'सिरियल सुटर' पाँच वर्षपछि पक्राउ
२६ भदौ २०७१
•
८ मिनेट पाठ
'सिरियल सुटर' पाँच वर्षपछि पक्राउ
काठमाडौं— संगठित समूह बनाएर उपत्यकामा शृंखलाबद्ध हत्यामा सक्रिय समूहका मुख्य सुटर पक्राउ परेका छन् । आधुनिक हतियार बोकेर लुटपाट र हत्यामा संलग्न निरज केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पाँच वर्षको खोजीपछि पक्रेको हो।सो समूह २०६५ देखि उपत्यकामा घटेको ४ वटा घटनाका मुख्य योजनाकार रहेको र केसी सो समूहका सिरियर सुटर रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार काठमाडौं भीमसेनगोलाका केसी, टेबहालका सुनिल महर्जनसँगै राजु डंगोल र अशोक गोले मिलेर उपत्यकामा लुटपाटको योजनासहित समूह बनाएका थिए ।




उनीहरुले भारतबाट २ वटा पेस्तोल र ३० राउन्ड गोली किनेर उपत्यकामा लुटपाट सुरु गरेका थिए । उनीहरुको मुख्य टार्गेट हुन्डी कारोबारी भए पनि भिक्षु र व्यापारीलाई समेत उनीहरुले लुटेका थिए । कार्कीका अनुसार अनुसन्धानमा सो समूह काठमाडौंमा भएको ४ वटा हत्या तथा लुटपाट घटनामा संलग्न रहेको तथ्य फेला परेको छ ।

महाशाखाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार केसी समूहले २०६६ मा बाफलमा एक व्यापारी लुटेका थिए । व्यापारीलाई हतियार देखाएर उनीहरुले ५ लाख लुटेको महाशाखाको प्रतिवेदनमा उल्लेख भए पनि व्यापारीको नाम भने खुलाइएको छैन । २०६७ कात्तिक १७ गते ठमेलमा बौद्ध भिक्षु निमा लामालाई गोली प्रहार गरी उनको साथमा रहेको १० लाख लुटपाट भएको थियो ।

ठमेलको मनी चेन्चरबाट विदेशी रकम साटेर फर्किन सञ्चय कोष भवन अगाडि रहेको गाडी चढ्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर भिक्षु घाइते भएपछि उनको साथमा रहेको नगद लुटिए पनि तत्काल कोही पक्राउ परेका थिएनन् । प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा चन्द्र लामा र अभय लामालाई पक्रे पनि उनीहरु भिक्षुको घटनामा संलग्न देखिएका थिएनन् ।

केसीको पक्राउपछि राजु डंगोलले पोताला गेस्ट हाउसमा बसेका भिक्षु विदेशी मुद्रा सटही गर्न आउने सूचना ल्याएपछि उनीहरुले लुटपाटको योजना बनाएका थिए । महाशाखाका अनुसार सो घटनामा डंगोल र सुनिल महर्जनले भिक्षुलाई गोली हानेका थिए ।

ठमेल घटनाको अनुसन्धान सफल नहुँदै २०६७ चैत १० गते टेकुमा रहेको एक्साइड ब्याट्री सोरुममा लुटपाटको प्रयास भएको थियो । हतियारसहित आएको समूहले गोली चलाउँदा सुरक्षागार्ड प्रेमकृष्ण महर्जन र कर्मचारी सुदिप बस्याल घाइते भएका थिए ।

उपचारकै क्रममा महर्जनको वीर अस्पतालमा मृत्यु भयो । घटना प्रकृतिका आधारमा प्रहरीले सोरुमकै कर्मचारीको योजनामा सो घटना भएको अनुमान गर्दै अनुसन्धान अगाडि बढाएको थियो । तर, घटनाको योजनाकार संगठित गिरोह निस्कियो ।

२०६७ चैत २७ गणबहालमा रहेको एभी इन्टरप्राइजका सञ्चालक भारतीय नागरिक अन्जनी चाचनमाथि टेकुकै शैलीमा आक्रमण भयो । ब्यागको होलसेल पसल चलाउँदै आएका चाचानलाई एक समूह ब्याग किन्ने बहानामा पसलभित्रै गएर गोली हानेर त्यहाँ रहेको ब्याग लिएर भागेका थिए । घाइते चाचानको पनि मृत्यु भयो ।

नजिकैको एक पसलमा रहेको सिसिटीभीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाए पनि धमिलो दृश्यका कारण असफल भएको थियो । गोले र महर्जनको पक्राउपछि चाचान होलसेल ब्यागको आवरणमा हुन्डी कारोबारमा सक्रिय रहेको सूचनाका आधारमा उनीहरुले लुटपाटको योजना बनाएको खुलेको थियो ।

एसएसपी कार्कीका अनुसार चाचानसँग २ करोडभन्दा बढी रुपैयाँ भएको सूचनाका आधारमा उनीहरुले लुटपाटको योजना बनाएका थिए । पसलमा जाँदा उनकी श्रीमतीसमेत सँगै भएको र चाचानले प्रतिकार गर्ने प्रयास गरेपछि उनीहरुले गोली प्रहार गरेर नजिकै रहेको प्लास्टिकको ब्याग लिएर भागेको खुलेको थियो ।

प्रहरीले घटनाको केही समयपछि गोले र राजु डंगोललाई पक्रे पनि निरज केसी र सुरज महर्जन भने फरार थिए । यी दुवै भारतमा गएर लुकेर बसेका थिए । केही समयपछि नेपाल फर्केका महर्जनलाई महाशाखाको प्रहरीले १४ गते नक्सालमा पक्रे पनि उनको पक्राउको सूचना लुकाएर राखेको थियो ।

प्रहरीले महर्जनको पक्राउपछि केसी मुम्बईमा रहेको खुलाएको थियो । महाशाखाको टोलीले उनलाई बुधबार बुटवलमा पक्रेर काठमाडौं ल्याएको दाबी गरेको छ ।

पुराना फाइल खोतल्दै प्रहरी


महाशाखाको टोली केसी समूह उपत्यकामा घटेको र अनुसन्धान असफल भएको अन्य घटनामा समेत संलग्न भएको आशंका गर्दै अनुसन्धानमा जुटेको छ । २०६६ पुस २२ मा कमलपोखरीमा भएको ७० लाख लुटपाटको घटना अनुसन्धान अझै सफल भएको छैन । सो घटनामा लुटेरा समूहले ७.६५ क्यालिबरको गोली प्रहार गरेको थियो । केसी समूहले जहाँजहाँ गोली चलाएका छन् सोही क्यालिबरको गोली फेला परेको छ ।

प्रहरी रिपोर्टअनुसार चाचान, बौद्ध भिक्षु लामा, र टेकुको एक्साइड ब्याट्री सोरुममा भएको गोली प्रहारको घटनामा ७.६५ क्यालिबरको गोली प्रयोग भएको थियो । महाशाखा प्रमुख एसएसपी कार्कीले सफल हुन नसकेका पुराना केसका फाइललाई समेत प्राथमिकता दिएर अनुसन्धान सुरु गरिएको बताए । 'सफल नभएका पुराना केसहरुको पुनः अनुसन्धान सुरु गरेका छौं,' उनले भने ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस