सिकिस्त इमर्जेन्सी
२० भदौ २०७१
•
२१ मिनेट पाठ
सिकिस्त इमर्जेन्सी
काठमाडौं– बालाजु, नेपालटार बस्ने गोरखाकी मनकुमारी ढकाललाई जोडसँग छाती दुख्न थाल्यो। परिवारले हाँपदाँप गर्दै वीर अस्पतालको आकस्मिक कक्ष पुर्यारयो।




स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने औषधि दिएर रेजिडेन्ट डाक्टरलाई खबर गरे। डाक्टरले इसिजी गर्न लगाए। इसिजी रिपोर्ट हेरेपछि उनले भने, 'उहाँलाई हार्ट अट्याक (हृदयाघात) भएको हो, सिसियुमा राख्नुपर्छ।'

त्यतिबेला वीरमा सिसियु (कार्डियाक कोरोनरी युनिट) खाली थिएन। तुरुन्तै 'एन्जियोप्लास्टिक' गर्नुपर्ने हुनसक्थ्यो। त्यही भएर डाक्टरले गंगालाल हृदयरोग उपचार केन्द्र लैजान सिफारिस गरे।

यसो गर्दागर्दै करिब दुई घन्टा बित्यो।

एम्बुलेन्स बन्दोबस्त गरेर गंगालाल लाँदै गर्दा केशरमहलनिर उनको छातीको दुखाइ झनै बढ्यो। शरीरबाट चिट्चिट पसिना छुट्न थाल्यो। मुटुको धड्कन धिमा हुँदै गयो।

बल्लतल्ल अस्पताल पुर्यानइयो। गंगालालका डाक्टरहरूले ज्यान लगाएर कोसिस गरे। अन्ततः निराश हुँदै भने, 'आधा घन्टाअगाडि मात्र ल्याइपुर्या एको भए, ज्यान बचाउन सकिन्थ्यो।'

मनकुमारीका छोरा मदनलाई आमाको मृत्युको खबरले जति मर्माहत बनायो, त्योभन्दा बढ्ता चोट दियो डाक्टरको भनाइले, जसको निष्कर्ष थियो, वीर अस्पतालमा हृदयाघात उपचारको राम्रो व्यवस्था भइदिएको भए आमाको ज्यान बच्थ्यो।

यो २०७० चैततिरको घटना हो। देशकै ठूलो र पुरानो सरकारी अस्पतालको ढिलासुस्तीले दिएको घाउ ढकाल परिवारमा आज पनि आलै छ।

...

सुर्खेतकी सरिता खड्कामा प्रसूतिपछि शारीरिक जटिलता र मानसिक समस्या देखियो। परिवारले उनलाई गत असार १७ गते राजधानीको टिचिङ अस्पताल ल्याइपुर्याेए।

सुविधासम्पन्न शिक्षण अस्पतालमा उच्चस्तरीय उपचार पाउने आशाले उनी त्यति टाढाबाट आइपुगेकी थिइन्। तर, उनको आशा टिचिङको आकस्मिक कक्षा छिर्नासाथ तुहियो। सामान्य जाँचपछि नै त्यहाँ खटिएका डाक्टरले लापरबाहीपूर्वक भने, 'तपाईंलाई आइसियुमा राख्नुपर्छ, यहाँ छैन। नजिकै चिरायु अस्पताल छ, त्यहीँ लैजानुस्।'

चिरायुमा आइसियु त भेटियो, तर तत्काल विशेषज्ञ सेवा उनीहरूले पाएनन्। त्यसपछि सरितालाई ओम, बिएन्डबी र निजामती अस्पतालसम्म पुर्यारइयो। निजामती अस्पताल पुगेपछि मात्रै थाहा भयो, प्रसूतिका क्रममा भएको संक्रमण शरीरभरि फैलिसकेछ।

परिवारले लाखौं खर्च गरेर पनि सरितालाई जिउँदै घर फर्काउन सकेनन्।

...

नेपालको चिकित्सा क्षेत्रमा भिœयाइएका अत्याधुनिक उपकरण र उपलब्ध विशेषज्ञ जनशक्तिबाट जस्तोसुकै अत्यावश्यक उपचार सम्भव भएको दाबी बारम्बार सुनिँदै आएको छ। व्यवहारमा भने स्वास्थ्य दृष्टिले जोखिमपूर्ण ठानिने र तत्कालै उपचार खाँचो पर्ने आकस्मिक सेवा नाम मात्रको छ। मनकुमारी र सरिताजस्तै समयमै आकस्मिक उपचार नपाएर ज्यान गुमाउनुपरेका बिरामी अरू पनि थुप्रै भेटिन्छन्।

ग्र्यान्डी अस्पतालका मेडिकल निर्देशक तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डेका अनुसार यहाँका धेरै अस्पतालमा त्यस्ता बिरामी मात्र बाँच्छन्, जो बाँच्ने अवस्थामै अस्पताल आइपुगेका छन्। मर्ने हालतमा पुगेर ज्यान जोगिएका उदाहरण कमै भएको उनी बताउँछन्। जबकि आकस्मिक उपचार सेवाको उद्देश्य भनेको 'मर्ने अवस्थामा पुगेका बिरामीलाई चिकित्सा विज्ञानको सहायताले मृत्युको मुखबाट थुतेर ल्याउनु' हो।

'नेपालको आकस्मिक उपचार सेवाको अवस्था दयनीय छ, तत्काल उपचार नपाएर मृत्यु वा थप जटिलताको अवस्थामा पुग्ने बिरामीलाई जीवनदायी सहयोग दिनसक्ने गरी न जनशक्ति तयार छ न उपकरण छन्,' वरिष्ठ फिजिसियन डा. जगदिशप्रसाद अग्रवालले नागरिकसँग भने।

चिकित्सा विज्ञानले गम्भीर खालका ट्रमा (चोटपटक), जलेका, मस्तिष्कघात वा अन्य कारणले बेहोस भएका बिरामी, श्वासप्रश्वास, हृदयाघातजस्ता अवस्थालाई बढी जोखिमपूर्ण मान्छ। यस्ता बिरामी आउँदा तत्काल समस्याको गम्भीरता बुझेर उपचार सुरु गर्नसक्ने विशेषज्ञ जनशक्ति पहिलो आवश्यकता हो। त्यसपछि मुटुको चाल थाहा पाउने इसिजी, बन्द भएका अंग चलाउन सहायता गर्ने डिसिसक र कृत्रिम श्वासप्रश्वास गराउन भेन्टिलेटर आकस्मिक कक्षमै उपलब्ध हुनुपर्छ।

बिरामीलाई तत्काल शल्यक्रियाको खाँचो पर्नसक्ने हुँदा शल्यक्रिया चिकित्सकको टिमसमेत तम्तयार रहनुपर्छ। सघन उपचार सेवा नभएका ठाउँबाट सुविधासम्पन्न अस्पतालमा रेफर गर्दा पनि कम्तीमा जीवनरक्षा गर्ने गरी प्राथमिक उपचार गराउनसक्ने प्रविधि र जनशक्ति हुनैपर्छ। तर, धेरै ठूला सरकारी रेफरल अस्पतालको आकस्मिक कक्ष यसका लागि तयार छैन। आफूकहाँ रेफर भएर आएका बिरामी हेर्न मेडिकल अफिसरलाई नै डाक्नुपर्ने वा पुनः रेफर गरेर अन्त पठाउनुपर्ने अवस्था छ। यसरी बिरामीलाई तत्काल आकस्मिक सेवा दिन नसक्नु भनेको मृत्युतिर धकेल्नु बराबर हो।

'ढिला भए पनि फरक नपर्ने अवस्थामा बिरामीसँग डाक्टर, अस्पताल रोज्ने समय हुन्छ, आकस्मिक सेवामा त्यो विकल्प हुन्न,' डा. अग्रवालले भने, 'धेरै अस्पतालमा आकस्मिक कक्षको भौतिक अवस्था र तयारी हेर्दा बिरामी भाग्यले मात्रै बाँच्ने अवस्था छ।'

ट्रमा सेवा नहुँदा गइरहेछ ज्यान

२०६८ चैतमा भूकम्प जाँदा २० जना घाइतेलाई एकैपटक वीर अस्पतालको आकस्मिक कक्ष पुर्यााइयो। वीरले यति ठूलो चाप थेग्न सकेन। टिचिङ र पाटनलाई समेत घाइते व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । धेरै घाइते निजीतिर दौडिए।

गएको महिना सिन्धुपाल्चोकमा पहिरो जाँदा पनि १४ जना घाइतेलाई एकैपटक टिचिङ अस्पताल लगिएको थियो। टिचिङले व्यवस्थापन गर्न नसकेर कैयौं बिरामी आकस्मिक कक्षबाटै निजीमा रेफर भए।

सरकारी अस्पतालको आकस्मिक सेवालाई यस्ता विपत्तिका घटनाले निरीह बनाउने गरेको छ। प्रत्येक ठूला अस्पतालले प्राकृतिक विपत्तिमा तत्काल चाहिनसक्ने आकस्मिक सेवा दिन 'र्याअपिड रेस्पोन्स टिम' राखेको हुनुपर्छ। नेपालमा भने यो कार्यान्वयन भएको छैन।

अन्य देशमा त गम्भीर चोटपटक लागेका घाइतेलाई मात्र उपचार गर्ने गरी सुविधासम्पन्न ट्रमा सेन्टर खोलिएको हुन्छ। जहाँ बिरामीलाई सुरुमै विशेषज्ञ सेवा दिइन्छ। नेपालमा भने यस्तो विशेषज्ञ अस्पताल एउटै छैन। भारतको सहयोगमा वीर अस्पतालछेउ ट्रमा सेन्टर खुलेको वर्षौं बितिसक्दा पनि सञ्चालनमा आएको छैन।

नेपालमा सडक दुर्घटनाकै कारण दैनिक तीन जनाको ज्यान गइरहेको तथ्यांक छ। सामान्यतया दुर्घटनापछि २० प्रतिशतको घटनास्थलमै र ६० प्रतिशतको अस्पताल पुर्याषउने क्रममा बाटोमा ज्यान जाने गरेको अध्ययनले देखाएको छ। २० प्रतिशत अवस्थामा मात्रै घाइतेको ज्यान जोगाउन सकिन्छ। ६० प्रतिशत घाइतेको अस्पताल लग्दालग्दै मृत्यु हुने गरेको पाइन्छ। यो भनेको स्वास्थ्य उपचार दृष्टिले एकदमै संवेदनशील समय हो। यसमा रहेका अड्चन कम गर्न सके धेरैको ज्यान बचाउन सकिन्छ। ट्रमा सेन्टरको उद्देश्य यही हो।

घटनास्थलबाट अस्पतालसम्म ल्याउने क्रममा हुने ६० प्रतिशत मृत्यु रोक्न विशेष एम्बुलेन्सलाई अनिवार्य मानिएको छ। यस्तो एम्बुलेन्समा बिरामीको ज्यान जोगाइराख्न चाहिने सबै उपकरण व्यवस्था गरिएको हुन्छ। नेपालमा अहिलेसम्म दुई/तीन वटा मात्रै यस्तो एम्बुलेन्स छ। अधिकांश एम्बुलेन्स बिरामी ओसार्ने खालका मात्रै छन्। त्यही पनि भनेको बेला नआउँदा ट्याक्सीमा कोचेर अस्पताल पुर्या उनुपर्ने बाध्यता छ। कतिपय अवस्थामा यही कारणले बिरामीको ज्यान जाने गर्छ।

आइसियुकै भर छैन

गम्भीर अवस्थाका बिरामीलाई आकस्मिक स्तरमा चाहिने 'सपोर्ट' दिएपछि स्वास्थ्य थप खस्किन नदिई विस्तारै सुधार ल्याउन सघन उपचार कक्ष (आइसियु) अत्यावश्यक मानिन्छ। आइसियुमा मोनिटर, मेकानिकल भेन्टिलेटर, एबिजी ग्यास एनलाइजर, इकोकार्डियोग्राफी, अल्ट्रासेनोग्राफी, हेमोडायलसिस मेसिन, सेन्ट्रल अक्सिजन सिस्टम, पोर्टेबल एक्सरे, डिफिबिलेटर, एबिजी (ग्यास एनालाइजर), इलेक्ट्रिकल बेड, छुट्टै ल्याब सुविधा नभई हुँदैन। नेपालमा यी सबै सुविधा उपलब्ध अन्तर्राष्ट्रिय स्तरका आइसियु कक्ष थोरै मात्र छन्।

शैऒ्ढया संख्याको अनुपात हेर्दा कुनै पनि सरकारी अस्पतालमा पर्याप्त शैऒ्ढया छैन। अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुल शैऒ्ढयाको १० प्रतिशत आकस्मिक उपचारका लागि छुट्ट्याउनुपर्छ। प्रतिशैऒ्ढया एक जना तालिमप्राप्त नर्स, आइसियु विशेषज्ञ वा एनेस्थेसियोलोजिस्ट र अन्य बहुविशेषज्ञ सेवा चाहिन्छ। वीर र टिचिङ अस्पतालमै यो मापदण्ड पुग्दैन।

'वीर र टिचिङ अस्पतालका आइसियुमा समेत अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उपकरण छैनन्,' वीर अस्पतालका आइसियु विशेषज्ञ (इन्टेन्सिभिस्ट) डा. रविमान श्रेष्ठले भने, 'सबैभन्दा भयावह अवस्था त जनशक्तिमा छ।'

आइसियु वा भेन्टिलेटरमा राखिएका बिरामीलाई विभिन्न परीक्षणका लागि टाढासम्म लैजान नमिल्ने र अधिकांश परीक्षण तत्काल चाहिने भएकाले सबै सेवा त्यहीँ उपलब्ध हुनुपर्छ। नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एएससिसिएम) का अध्यक्ष डा. मोदनाथ मरहठ्ठाका अनुसार आइसियुमा तालिमप्राप्त एनेस्थेसियोलोजिस्ट २४ सै घन्टा हुनैपर्छ। निजी अस्पतालका धेरै आइसियु नर्सको भरमा चलेको विज्ञहरू बताउँछन्।

देशभरका करिब ९० आइसियुमा ६ सयभन्दा बढी शैऒ्ढया भएको अनुमान छ। यही विषयका विशेषज्ञको संख्या भने जम्मा ५ जना छन्। नेपालमा २ सय एनेस्थेसियोलोजिस्ट मेडिकल काउन्सिलमा दर्ता भए पनि आधाभन्दा बढी विदेशमा छन्। बाँकी आधामध्ये अधिकांश सरकारी अस्पताल र त्यसमा पनि राजधानीमै केन्द्रित छन्।

दुई वर्ष राजधानीको आइसियु सेवा अध्ययन गरेका डा. श्रेष्ठका अनुसार झन्डै अढाई दर्जनभन्दा बढी अस्पतालका आइसियु कक्षमा रेजिडेन्ट मेडिकल अफिसरसमेत छैन। धेरै निजी अस्पतालका आइसियुमा सामान्य रगत परीक्षण गर्ने मेसिनसम्म नभएको उनी बताउँछन्।

'आइसियु लेखेर झुन्ड्याउँदैमा कसरी आइसियु भन्ने?' डा. श्रेष्ठले भने, 'राजधानीमै भेन्टिलेटर र एबिजी मेसिन नभएका थुप्रै आइसियु छन्, यो भनेको अनुमान भरमा उपचार गर्नु हो।'

ध्यानमै छैन आइसोलेसन वार्ड

तराई क्षेत्रका विभिन्न जिल्लामा पछिल्लो समय एकपछि अर्को डेंगीका बिरामी फेला पर्न थालेका छन्। प्रत्येक वर्ष विभिन्न ठाउँमा भाइरल ज्वरो, हैजा, जन्डिस, स्वाइन फ्लु, कालाजार, औलो, जापानिज इन्सेफलाइटिसजस्ता दर्जनौं रोगले महामारीको रूप लिइरहेकै हुन्छन्। लाममुट्टेको टोकाइ, श्वासप्रश्वास, पसिना र दिसापिसाबबाट सजिलै सर्ने यी रोगका बिरामीलाई सबै अस्पतालले अन्य रोगका बिरामीसँगै राखेर उपचार गरिरहेका छन्, जुन आफैंमा जोखिमपूर्ण स्थिति हो।

यस्ता सरुवा रोगका बिरामी देशभरबाटै रेफर भएर आउँछन्, राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा। यो अस्पतालमा समेत जोखिमपूर्ण रोगका बिरामीलाई छुट्टै राखेर उपचार गरिने 'आइसोलेसन वार्ड' छैन।

नेपालमा स्वाइनफ्लु फैलिएका बेला विश्व स्वास्थ्य संगठनले टेकुमा ६ शैऒ्ढयाको वार्ड बनाउने पूर्वाधार तयार पार्योल। तर, ती शैऒ्ढयाका लागि मोनिटर, भेन्टिलेटरजस्ता अत्यावश्यकीय उपकरण जुटाउन नसक्दा वार्ड सञ्चालनमै आउन सकेन।

अहिले इबोला रोग नेपाल भित्रिने खतरा हेरेर स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका ५० शैऒ्ढयामाथिका सरकारी अस्पताल र २ सय शैऒ्ढयाभन्दा बढीका निजी अस्पताललाई यस्तो आइसोलेसन वार्ड/वेड छुट्ट्याउन पत्राचार गरेको छ। 'अत्याधुनिक उपचार पद्धति अपनाएकामध्ये नेपालजस्ता देश कमै होलान्, जहाँ सर्ने र नसर्ने रोगका बिरामीलाई एकै ठाउँ राखेर उपचार गरिन्छ,' महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने।

उनका अनुसार छिट्टै सर्ने सम्भावना भएका फ्लु, भाइरल ज्वरो, श्वासप्रश्वास प्रणालीमा हुने संक्रमणका बिरामीबाट कुरुवा र अन्य बिरामीलाई बचाउन एसीसहित बिरामीले फेरेको सास नफैलिने गरी छुट्टाछुट्टै क्याबिनको आइसोलेसन वार्ड चाहिन्छ। यस्ता वार्डको अभावमा अस्पताल आफैं रोग फैलाउने जोखिम स्थल बनेको डा. मरासिनी बताउँछन्।

वीरले हालै मात्रै एक शैऒ्ढयाको यस्तो वार्ड बनाएको छ। उपत्यकाबाहिर कोसी र उपत्यकाभित्र बिएन्डबीले यस्तो वार्ड भएको जनाएका छन्।

नेपालमा मृत्युको प्रमुख कारणमध्ये ४९ प्रतिशत सरुवा रोग रहेको अध्ययनले देखाएको छ। तीमध्ये झाडापखाला, डेंगी, भाइरल ज्वरो, हैजा, रेबिज, एचआइभी, जन्डिस, स्वाइन फ्लु, टिटानस, म्यानेनजाइटिस, कालाजार, औलो, जापानिज इन्सेफलाइटिसजस्ता रोग महामारीका रूपमा फैलिने गरेका छन्। यस्ता रोग हावा, खाना, श्वासप्रश्वास एवं लामखुट्टेको टोकाइबाट सजिलै सर्छन्। 'सुविधासम्पन्न देशका राम्रा जनरल अस्पतालमा पनि एउटा रोगको बिरामीलाई अस्पताल बस्दाबस्दै अर्को रोग सरेको पाइन्छ,' टेकु अस्पतालका डा. शेरबहादुर पुनले भने, 'सर्ने रोगका बिरामी हुने अस्पतालमा त यस्तो जोखिम झनै बढी हुन्छ।' अस्पतालमा बस्दाबस्दै कुरुवालाई भाइरल ज्वरो, झाडापखाला सरेका उदाहरण पनि प्रशस्तै भेटिने उनी बताउँछन्।

राजधानीका ठूला अस्पतालले यति महत्वपूर्ण विषयमा पनि हालसम्म ध्यान पुर्याडउन नसकेको सम्बद्ध डाक्टर बताउँछन्। इबोलाको सन्त्रास फैलिएपछि मात्र सरकारलाई यस विषयमा पहल गर्ने तातो लागेको छ। आकस्मिक सेवाका अन्य भौतिक पूर्वाधार र विशेषज्ञ सेवा पनि सरकारी पहलकै पर्खाइमा छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस