लुटको सुन जग्गा र चर्को ब्याजमा लगानी
०८ भदौ २०७१
•
७ मिनेट पाठ
लुटको सुन जग्गा र चर्को ब्याजमा लगानी
काठमाडौं-काठमाडौंमा एक व्यापारीबाट लुटिएको ५ किलो सुनमध्ये प्रहरीले ६ सय ग्राम सुन मात्र फेला पार्न सकेको छ। जेठ २१ गते महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एक प्रहरीको योजनामा सुन व्यापारी सञ्जय पाण्डेको ५ किलो सुन लुटिएको थियो।घटनाको २ महिनापछि केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले घटनामा संलग्न देखिएका महाशाखाका प्रहरी नायव निरीक्षक विजयप्रताप शाहलाई पक्रेको थियो। प्रहरीले उनीसँगै घटनामा संलग्न देखिएका राजेन्द्र गुरुङ, सुरज काफ्ले, प्रदिप रिसाल, भीमसेन श्रेष्ठ र भारतीय नागरिक पोपटनारायण चौहानलाई पक्रेको थियो।
प्रहरीले उनीहरु पक्राउ परेकै दिन करिब ६ सय ग्राम सुन फेला पारेको थियो। २० दिनको अनुसन्धानमा अन्य सुन फेला नपरे पनि चोरीको सुन खरिदबिक्रीको जालो केलाउन भने प्रहरी सफल देखिएको छ। अनुसन्धानमा संलग्न ब्युरो अधिकारीका अनुसार लुटिएको पाँच किलो सुनमध्ये साढे ३ किलो सुनको अवस्था अनुसन्धानमा खुलेको छ। अन्य डेढ किलो सुनको अवस्था अझै अज्ञात रहेकाले फरार ३ जनाको पक्राउलाई प्रहरीले प्राथमिकता दिएको छ। 
ब्युरो अधिकारीका अनुसार पक्राउ परेकामध्ये शाह र गुरुङ सुन लुटपाट योजनामा प्रत्यक्ष संलग्न अभियुक्त हुन्। साह र गुरुङसँगै फरार रहेका ३ जना मिलेर पाण्डेको दैनिकी निगरानी गरी उनी विशालबजारमा रहेको सुन पसल बन्द गरेर सुन लिएर निस्केका बेला रञ्जना गल्लीबाट नियन्त्रणमा लिएर चाबहिलको एक रेस्टुरेन्टमा पुर्या्एर सुन लिएका थिए।
पाण्डे सुन तस्करीमा संलग्न रहेको सूचनालाई आधार बनाएर शाहसहितको टोलीले उनलाई आफूहरु केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी भएको बताएर सुन कब्जामा लिएका थिए। 
साह र गुरुङले लुटिएको सुनमध्ये साढे ३ किलो आफूहरुले लिएर चोरी र लुटिएको सुन किन्ने व्यपारीको च्यानलमार्फत प्रतिकिलो ४१ लाख ५० हजारमा बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। सो च्यानल खुलेपछि हवाई र स्थलमार्गबाट तस्करी हुँदै काठमाडौं भित्रने सुन कारोबारमा ट्राभल एजेन्सी सञ्चालन र सुन कारोबारी संलग्न रहेको खुलेको छ।




अवैध सुनको बिक्री रुट



प्रहरी अनुसन्धानमा खुलेअनुसार प्रारम्भमा शाह र गुरुङले पाण्डेसँग लुटेकोमध्ये साढे ३ किलो सुन ग्लासियर ट्राभल्सका सुरज काफ्लेलाई दिएका थिए। शान्तिनगर बानेश्वरका उनले प्रतिकिलो ४१ लाख ५० हजारमा उनीहरुसँग सुन किनेका थिए। 
उनले सोही सुन प्रतिकिलो ४१ लाख ७० हजार दरमा ४० तोला किलागलका पोपटलाई र अन्य किलागलकै प्रदिप रिसाललाई दिएका थिए। सुन कारोबारीहरुकोमा घुमिरहेको सुन चाँदी गोल्ड एन्ड सिल्भरका भीमसेन श्रेष्ठकोमा पुग्यो। भीमसेनमार्फत डकैतीको सुन घुमेर पुनः धरानमा रहेका सुन कारोबारी गुल्जारीलाल अग्रवालकोमा पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ।
लुटको सुन कारोबारमा संलग्नमध्ये अधिकांशलाई प्रहरीले पक्रे पनि गुल्जारीलाल भने फरार छन्। 
लुटको सुनले जग्गा र सुन
प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार ४१ लाख ५० हजार प्रतिकिलोको दरले साढे ३ किलो सुन बिक्री गरेर गुरुङ र साहले भागबन्डा गरेपछि गुरुङले ओखलढुंगामा ४३ लाख बराबरको जग्गा किनेका थिए। 
उनले किनेको जग्गा घटनापछिको मितिमा पास भएको खुलेकाले सो जग्गा लुटिएको सुनबाट किनिएको प्रहरीको ठम्याइ छ। नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक साहले सुनबाट आएको पैसामध्ये केहीले सुन नै किने। विभिन्न व्यक्तिलाई कपाली तमसुक गराएर चर्को ब्याजमा लगानी गरे भने १० लाख बैंकमा डिपोजिट गरेका थिए। साहको सबै आर्थिक गतिविधि जेठ २१ पछिको मितिमा भएकाले ती सबै आर्थिक कारोबारको आर्थिक स्रोत लुटिएको सुनकै भएको ब्युरो प्रहरीको निष्कर्ष छ। 

व्यापारी पनि अनुसन्धानमा


सुन लुटिएको व्यापारी पाण्डेसमेत बेलाबखत सनु तस्करीमा जोडिँदै आएका व्यक्ति हुन्। चैतमा जनकपुरमा ६ किलो अवैध सुनसहित बलराम गुप्ता पक्राउ परेका थिए। अनुसन्धान क्रममा सो सुनको लिंक विशालबजारसम्म जोडिए पनि प्रहरीले दोस्रो कारोबारी पक्रेको थिएन।
ब्युरोका प्रहरी अधिकारीले सुनको अवैध कारोबारमा पाण्डेको नाम जोडिने गरे पनि अहिलेसम्म नखुलेको दाबी गरे। ‘अनुसन्धान क्रममा पाण्डेको ५ किलो सुनको स्रोतको खोजी भने हुन्छ,' एक अनुसन्धान अधिकारीले जानकारी दिए।
एक किलो अझै फेला परेन
कलंकीमा लुटिएको २ किलो सुनमध्ये एक किलो सुनसहित कालिमाटी वृत्तमा कार्यरत प्रहरी जवान भागिरथ थारु पक्राउ परेको १ महिना हुन लाग्यो। प्रहरीले लुटिएको सुनमध्ये एक किलो थारुको कपिलवस्तु बुढ्डी गाविसमा रहेको घरको शौचालयमा गाडेको अवस्थामा फेला परे पनि घटनामा संलग्न अन्य ३ जना अझै फेला पार्न सकेको छैन।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस