धरापमा फुटबल
३१ असोज २०७१
•
१० मिनेट पाठ
धरापमा फुटबल
फिफा र एएफसीले आफ्ना कुनै पनि सदस्यमाथि तेस्रो पक्षको हस्तक्षेप स्विकार्दैनन्। केही महिनाअघि नाइजेरियाली फुटबल संघमा त्यहाँको सरकारले हस्तक्षेप गर्दा पनि फिफाले नाइजेरियाको सदस्यता निलम्बित गरेको थियो। नेपालमा पनि सरकारले सुझबुझसाथ परिपक्व रूपमा कदम नचाले नाइजेरियाकै अवस्था हुन सक्छ।
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित मुख्य चार पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा निलम्बन गर्दै अनुसन्धान अघि बढाउन सरकारलाई निर्देशन दिएपछि नेपाली फुटबल अन्योलको घेराबन्दीमा परेको छ। समितिले एन्फामा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै मुख्य पदाधिकारीलाई निलम्बन गरी दुई महिनाभित्र छानबिन गरी थप कारबाही गर्नू भनी असोज ३ गते युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको थियो।

त्यसअनुसार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्मार्फत एन्फाका पदाधिकारीलाई निलम्बन गरी अन्यलाई कार्यवाहक जिम्मेवारीमा तोकेर छानबिन सुरु गरिसक्नुपर्थ्यो। तर, लेखाको निर्णय आफैँमा अस्पष्ट भएको भन्दै मन्त्रालयले निर्देशन अहिलेसम्म कार्यान्वयन गरेको छैन। साथमा अन्तर्राष्ट्रिय सम्बन्धन र नियमका आधारमा चल्नुपर्ने फुटबलमा कुनै हस्तक्षेप गर्दा विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले नसहने भयले पनि मन्त्रालय लेखा समितिको निर्देशन पालना गर्न हच्किएको छ।

फिफा र एएफसीले आफ्ना कुनै पनि सदस्यमाथि तेस्रो पक्षको हस्तक्षेप स्विकार्दैनन्। केही महिनाअघि नाइजेरियाली फुटबल संघमा त्यहाँको सरकारले हस्तक्षेप गर्दा पनि फिफाले नाइजेरियाको सदस्यता निलम्बित गरेको थियो। एक महिनापछि सरकारले निर्णय फिर्ता लिएपछिमात्र नाइजेरियाको फिफा सदस्यता पुनःस्थापित भएको थियो। नेपालमा पनि सरकारले पूरा सुझबुझसाथ परिपक्व रूपमा कदम नचाले नाइजेरियाकै अवस्था हुन सक्छ। एन्फा अध्यक्ष गणेश थापा स्वयं एएफसीको उपाध्यक्ष रहनुले पनि उनीमाथि सरकारले कुनै कारबाही गरे अन्तर्राष्ट्रिय मान्यता नेपालको नहुने अनुमान लगाउन सकिन्छ। लेखा समितिको निर्देशन आएपछि थापाले पटक–पटक एन्फा वा त्यसका कुनै पदाधिकारीमाथि कुनै कारबाही भए नेपाल प्रतिबन्धमा पर्ने बताइसकेका छन्।

यसैगरी राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीको समूहले मन्त्रालय तथा परिषद्मा डेलिगेसन गएर पनि एन्फामाथि कुनै हस्तक्षेप गरेर फुटबल रोकिने वातावरण हुन नदिन अनुरोध गरिसकेका छन्। तर, लेखा समितिले भने भ्रष्टाचारविरुद्धको छानबिन र कारबाहीलाई फिफा तथा एएफसीले हस्तक्षेपका रूपमा लिएर नेपाली फुटबललाई प्रतिबन्ध नगर्ने दाबीका साथ तीन दिनभित्र निर्देशन पालना गर्न मन्त्रालयलाई सोमवार पुनः निर्देशन दिएको छ। लेखाको दोस्रो निर्देशन मन्त्रालयले पालना गर्ने हो भने बिहीवारसम्ममा एन्फा अध्यक्ष थापासहित प्रथम उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजंग शाही निलम्बनमा पर्नेछन्।

थापाले भनेजस्तै एएफसी र फिफाले त्यसलाई नसहे उनीहरू निलम्बनमा परेको केही घण्टाभित्र नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्नेछ। जसका कारण कात्तिकमा सुरु हुने भनिएको राष्ट्रिय लिगसँगै नेपालका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि धरापमा पर्नेछन्। यही अक्टुबर ३१ मा कतारमा हुने तय भएको फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल पनि प्रभावित हुनेछ।

त्यसो भन्दैमा बेथिति, कुशासन, अपारदर्शिता र भ्रष्टाचारमा आँखा चिम्लिने त? पक्कै होइन। तर, राज्यको जिम्मेवार निकायले कुनै पनि निर्णय लिँदा परिपक्व र विधिसम्मत हुन सक्नुपर्छ। अरूलाई विधिसम्मत नचलेको भनेर कारबाही गर्दा आफैँले विधि मिच्ने कुरा पाच्य हुँदैन। भ्रष्टाचारीलाई हदैसम्मको कारबाही हुनुपर्छ। थापालगायतले भ्रष्टाचार गरेको प्रमाणित भए उनीहरूलाई निलम्बन होइन, बर्खास्त गरेर जेल हाल्न सक्नुपर्छ र उनीहरूले भ्रष्टाचार गरेको रकम असुल उपर गर्नुपर्छ। लेखाले नै भनेअनुसार दुई महिनाभित्र सबै छानबिन पूरा गर्नुपर्छ। त्यसका लागि अब डेढ महिना पनि बाँकी छैन। त्यो अवधिमा छानबिन पूरा गरेर दोषी भए कारबाही गर्ने, निर्दोष भए ‘क्लिन चिट' दिनुपर्छ। कम्तीमा राज्यले कुनै व्यक्ति वा संस्थामाथि इवी साँधेर निर्णय गर्नेभन्दा सही निर्णय गर्नुपर्छ।

लेखा समितिले एन्फाका हकमा गरेका निर्णयमा धेरै अपरिपक्वता देखिन्छ। अख्तियारले यसअघि नै छानबिन सुरु गरिसकेको अवस्थामा छानबिन गर भन्नुको अर्थ रहन्न। यसैगरी ५८ करोडभन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको भने पनि समितिले आफ्नै निर्णयको विवरणमा त्यो रकम कारोबार भएको अनुमानमात्र लगाएको छ। प्रारम्भिक निर्णयमा निलम्बन गर्नू भने पनि कस–कसलाई भन्ने खुलाएको छैन। जसका कारण समितिले भावनामा आएरमात्र निर्णय गरेजस्तो देखिन्छ। यस्तो अपरिपक्व निर्णयले एन्फामा अनियमितता भएको भए पनि दोषीलाई कारबाहीको सट्टा उम्कन बाटो सजिलो बनाउँछ।

लेखा समितिले सरकारलाई निर्देशन दिने क्रममा एन्फामा भ्रष्टाचार भएको ठहर गरिसकेको छ। समितिले भ्रष्टाचार ठहर गरिसकेपछि थप छानबिन गर भन्नु आफ्नै निर्णय आफैँले नपत्याउनुजस्तो हो। भ्रष्टाचार भएकोमा आफूलाई विश्वास भए समितिले सोझै कारबाही सिफारिस गर्नुपर्छ। थप छानबिनका लागि अन्यत्र निर्देशन दिँदा त्यसमा भ्रष्टाचार साबित नभए समितिको कार्यशैली, परिपक्वता र नियतमा प्रश्न उठाउने थुप्रै ठाउँ मिल्नेछ।

थापालगायतको टोलीले एन्फा नेतृत्व गरेको दुई दशक नाघिसक्यो। २० वर्षभन्दा बढी नेपाली फुटबलमा राज गरेकालाई दोषी नै भए पनि थप दुई महिना त्यहाँ बस्न दिएर केही हुने होइन वा डेढ महिनाका लागि कसैले कार्यवाहक आएर पनि गर्ने केही होइन। डेढ महिनामा छानबिन पूरा हुँदा थापालगायत दोषी साबित भए स्वतः कारबाहीमा पर्छन्। त्यसपछि नयाँ स्थायी नेतृत्व खोज्न सकिन्छ। उनीहरू निर्दोष साबित भए आफैँ एन्फामा पुनरागमन जनाउँछन्। त्यसैले सबै छानबिन पूरा गरेर अन्तिम निर्णयका साथ कारबाही गर्नु बुद्धिमतापूर्ण निर्णय हुनेछ। बरु छानबिनको त्यो अवधिलाई पनि अझ कम गर्न सकिन्छ। त्यसो भएमा फिफा र एएफसीले प्रतिबन्ध लगाउने जोखिम पनि कम हुन्छ। अझ एन्फा पदाधिकारीले छानबिनमा आफूहरू दोषी ठहरिए आफैँ राजीनामा दिएर कारबाही भोग्न तयार हुने बताउँदै आएका छन्। पदाधिकारी स्वयंले नैतिकताका आधारमा राजीनामा दिए फिफाले कारबाही गर्ने सम्भावना रहन्न।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस