थाहै नपाई छुट्छन् ‘ठूला' तस्कर
२४ असोज २०७१
•
१६ मिनेट पाठ
थाहै नपाई छुट्छन् ‘ठूला' तस्कर
चितवन- याक्चे भनिने पेम्बा लामा र कालु मनांगे भनिने तान्जिङ गुरुङ चितवन राष्ट्रिय निकुञ्जले गैंडाको खाग बिक्रीमा संलग्न ठूला तस्कर भनेर प्रचार गरेका व्यक्ति हुन्। यिनीहरू समातिएका बेला खुबै प्रचार पनि भयो। तर, उनीहरू छुट्दा कसैलाई पत्तो नै भएन।

निकुञ्ज टोलीले काठमाडौंका याक्चेलाई २०६२ साल असार ५ गते नवलपरासीको कावासोतीमा समात्यो। तत्कालीन रेन्जर टिकाराम पौडेलसँगको बयानमा उनले २० वटा खाग नेपालबाहिर पठाएको स्विकारेका छन्। नेपालमा रहेका प्रमुख दुई खाग तस्करमध्ये याक्चे एक भएको निकुञ्जले पत्रकार सम्मेलनमै दाबी गरेको थियो।
याक्चे र उनका सहयोगीलगायतलाई निकुञ्जले गरेको १५ वर्षे कैद पुनरावेदन अदालत हेटौंडाले पाँच वर्षमा झारिदियो। चितवन निकुञ्जमा याक्चेमाथि तीनवटा मुद्दा थिए। जसमध्ये एउटामा पाँच वर्ष र अरु दुईवटामा १५ वर्ष कैद तोकिएको थियो। 
निकुञ्जको फैसलाविरुद्ध याक्चेले पुनरावेदन अदालतमा निवेदन दिएका थिए। २०६६ साल मंसिर २ गते पुनरावेदनले तीनवटै मुद्दामा पाँच वर्षभन्दा बढी सजाय गर्न नमिल्ने फैसला गर्योा। त्यसैअनुसार २०६७ साल असार ४ मा याक्चेको कैद भुक्तान भयो। 
समातिएको पाँच महिनापछि नै उनी उपचारका लागि भन्दै चितवनबाट काठमाडौं पुगे। उपचार सकिएपछि पहिलेकै कारागारमा जानुपर्ने नियम रहे पनि उनले चितवन जानु परेन। उनीविरुद्धको एउटा मुद्दामा निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत गोपालप्रसाद उपाध्यायले २०६३ पुस २६ गते पाँच वर्ष कैद र एक लाख रुपियाँ जरिवानाको फैसला सुनाएका थिए। लगत्तै सरकारले छानबिन समिति नै गठन गरेर उपाध्यायलाई निलम्बन गर्यो । 
याक्चेमाथिका बाँकी दुई मुद्दामा निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत मेघबहादुर पाण्डेले २०६५ सालमा १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरे। पुनरावेदन अदालतले उपाध्यायको फैसला सदर गर्यो२ र पाण्डेले सजाय सुनाएका गरेका दुईवटा मुद्दामा पनि पाँच वर्षभन्दा बढी कैद नहुने फैसला गर्योल। तर, २० भन्दा बढी खाग विदेश पुर्या एको बयान दिने याक्चे जेलमुक्त भएको निकुञ्जका अधिकारीले नै धेरैपछि मात्रै थाहा पाए।
निकुञ्जले 'मस्ट वान्टेड' सूचीमा राखेको कालु मनांगेको कथा पनि यस्तै भयो। काठमाडौं महानगरपालिका– १७, नयाँबजार घर भएका ६६ वर्षीय तान्जिङ गुरुङ अर्थात कालु मनांगेलाई निकुञ्जले २०६७ जेठ ६ गते १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। 
मुद्दा चल्दा र फैसला सुनाउँदा उनी फरार थिए। प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले २०६८ पुस २२ गते समाएपछि उनलाई जेल पठाइयो। २०६३ फागुनमा काठमाडौं डिल्लीबजार घर भएका पूर्व विमान चालक रमेशचन्द्र पोखरेललाई समाएपछि वन्यजन्तु अपराधमा कालुको संलग्नता खुलेको हो। 
पोखरेलसँगै समातिएका सिकारी हरिबहादुर विक तथा अर्का एक व्यक्तिले कालुलाई पोलेका थिए। समातिएको पाँच दिनभित्रै उनलाई भरतपुर कारागार चलान गरियो। त्यसपछि याक्चेलाई जस्तै उनलाई पनि बिरामीको बहानामा काठमाडौं लगियो। माथिल्लो अदालतमा पुनरावेदन पर्योछ।
उनको पहुँच यहाँसम्म देखियो कि निकुञ्ज कार्यालयले सबुत प्रमाण बुझेर कारागार लैजानुअघि महान्यायाधिवक्ताको कार्यालयले नै चासो राख्यो। हरिबहादुरले गैंडा मार्ने, खाग निकालेर पोखरेललाई दिने र पोखरेलले कालुलाई दिने, कालुले याक्चेले जस्तै खाग विदेश पुर्याहउने गरेको निकुञ्जको आरोप थियो।
कालु याक्चेभन्दा पनि सजिलै जेलबाट उम्के। पुनरावेदन अदालत हेटौंडाले निकुञ्जकै फैसलालाई सदर गरे पनि कालु सर्वोच्च अदालतको आदेशअनुसार जेलमुक्त भए। 'सर्वोच्च अदालतले कालु मनांगे भन्ने व्यक्ति र पक्राउ गरेका तान्जिङ गुरुङ फरक हुन् भन्यो। जसअनुसार तीन महिनाअघि उनी छुटे' चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने। 

मरेको भनेर उम्कन्छन् तस्कर 
२०६८ असोज २९ देखि कात्तिक २ गतेसम्म चितवन राष्ट्रिय निकुञ्जले चलाएको चोरी सिकारविरुद्धको अभियानमा १७ जना गिरफ्तार भए। चोरी सिकार र खाग तस्करीमा पाँच तहको संरचना हुन्छ। सो बेला सबै संरचनामा रहेका व्यक्ति पक्राउ परेका थिए। नेपालबाट विदेशमा खाग बेच्दा ३५ लाख पर्ने पनि सोही बेला खुलेको थियो।
यो अभियानमा अर्को एउटा अनौठो तथ्य पनि सार्वजनिक भयो। मरेको भनेर निकुञ्जलाई ढाँटेर बसेका एक व्यक्ति फेरि समातिए। स्थायी ठेगना तिब्बत भए पनि काठमाडौं महानगरपालिका वडा नं. ६, बौद्ध फूलबारी बस्ने तान्जिङ निमा लामा निकुञ्जको अभिलेखमा मरेका अभियुक्त थिए। तर, २०६८ कात्तिकमा उनलाई निकुञ्जकै टोलीले समात्यो। उनलाई निकुञ्जले अहिले एकपछि अर्को सजाय सुनाउन थालेको छ। गत वर्ष चैत २७ गते निकुञ्जले उनलाई गैंडा मारेको अभियोगमा १३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोक्यो। निमालाई गत वर्ष असोज १६ मा पनि निकुञ्जले १५ वर्ष कैद र एक लाख जरिवाना हुने फैसला गरेको थियो। 
२०६० साल वैशाख १९ गते पनि निमा नारायणगढस्थित पोखरा बसपार्कको गुल्मेली होटलबाट हुम्लाका छिरिङ भन्ने दोग्लासँगै समातिएका थिए। उनीहरुलाई निकुञ्जले जेठ १६ गते पुर्पुक्षका लागि थुनामा पठाएको थियो। दुवैले पुनरावेदन अदालत हेटौंडामा निवेदन दिएपछि सोही वर्ष भदौ १० गते उनीहरु धरौटीमा छुटे। 
'गैंडा मुद्दामा धरौटीमा छुटेका निमाविरुद्ध बाघको छाला तस्करीको मुद्दा पनि थियो। त्यसैले पुनः पक्राउ गर्यौंु तर प्रमाण नपुगेको भन्दै उनलाई हाजिरी जमानीमा छाड्नुपर्योा,' निकुञ्जका तत्कालीन सहायक संरक्षण अधिकृत कमलजंग कुँवरले सुनाए। 
निकुञ्जमा हाजिर भइरहेका निमा केही समयपछि आउन छाडे। त्यसपछि उनको मृत्यु भएको भन्ने कागज निकुञ्जमा पेस भयो। 'इन्डियाको प्राइभेट क्लिनिकमा तान्जिङ निमाको मृत्यु भयो भन्ने डाक्टरी रिपोर्ट पेस भएको थियो तर लासको फोटो र पोस्टमार्टम रिपोर्ट समावेश थिएन,' कुँवरले भने। 
अझै दुई सय फरार 
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाका अनुसार गैंडाको खाग तस्करीमा चलेका मुद्दामा मुछिएका दुई सय आरोपित अझै फरार रहेको बताउँछन्। चितवन कोराकका राजकुमार चेपाङ सर्वाधिक खोजीको सूचीमा छन्। 'राजकुमार समातिए फेरि एउटा ठूलै गिरोहको भण्डाफोर हुन्छ,' सहायक संरक्षण अधिकृत थपलियाले भने। २०५७/५८ सालदेखि गैंडा सिकारमा संलग्न उनी अहिले नेपालमा छैनन्। उनीविरुद्ध गत वर्ष मंसिरमा इनटरपोलमा रेडकर्नर नोटिससमेत जारी भएको छ।
राजकुमार सक्रिय रहेका बेला चितवनमा वर्षमा ३८ वटासम्म गैंडा मरेका थिए। त्यसैले उनी सर्वाधिक खोजीमा छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सक्रिय भएपछि गैंडा मुद्दाका धेरै अभियुक्त समातिएका छन्। राजकुमारकै संगतले गैंडा सिकारमा लागेका काजीमान र बुद्धिबहादुर चेपाङ समातिएका छन्। फरार रहँदै आएका बुद्धिबहादुर गत वर्षको असोजमा समातिए। काजिमान २०६७ चैतमा समातिएका हुन्।
कोराक– ९, चिप्लेटीका काजीमानको चार–पाँच वर्षअघिसम्म छुट्टै शान थियो। भारत हिमाञ्चल राज्यको सिमलामा श्रम गर्न उनीमात्रै जाँदैन थिए, गाउँका युवाको टोली नै त्यहाँ पुर्या।उँथे। सिमलाको श्रमले काजीमानको मात्रै होइन, गाउँका धेरै घरको चुलो बलेको थियो। 
उनै काजिमान अहिले १५ वर्ष कैद सजाय भुक्तान गरिरहेका छन्। नौवटा गैंडा मारेको अभियोग छ उनीमाथि। परदेशमा श्रम गरिरहेका उनी कसरी गैंडा सिकारी बने त? काजीमान भन्छन्, 'सुरुमा निकुञ्जले मलाई अनाहकमा गैंडा सिकारी भनेर खेद्यो। भाग्दै हिँड्दा पछि त्यही काममा लागँे।'
२०४९ सालमा पहिलोपटक सिमला पुगेका काजीमान २०५६ सालपछि गाउँमै श्रम गर्न थाले। 'काम गरेर दुई–चार पैसा जोड्नु मेरालागि अभिसाप भयो,' भरतपुर कारागारमा काजीमानले कुरा खोले। 
कोराकमा पहिलेदेखि नै गैंडा सिकारीको बिगबिगी थियो। काजिमानको आर्थिक हैसियतमा सुधार देखिएपछि निकुञ्जले उनीमाथि पनि शंका गर्योै। 'मलाई २०६० सालबाट निकुञ्जका मान्छेले खोज्न थाले,' काजिमानले भने, 'खोजेका मान्छे समातेर निकुञ्जले कहिल्यै छाड्दैन थियो, त्यसैले भाग्दै हिँडें।'
यही मेसोमा कोराक कालिखोलाका राजकुमार चेपाङसँग उनको भेट भयो। राजकुमार त्यो बेलाका नामुद गैंडा सिकारी थिए। 'अब कामै नगर्दा तेरो नाम मुछियो, घरमा बस्न नसक्ने भइस्, बरु मसँगै हिँड् भनेर राजकुमारले कर गर्यो ,' काजीमानले पुराना दिन सम्भि्कए। 
२०६३ सालमा राजकुमारको पछि लागेर काजीमान गैंडा मार्न निस्किए। २०६६ सालसम्म गैंडा मार्ने काममा लागेको उनी स्वीकार्छन्। तर, गैंडालाई सिधै गोली हानेको भने उनले इन्कार गरे। उनका अनुसार बलबहादुर प्रजाले गोली हान्थ्यो। गैंडा मरेपछि राजकुमारले खाग झिक्थ्यो। 
उनले चितवनको खुरखुरेमा एक अपरिचतलाई खाग जिम्मा लगाएका रहेछन्। अरुबेला जंगलमा गैंडा कुरेर बस्ने समूहमा मिसिएर भात पकाउने, गस्ती आए–नआएको हेर्ने गर्दा रहेछन्। निकुञ्जको जंगलभित्र गैंडा ढुकेर १२ दिनसम्म बसेका रहेछन् उनी। 
'नौपटक काममा जाँदा साढे ६ लाख रुपैयाँ हात पर्यो्,' काजीमानले कमाइबारे भने। थोरैमा २० हजारदेखि बढीमा १ लाख ५० हजार रुपैयाँसम्म बुझेका रहेछन् उनले। पैसा राजकुमारले नै दिन्थ्यो रे! उसले जति दिन्छ, त्यसैमा चित्त बुझाउनुपर्ने काजिमानले बताए। 
राजकुमार गोरखाबाट किर्ते नागरिकता र राहदानी बनाएर विदेश गएको काजीमान बताउँछन्। उनी भने २०६७ फागुन १३ गते स्याङ्जाबाट समातिएका थिए।
कर्मचारी हत्या पहिलो घटना
स्थापना भएयता चितवन निकुञ्जले धेरै खालका उतार चढाव बेहोरेको छ। तर, निकुञ्जभित्रै कर्मचारीको हत्या भएको थिएन। स्थापनाको ४० औं वर्षपछि असोज ९ गते निकुञ्जभित्र गोली हानेर सिनियर गेमस्काउट शेषचन्द्र चौधरीको हत्या भयो। 
'अनुसन्धान जारी नै छ। तर, प्रारम्भिक विवरण हेर्दा यो सामान्य लुटपाटका लागि नभएर निकुञ्जप्रति लक्षित आक्रमण हो भन्ने हाम्रो निर्क्योल छ,' प्रमुख संरक्षण अधिकृत कुँवरले भने। चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापा पनि लुटपाटका लागिमात्रै घटना भएको जस्तो नदेखिने बताउँछन्।
शेषचन्द्र चितवन निकुञ्जको ठोरी दीपानगर पोस्टमा कार्यरत थिए। कार्यालयको कामले असोज ८ गते बगई पोस्ट आएका उनी माडी वसन्तपुरका त्रिलोक चौधरीको घरमा बसेर ९ गते बिहान त्रिलोकसँगै दीपानगर जाँदै थिए। मोटरसाइकल चढेर कार्यक्षेत्र जाँदै गरेका उनीमाथि बगई र अमुवा पोस्टबीचमा पर्ने जंगलमा गोली प्रहार भएको थियो।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस