काठमाडौं– भारतीय व्यापारी अन्जनीकुमार चाचानलाई गोली हानेर हत्या गर्ने 'सुटर' पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले घटनाको तीन वर्षपछि चाचनमाथि गोली चलाउन निरज केसीलाई पक्राउ गरेको हो।
चाचानको हत्यामा संलग्न समूहका राजु डंगोल र अशोक गोले यसअघि नै पक्राउ परे पनि केसी घटनापछि भागेर भारत पुगेका थिए। ठमेलमा गोली हानेर भिक्षुलाई लुटिएको घटनामा समेत सोही समूहको संलग्नता खुलेको महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले जनाए।