पोखरा— उनले पहिला बन्दुक बोकेका थिए। माओवादी सशस्त्र युद्धको एउटा लडाकु दीपशिखा अहिले कलम भिरेर हिँडिरहेका छन्। सशस्त्र युद्धपछि देशमा राजनीतिक परिवर्तन लेखियो। उनले भिरेर हिँडेको कलमले एउटा उपन्यास लेखिसक्यो। बन्दुर उचालेरको हिँडेको योद्धाले अहिले किन कलम समायो त ? 'रात फुलेको याम' उपन्यासका लेखक दीपशिखालाई सामान्य पाठक जिज्ञासाले घेरा हालिहाल्छ । मंगलबार पोखरेली पाठकमाझ उभिँदा उनले त्यस्ता जिज्ञासाको सिधा उत्तर दिए।
'जसले लडेर गणतन्त्र आयो, तिनीहरु अहिले रित्तै छन्,' सम्मोहन साहित्यिक पत्रिकाले निम्त्याएको मञ्चमा उभिएर दीपशिखा बोले, 'पसलपसल चाहार्ने हो भने तिनका बारेमा लेखिएका पुस्तक भेटिन गाह्रो छ ।' वास्तविक पात्रहरुको कथा लेखेको उनले बताए । 'अहिले पनि खोज्यो भने ती पात्रहरु भेटिन्छन्,' उनले भने ।
पाठकहरुका थरीथरी सुझाव पाएका उनले उपन्यास लेख्नुअघि पनि अनेक सुझाव पाएका थिए । 'मेरो भन्नु केही छैन, भन्ने तपाईं पाठकहरुले नै हो,' उनले भावुक स्वर निकाले, 'सबै सुझाव बोकेर काठमाडौं फर्कन्छु र अर्काे किताबमा समेट्छु ।'
टिप्पणीकार गनेस पौडेलले 'रात फुलेको याम'लाई गैरआख्यानिक उपन्यासको संज्ञा दिए । 'उपन्यास स्मरण पुस्तिकाजस्तो छ र घटनाक्रमको काव्यात्मक वर्णन यस्को विशेषता हो,' उनले बेलिविस्तार लगाउन सुरु गरे, 'एउटा साधारण मान्छे कसरी र कुन चेतनाले माओवादी बनेर बन्दुक उठायो भन्ने सग्लो प्रश्नको उत्तर यसले दिएको छ ।'
पौडेलले उपन्यासलाई भुइँफूलमा काँडा उम्रिएको कथाको विशेषण पनि जोडिदिए र भने, 'तल्लो तहका जनतामा कसरी विद्रोह जन्म्यो भन्ने कथा यसले भनेको छ ।'
शैली र प्रस्तुतिले पाठकलाई सजिलै तान्ने अर्का टिप्पणीकार ईश्वरमणि अधिकारीले सुनाए । त्यसमाथि सही थाप्दै पौडेलले भने, 'उपन्यासले पाठकलाई नदीलाई झैं बगाउँछ, घरी भीरबाट खसाएर झस्यांग बनाउँछ, घरी अत्यास लाग्ने गरी पोखरीजस्तो जमाइदिन्छ र फेरि भेट्नै नसक्ने गरी दौडाउँछ ।'
दीपशिखाका साथी यादव देवकोटाले उनको उपन्यास राजतन्त्र गइसकेपछि कट्टर गणतन्त्रवादी बनेकाहरुविरुद्ध काउन्टर फायर भएको बताए । 'यो किताबमा सपना बोकेर खाली पैताला हिँडेका मान्छेको कथा हो,' उनले भने । अर्का साथी संगीत स्रोताले लेखनको राजनीतिको जडता चिर्न आएको लेखकको संज्ञा दिए । कार्यक्रमका सहभागीले माओवादी सशस्त्र युद्धका कथामाथि लेखिएका किताबमध्ये दीपशिखाको उपन्यास उत्कृष्ट रहेको प्रतिक्रिया दिए।