महिला भलिबल टोली घोषणा
१४ भदौ २०७१
•
४ मिनेट पाठ
महिला भलिबल टोली घोषणा
काठमाडौं- माल्दिभ्सविरुद्ध बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली महिला भलिबल टोली छनोट गरिएको छ। राष्ट्रिय महिला टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले तीन मैत्रीपूर्ण खेलका लागि दुई टोली छनोट गरिसकेको बताए। नेपालले भदौ १९, २० र २२ गते राखेप कभर्ड हलमा मैत्रीपूर्ण खेल खेल्नेछ। माल्दिभ्स टोली बुधबार नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ।माल्दिभ्सविरुद्धको खेल नेपाली महिला भलिबल टोलीको दोस्रो अन्तर्राष्ट्रिय मैत्री खेल हो। महिला टोलीले पहिलोपल्ट २०४४ सालमा थाइल्यान्डसँग मैत्री खेल खेलेको थियो। जुन नेपाली महिला भलिबलको पहिलो अन्तराष्ट्रिय खेल थियो। 
प्रशिक्षक रिमालले टिम छुट्याइए पनि दुवै टोलीलाई सन्तुलित टोली बनाउने प्रयास गरेको बताए। आठौं र दसौं दक्षिण एसियाली खेलकुद (साग) को अनुभव हासिल गरेकी बिनिता बुढाथोकीको कप्तानीमा टिम 'ए' र दसौं साग खेलेकी मञ्जु गुरुङको कप्तानीमा टिम 'बी' टोली तयार पारिएको छ। 
टिम 'ए' मा विनितासँगै रमिला तण्डुकार, नेबिका चौधरी, प्रतिभा माली, हीरा केसी, सरस्वती चौधरी, कोपिला उप्रेती, अरुणा शाही, चन्दा राना, कृपा अधिकारी, कमला पुन र सलिना श्रेष्ठ छन्। न्यु डायमन्ड एकेडेमीकी १३ वर्षे प्रतिभा टोलीकी कान्छी खेलाडी हुन्। 'ए' टोलीका कोपिला र विनिताबाहेक सबैले पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल्ने अवसर पाउने छन्। 
टिम 'बी' मा मञ्जुसँगै परीक्षा गुरुङ, पार्वती अर्याल, निमा श्रेष्ठ, उषा विष्ट, चूडा खड्का, मनीषा चौधरी, रेश्मा भण्डारी, डोल्मा लामा, सुशीला थापा, सुप्रिया गुरुङ र ज्योति चौधरी छन्। 'बी' टोलीकी मञ्जु, निमा र चूडाबाहेक सबैले पहिलोपल्ट राष्ट्रिय टोलीबाट खेल्दैछन्। कोपिला, विनिता, मञ्जु, निमा र चूडा श्रीलंकामा सम्पन्न १०औं सागमा कांस्य जित्दा नेपाली टोलीका सदस्य थिए। 
मैत्रीपूर्ण खेलका लागि भलिबल संघले साउन २१ देखि सातदोबाटोमा बन्द प्रशिक्षण सञ्चालन गरेको थियो। बन्द प्रशिक्षणमा रहेका सबै २४ खेलाडीले माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेललाई टोलीमा परेका हुन्। प्रशिक्षक रिमालले सबै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभवको अवसर दिन दुई टोली बनाइएको बताए। उनले भने, 'संघको निर्देशनमा हामीले दुई टोली बनाएका छौं। महिला टोलीको अन्तर्राष्ट्रिय अनुभव कम छ। घरेलु कोर्टमै हुने खेलमा धेरै खेलाडीलाई अवसर दिँदा भविष्यमा राम्रो हुन्छ।' 
नेपाली महिला भलिबल टोलीले अहिलेसम्म दुई मात्र आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको इतिहास छ। दुवैपल्ट नेपालले कांस्य पदक जितेको थियो। काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं र २००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा नेपाली महिला टोलीले कांस्य पदक जितेको थियो।


अर्को समाचार
राष्ट्रिय महिला भलिबल टिममा को को परे?
२२ मंसिर २०७१
•
२ मिनेट पाठ
राष्ट्रिय महिला भलिबल टिममा को को परे?
काठमाडौं– प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। बन्द प्रशिक्षणका १६ खेलाडीबाट संघले सोमबार अन्तिम टोली छनोट गरेको हो। पुस ४ देखि त्रिपुरेश्वरस्थित कभर्ड हलमा च्याम्पियनसिप हुनेछ। प्रतियोगितालाई नेपालले मंसिर ३ बाट बन्द प्रशिक्षण सुरु गरेको थियो।




बन्द प्रशिक्षणमा रहेका साइड स्पाइकर चन्द्रा राना र लिबरो सलिना श्रेष्ठ टोलीमा परेनन्।

विनिता बुढाथोकीको कप्तानीमा छनोट टोलीमा ओपन स्पाइकरमा मञ्जु गुरुङ, रमिला तण्डुकार, नेबिका चौधरी र प्रतिभा माली, क्विक स्पाइकरमा सरस्वती चौधरी, उषा विष्ट, कोपिला उप्रेती, मनिषा चौधरी छन्। साइड स्पाइकरमा अरुणा शाही, रेश्मा भण्डारी, सेटरमा कप्तान विनिता र सुशीला थापा छन्। लिबरोमा कमला पुन र ज्योति चौधरी छन्।

पुस ४ गतेबाट सुरु भएर ८ सम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसँगै भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको लागि नेपालले मंसिर ३ गते देखि बन्द प्रशिक्षणसुरु गरेको थियो। महिला टोलिको मुख्य प्रशिक्षक सुदेशकुमार रिमाल, सहायक प्रशिक्षकमा जगदिश भट्ट र कौशिला खत्री रहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस