राधालाई मदन, शिवलाई जगदम्बा
२९ भदौ २०७१
•
७ मिनेट पाठ
राधालाई मदन, शिवलाई जगदम्बा
काठमाडौं- कात्तिक २८, २०५९, जुम्ला सदरमुकाम खलंगामा तत्कालीन विद्रोही माओवादीले गरेको भीषण हमला आफ्नै आँखाले हेरेकी राधा पौडेल केही दिन निकै बेचैन रहिन्। शान्तिका लागि काम गरिरहेकी उनलाई आँखैअगाडि भएको नरसंहारको त्यो बीभत्स 'लीला' ले निकै दिनसम्म सतायो। छटपटी र उकुसमुकुस थाम्नै सकिनन् र घटनाको अनुभूति डायरीमा कोर्न थालिन्।यसरी तयार भएको थियो, संस्मरण पुस्तक 'खलंगामा हमला'। आफूले लेखेको त्यो डायरी छापिनेसम्म कल्पना नगरेकी उनै राधा आइतबार अपत्याउँदो खबर सुनेर अकमक्क परिन्।
मदन पुरस्कार गुठीले २०७० को मदन पुरस्कार नेपालयले छापेको राधाकै 'खलंगामा हमला' पुस्तकलाई दिने निर्णय सुनायो। गुठीले जगदम्बाश्री पुरस्कार लेखक शिव रेग्मीलाई सुम्पने निर्णय गर्योग।
बुबाको मुखबाट बेलाबेला जुम्लाको कष्टकर दैनिकीबारे सुनेकी थिइन् उनले। त्यहीभएर एकदिन नर्सको आकर्षक सरकारी जागिर छाडेर उनी सुरक्षित मातृत्व परियोजनाका लागि जुम्ला पुगिन्। '२०५९ साल कात्तिक २८ गते हामी बसेको जुम्लाको खलंगास्थित घरमा माओवादी हमला भयो, दिउँसो सँगै हिँडेका डिएसपी विजय घिमिरेको लाश नै फेला परेन,' ४१ वर्षे राधाले पुस्तकको रचनागर्भ पर्गेल्दै भनिन्, 'भोलिपल्ट एउटा जुत्ताको भरमा घिमिरेको सनाखत भयो, त्यो घटनाले मलाई निकै छोयो। अनि १८ दिनपछि होला, मैले लेखिहालेँ, सबै घटनाबारे।'
आफ्नो किताब होइन, इमानदारीले पुरस्कार पाएको भन्ने लाग्छ राधालाई। आफू कुनै पनि पार्टी वा नेताको नजिक नरहेको बताउँदै उनले भनिन्, 'मैले नलेखे, नबोले कसले बोल्छ भन्ने लाग्यो, घटनाको साक्षी रहेकीले यथार्थ बकेकी मात्र हुँ।'
'एक्सन वर्क्स' नामक गैरसरकारी संस्थामार्फत जुम्लामा शैक्षिक, महिला सशक्तीकरण र शान्ति निर्माणमा सक्रिय पौडेलले तीन फरक विषयमा स्नातकोत्तर गरेकी छन्। उनले दुइटा विषयमा थप पुस्तक तयार पारिसकेकी छन्। तर, पुस्तकबारे अहिले नै खुल्न चाहन्नन्। जुम्लाका गरिबका लागि सेकेन्ड ह्यान्ड लुगा संकलन गर्दै आएकी उनी आफू पनि सेकेन्ड ह्यान्ड लुगा नै लगाउँछिन्।
चितवनमा जन्मे पनि आफूलाई जुम्लाकै बासिन्दाका रुपमा चिनाउन चाहन्छिन् उनी। सन् २००१ देखि लगातार तीन वर्ष जुम्लामा काम गरेकी उनी अहिलेसम्म जुम्लाको सम्पर्कमा छिन्। त्यहाँ उनी अहिले मितेरी शान्तिवाटिका बनाउँदैछिन्।
खोज तथा अनुसन्धान गाह्रो र झन्झटिलो भए पनि यसबाट पाइने जस र सन्तुष्टि अरु विधामा पाइँदैन भन्ने लाग्छ, अन्वेषक रेग्मीलाई। त्यसैले केही कथा र कविता लेखेपछि अन्वेषणमै आफूलाई समर्पित गरे रेग्मीले। विगत ३५ वर्षदेखि साहित्यको इतिहास तथा प्रवृत्ति खोतल्दै आएका उनलाई २०७० सालको जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
'नेपाली साहित्यिक पत्रकारिताको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट संकलन, तिनको समीक्षा, समलोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रुपमा सेवा गरिरहेबापत रेग्मीलाई जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो,' मदन पुरस्कार गुठीले आइतबार जारी प्रेस विज्ञप्तिमा प्रस्ट्याएको छ।
जगदम्बाश्री पुरस्कार विजेता ७३ वर्षे रेग्मीको गत वर्ष 'खोजीनिधि' भन्ने पुस्तक निस्किएको थियो। उनले 'नेपालमा आमसञ्चारको विकास', 'भूपी शेरचनका कविता', 'शंकर लामिछानेका निबन्ध', 'शारदाका सम्पादकीय विचारहरु', 'गोर्खापत्रका एक सय एक निबन्ध' लगायत पुस्तक निकालिसकेका छन्।
'मैले खासै ठूलो काम गरेको छुजस्तो लागेको छैन, तैपनि जगदम्बा–श्री पुरस्कार पाउँदा निकै खुसी लागेको छ,' रेग्मीले आइतबार भने, 'म दिनभर घरबाट बाहिर ननिस्कीकन लेखनमै सक्रिय हुँदै आएको थिएँ, त्यसैको प्रतिफल होला यो पुरस्कार।'
उनीसँग साहित्यिक पत्रपत्रिकाको इतिहाससम्बन्धी एउटा पाण्डुलिपि तयार छ। तर कुनै प्रकाशकसँग कुरा गरेका छैनन्। 'प्रकाशकले माग्न आए दिने हो, प्रकाशककहाँ गएर चाहिँ छाप्नुपर्योु भनेर भन्दिनँ,' उनले कारण दिए, 'किनभने प्रकाशकले अस्वीकार गरे भने मलाई कुण्ठा हुन्छ, बेकारमा किन कुण्ठा पाल्नू?'
आउँदो नौरथामा वितरण गरिने दुवै पुरस्कारको राशि दुई–दुई लाख रुपैयाँको छ। मदन पुरस्कार गुठीको स्थापना २०१२ सालमा रानी जगदम्बाले आफ्ना पति मदनशमशेर राणाको स्मृतिमा गरेकी थिइन्। २०४५ सालमा जगदम्बाको निधन भएपछि गुठीले जगदम्बा–श्री पुरस्कार थपेको हो।


अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस