पोखरा- सिर्जनाचोकको साइमन पार्टी प्यालेसमा शुक्रबार तीजका गीतहरु घन्किरहेका थिए। रातो साडीमा रंगिएका पचासौं महिला त्यहाँको ठूलो हलमा रमाइरमाइ नाचिरहेका थिए। तीजे उमंगमा रमाइरहेको माहौलको अर्काे कुनाको वातावरण भने बेग्लै थियो। त्यहाँ पनि तीजकै सेरोफेरोमा भेला भएका महिलाहरुका माझमा फरक क्षमताका महिलाहरुको एउटा समूह थियो। अरु बेलाका तीजमा उनीहरु त्यसरी सामूहिक रुपमा भेला भएका थिएनन्। नारी सेवा समिति र सञ्चारिक समूह पश्चिामाञ्चले उनीहरुलाई एकै ठाउँमा भेला हुने मेसो मिलाएको थियो।
अहिले पोखराका पाँचतारे होटलका हलहरु पनि तीजका गीतहरुले गुञ्जायमान छन्। तीजको दर खाने भनेर पार्टीका पार्टी भइरहेका छन्। रंगीन पहिरन र गहना गुहरियामा सजिलाका महिलाहरुको झुन्ड फरकफरक होटलहरुमा तीनआउनु १० दिनअघि नै दर पार्टी चलिरहेका छन्। शुक्रबार साइमनमा दुई संस्थाले पनि दर पार्टी पनि गरेकै हुन्। आफूआफू पैसा उठाएर पार्टी खाइरहेका बीचमा दुई संस्थाले भने अरुका निम्ति पार्टी आयोजना गरेका हुन्। त्यही मौकामा बहिरा शिक्षिका प्रमिला थकाली, दृष्टिविहीन सुनीता ज्ञवाली लगायत अपांग महिलाहरु अञ्जना गुरुङ, रिमा पालिखे, विष्णुमाया विक, गोमा घिमिरे र अञ्जना केसी सम्मानित भए। लोकगायिका हरिदेवी कोइरालाले ती महिलाहरुलाई सम्मान गरिन्।
'हामी हरेक वर्षको तीज फरक तरिकाले मनाउँछौं,' नारी सेवा समितिकी अध्यक्ष सीता बरालले भनिन्, 'खास गरी विपन्न महिलाका लागि फोकस गरेर कार्यक्रम गरिरहेका छौं।' गएको वर्ष समितिले वृद्धाश्रममा वृद्ध महिलाहरुलाई दर खुवाएको थियो। त्यसअघिको वर्ष गन्धर्व र कृस्तीको दलित बस्तीमा सहभोजसहितको तीज समितिले गरेको थियो।
विभिन्न संस्थाले आफ्नै सहकर्मीका लागि तीजको भोज खुवाउने चलन पनि बढिरहेको छ। तर केही सीमित संस्थाले मात्रै तीज सबैका लागि मनाउने सत्प्रयास गरिरहेका छन्। सूचना प्रविधिको विकाससँगै विदेशी चाडपर्व भित्रिँदा स्वदेशी मौलिक पर्वहरु छायाँमा परेको अनुभूति भइरहेको भए पनि तीज यस्तो पर्व बनेको छ जुन वर्षैपिच्छे महत्वका साथ नेपाली महिला महिलाले मनाउने पर्व बनिरहेको छ। खासगरी हिन्दु बाहुनक्षेत्री समुदायका महिलाको पर्वले त्यो जातीय सीमा पनि नाघेर सबैजसो नेपाली समुदायका महिलाको मनमा बास बसिसकेको छ। यसो हुँदाहुँदै पनि पछिल्लो समयमा बढेको भड्किलोपनले भने संस्कृतिप्रेमीहरुमा यसको मौलिकता हराउने पिरलो बढेको छ। 'शिरफुल र फुली त हाम्रा आमा, हजुरआमाले पनि लगाउनुहुन्थ्यो,' गायिका हरिदेवी कोइराला भन्छिन्, 'तर अहिलेको जस्तो भड्किलो हुँदैनथ्यो।'
समयसँगै चाडपर्वमा परिवर्तनआउने कुरालाई स्वीकार्नुपर्छ भन्छिन् कोइराला। तर त्यसको मूल मौलिकता मर्न दिननहुनेमा भने उनको जोड छ। गाउँका चौतारी र मन्दिर छेउछाउका चउरहरुमा महिलाहरुको जत्था जम्मा हुने चलन पुरानै हो अचेल होटलमा भएजस्तो। तर राति खाने दर पाँचतारे होटलको दिवाभोज बन्न थालेको छ। भड्किलो तीजका पार्टीले समाजको वर्गीय खाडललाई झन्झन् गहिरो बनाएकैले सबैलाई समेटेर दर खुवाउने र फरक क्षमताका महिलालाई सम्मान आयोजना गरेको सञ्चारिकाकी महासचिव कृपा भण्डारी बताउँछिन्। भन्छिन्, 'रमाइलो गर्दागर्दै पनि समाजिक बन्न सकिन्न भनेरै अपांगता भएका महिलालाई समेटेका हौं।'
तीजजस्ता चाडपर्व मनाए पनि अपांगहरुलाई एकठाउँ भेला हुने र रमाइलो गर्न अवसर यसअघि कहिल्यै नआएको बहिरा शिक्षक प्रमिला थकालीले बताइन्। 'हाम्रो त भाषा पनि कसैले बुझ्दैनन् अनि चासै राख्दैनन्,' दोभाषेका माध्यमबाट उनले भनिन्। उनीजस्तै अरु सम्मानित महिलाको स्वर पनि उनकै जस्तो थियो।