यो या खुलेन? त्यो पैसा कहाँ गयो अन्योल नै रहेछ।

अर्पण निकटका अनुसार अर्पणको किया स्पोर्ट्स खुश्बुले प्रयोग गर्दै आएकी थिइन्। ट्राफिकले ब्लुबुकमा किचकिच गरेको भन्दै गाडी खुश्बुकै नाममा नामसारी भएपछी गाडी बिक्री भयो।

यो बीचमा यी दुवैको सम्बन्धमा चिरा पर्न थालिसकेको थियो। खुश्बुका अनुसार दुई वर्षअगाडि यी दुवैको सम्बन्ध टुंगियो। तर, सम्बन्धको अन्त्य एकतर्फी थियो। अर्पणले खुश्बुलाई पछ्याउन छाडेका थिएनन्।

खुश्बुले अर्पणसँग पाँच वर्ष निकट सम्बन्ध रहेको स्वीकार गरे पनि लिभिङ टुगेदर रिलेसनसिपमा रहेको भने स्वीकार गरिनन्। अर्पण पाँच वर्ष आफ्नो घरमा बसेको र उनको परिवारले उनलाई छोराझैँ व्यवहार गर्ने गरेको तथ्य भने खुश्बुले लुकाइनन्।

गत शुक्रवार धापाखेल हाइटमा रहेको सिभिल होम्सको घर नम्बर ३४ मा यो संवाददातासँग कुरा गर्दै उनले भनिन्, 'ड्रग्समा फसेको ऊ मेरै कारण सुधि्रएको थियो। पाँच वर्षसम्म सम्बन्ध राम्रै थियो तर दुई वर्षदेखि हामी छुट्टिइसकेका थियौँ। उनले आफू बेलायतमा एक्लै बसेको र बेलायतबाट फर्कंदा अर्पण पुनः लागुऔषधको कुलतमा फसेपछि बाध्य भएर आफू टाढा भएको तर्क गरिन्।

अर्पणको आर्थिक हैसियत खस्कनुमा उनको खर्चिलो दैनिकी कारक रहेको दाबी खुश्बुको छ। उनले बेलायतमा आफूले बाबुको जग्गा बेचेर अध्ययन गरेको तर्क गरिन्, जो अर्पण निकटकाहरूको तर्कसँग मेल खाँदैनथ्यो।

यसबीच चरीसँग खुश्बुको सम्बध झाँगिसकेको मात्रै होइन, दुवै विवाहको तयारीमा समेत सक्रिय भइसकेका थिए। गत दशैँमा यी दुवैबीच इन्गेजमेन्टको तयारी भए पनि रोकियो। खुश्बुका अनुसार यस वर्षको दशैँमा इन्गेजमेन्ट योजना थियो। जुन अधुरै रह्यो।

 

बदलाको चक्र

२०७० पुस १४ गते बेलुका ९ बजे वनस्थलीमा विनोद श्रेष्ठले छोरीको सूर्य दर्शनको उपलक्ष्यमा पार्टी आयोजना गरेका थिए। पार्टीमा दिनेश अधिकारी चरी पाहुना थिए। धादिङका राधाकृष्ण भन्डारी उर्फ राधे पनि पार्टीको निम्तालुको सूचीमा थिए।

दुवै एकै जिल्लावासीमात्रै होइन, कुनै समयका घनिष्ठ मित्र पनि थिए। दुवैको आपराधिक यात्राको प्रारम्भ नेपाली कांग्रेसको छत्रछायामा सुरु भएको थियो। चरी कांग्रेस छाडेर एमालेतिर लहसिएपछि पार्टीगत प्रतिस्पर्धासँगै धादिङको बालुवाखानी र ठेक्कापट्टामा कब्जाका लागि झडप सुरु भयो। आक्रमणका क्रममा चरी समूहले राधेको भाइको हात काटिदिए।

जिल्ला तहमा यी दुईको प्रतिस्पर्धा भए पनि त्यसको प्रभाव केन्द्रसम्म आइपुगेको थिएन। गत असार २१ गते जिल्लाको प्रतिस्पर्धा केन्द्र अर्थात् राजधानीमा सर्‍यो।

एमालेका तत्कालीन वरिष्ठ नेता केपी ओलीलाई लिएर धादिङ पुगेका उनी काठमाडौँ फर्किंदा राधेको टार्गेटमा परे। भाइमाथिको आक्रमणको बदला लिने समयको पर्खाइमा रहेका उनले चरीलाई धादिङबाटै पछ्याएर काठमाडौँको नैकापमा आएपछि गोली हाने। टार्गेट मिस भयो। पाखुरामा गोली लागेर चरी घाइते भएसँगै उनले खुल्ला रूपमा राधेलाई सिध्याउने चेतावनी दिएका थिए।

यी दुईको दुश्मनी सल्टाउन त्यो दिन पार्टीमा चरीसँगै राधेलाई समेत निम्त्याइएको थियो। वनस्थली पार्टी प्यालेस पछाडि दुवैको जम्काभेट हुँदा मध्यस्थकर्ताको योजनाभन्दा विपरीत घटना भयो। बदलाको पर्खाइमा रहेको चरी समूहले राधेलाई खुँडाले हानेर गम्भीर घाइते बनाए। घटनालगत्तै चरी 'अन्डरग्राउन्ड' भए।

प्रहरीको मोस्ट वान्टेड सूचीमा परेपछि उनी भारत र सिंगापुर पुगे। त्यही बीचमा ललितपुरमा मीनकृष्ण महर्जनमाथि गोली प्रहार भयो। गोली प्रहारको घटनाको प्रारम्भमा अर्का कुख्यात गुन्डा सुजन पौडेल उर्फ रमेश बाहुन तानिए। उनीसँगै चरीसमेत जोडिए।

भारतको सेल्टरसम्मै पुगेर नेपाल प्रहरीले बाहुनलाई नियन्त्रणमा लिएर नेपाल ल्याएपछि चरीको उडान सुस्त भयो। एमालेको अधिवेशनताका काठमाडौँ भित्रिएका उनले आफ्नो केस सेटल गराउन संरक्षकहरूसँग परामर्श गरेर अधिवेशन सकिएलगत्तै भारत फर्किए।

भारतीय प्रहरीले रमेश बाहुनलाई बुझाउँदा 'इन्काउन्टर' नगर्ने शर्त राख्दा उनी जोगिएको चाल पाएका चरीले सीधै अदालत पुगेर आत्मसमर्पण गर्ने हिम्मत जुटाउन सकेनन्। उनी एमालेमा रहेका आफ्ना संरक्षकमार्फत गृहजिल्ला पुगेर सरेन्डर गर्ने तारतम्य मिलाउन असार अन्त्यतिर काठमाडौँ फर्किएका थिए।

प्रहरीको दाबीअनुसार चरी फरार रहे पनि उनले आफ्नो समूहबाट पैसा उठ्तीपुठ्तीको धन्दा जारी नै राखेका थिए। उनले आफ्नो समूहका सदस्यलाई परिचालन गरेर व्यापारीलाई धम्क्याएर रकम माग गरेको सूचना प्रहरीसम्म पुगिरहेको थियो।

चैत ३ गते खुसिबू, नयाँबजारमा एक व्यापारीलाई धम्याएर रकम लिन जाँदा उनको समूहका जयराम बानिया, सुनील पाण्डे उर्फ एडा, रामेश्वर सापकोटा पक्राउ परेका थिए। प्रहरीले सो घटना चरीको योजनामा भएको निष्कर्ष निकाल्यो। लगत्तै त्यही महिनाको २० गते अर्का व्यापारीले प्रहरीमा जाहेरी दिए।

प्रहरी अधिकारीको दाबीअनुसार उनी काठमाडौँ भित्रिएपछि 'केस मिलाउन पैसा चाहियो' भन्दै व्यापारीहरूलाई फोनमार्फत धम्क्याउन सक्रिय थिए।

उनी काठमाडौँ भित्रिएको गन्ध पाएर प्रहरी टोली उनको पदचाप पछ्याउन सक्रिय भइसकेको थियो। प्रहरीबाट जोगिन घटनाको दिन दिउँसो उनले कपाल काटे।

तर, न पछ्याइरहेको प्रहरीले उनलाई पक्राउ गर्न सक्यो, न उनले सरेन्डर नै गर्न सके।

आखिर साउन २१ गते भीमढुंगाको एकान्त सामुदायिक वनको सडकमा चरीको दौडधूप समाप्त भयो।

 

कतै फिल्मी, कतै शंकास्पद

चरी मारिएपछि राजेन्द्र पाण्डेलगायत एमाले सभासद्हरूले खुश्बु अनि उनको परिवारको दाबीझैँ चरी पूर्वयोजनाअनुसार मारिएको दाबी गरे। उनीहरूले आफ्नो दाबीको पुष्ट्याइँका लागि खुश्बुको दाबी दोहोर्यानए। खुश्बुका अनुसार चरीले घटनाकै दिन दिउँसो कपाल काटेर भाइबरमा फोटो अपडेट गरेका थिए। सभासद् पाण्डेले भने चरीलाई देख्नेहरूको हवाला दिँदै प्रहरीले नै चरीको कपाल काटिदिएको तर्कसमेत गर्न भ्याए।

खुश्बुले निरन्तर तर्क गरिरहिन्, 'दिनेशजी मुठभेडमा मारिएको हैन, प्रहरीले मारेको हो।' एकान्तस्थलमा मारिनु, घटनास्थलमा रगत नहुनु, छाती ताकेर ८ गोली हान्नुले नक्कली मुठभेड भएको पुष्टि गर्ने उनको तर्कमा केही दम भए पनि घटनाको योजनामा संलग्न भन्दै उनले ज–जसको नाम पोलिरहेकी थिइन्, त्यो विश्वसनीय लाग्दैनथ्यो।

गत शुक्रवार उनको घरमा भेटघाटका क्रममा देखिएका केही दृश्यले समेत शंकालाई बलियो बनायो। कुराकानीको क्रममा खुश्बु अर्पणकेन्द्रित थिइन्। कुराकानीकै क्रममा उनको बाबु उनी नजिकै आएर कानमा बिस्तारै फुस्फुसाए 'कुमुद (प्रहरी अधिकृत कुमुद ढुंगेल) को नाम पनि भन है।'

त्यसपछिको एक घण्टाको कुराकानीमा अर्पणसँगै ढुंगेलको नाम छुटेन। उनले निरन्तर तर्क गरिरहन्, 'दिनेशजीलाई यी दुवैले मारेका हुन्।'

त्यतिबेलासम्म संसदमा सरकारको तर्फबाट गृहमन्त्री वामदेव गौतमले घटनाबारे सदनमा जानकारी गराउँदै चरी मारिनुको कारण मुठभेड भएको बताइसकेका थिए। तर, खुश्बु र उनको बाबु न यसलाई स्वीकार गर्ने पक्षमा देखिए, न यी दुईको नाम नै छुटाए।

यी दुवै चरीको पछि लाग्नुको कारण चरीसँगको आफ्नो सम्बन्ध भएको उनले बताइरहिन्। अर्थात्, उनका अनुसार चरीसँगको उनको प्रेम नै मृत्युको कारण थियो।

एक सर्वसाधारण नागरिक, अर्को प्रहरी अधिकृत। यी दुवैको योजनामा मारिएको भए त यी दुवैलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुको साटो राज्य नै जोगाउन लाग्ला र?

'म मान्दै मान्दिनँ, यी दुईले नै दिनेशजीलाई मारेका हुन्,' खुश्बु आफ्नो अडानमा कायम थिइन्। उनको अडानमा न दम देखिन्थ्यो, न त तथ्य नै।

खुश्बु परिवारको तर्कमा जति शंकाको गन्ध आइरहेको थियो, चरी प्रकरणमा प्रहरीले सार्वजनिक गरेको विवरण पनि उस्तै नाटकीय थियो।

घटनाको बेलुका महानगरीय प्रहरी परिसर काठमाडौँले जारी गरेको विज्ञप्तीमा 'जघन्य अपराधमा संलग्न फरार अपराधीहरू अवैध हतियार लिएर उपत्यकाभित्र प्रवेश गरेको र उनीहरूले व्यवसायीहरूलाई डर, त्रास, धम्की दिई पैसा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खोजीमा खटिएको परिसर अपराध महाशाखाको संयुक्त टोलीले ५ बजे भीमढुंगामा बा ४९ प ३११२ नम्बरको मोटरसाइकलमा रहेको व्यक्तिलाई शंका लागी रोक्न खोज्दा उनले प्रहरीतर्फ गोली चलाएपछि प्रहरीले आत्मरक्षाका लागि जबाफी फायर गर्दा गोली लागेर मृत्यु भएको' उल्लेख थियो।

प्रहरी चरीको हुलियाबारे जानकार थियो। तर, विज्ञप्तीमा 'घटनास्थलमा उपस्थित व्यक्तिहरूका भनाइअनुसार निज मृतक धादिङ, त्रिपुरेश्वरका दिनेश अधिकारी रहेको भन्ने बुझिएको' उल्लेख थियो।

चरी प्रकरण प्रहरीले भनेझैँ मुठभेड हो या होइन भन्ने कुरा सर्वसाधारणको स्वविवेकले छुट्याउनका लागि प्रहरीको यो विज्ञप्ती नै काफी छ।

 

यो पनि–


अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस