उद्दण्ड पारस, निर्धा पारस
०१ कार्तिक २०७१
•
२० मिनेट पाठ
उद्दण्ड पारस, निर्धा पारस
सिकुटे ज्यान, शुष्क मुहार, जिङ्ग्रिङ्ग कपाल, हातमा हतकडी अनि ओठमा शिथिल मुस्कान!

लागुऔषधसहित पक्राउ परेको भन्दै थाइल्यान्डको खाई न्युज डट कमले सार्वजनिक गरेको तस्बिर नेपालका पूर्वयुवराज पारस शाहकै हो त?
कुनै जोगीको अखडामा लट्ठिएको गँजडीभन्दा फरक अवस्था थिएन उनको। पहिलो पटक तस्बिर देख्दा झट्ट पत्याइहाल्ने अवस्था थिएन। केही समयअघि थाइल्यान्डको विहारको विचरण गरिरहेको उनको तस्बिर सामाजिक सञ्जालमा आउँदा उनको शरीरको वजन घटेको देखिए पनि मुहारको चमक हराएको थिएन।

उनका केही शुभचिन्तकले तस्बिरमा भएका व्यक्ति पारस हुनै नसक्ने 'उनी त सुरज गञ्ज हुन्' भन्दै समाचारसमेत सम्प्रेषित गरे। तर, उनका शुभचिन्तकका सबै प्रयास मन बहलाउने साधनमात्रै भएको पुष्टि भयो। उनीहरूको प्रयासले कोकिन, आइस्ड ड्रग्स अनि गाँजा बोकेर हिँड्दा थाई प्रहरीको हिरासतमा पुगेका व्यक्तिको पहिचान फेरिएन। लागुऔषध ओसारपसारको अभियोगमा अनुसन्धानका लागि थाई प्रहरीले १२ दिन थुनामा राख्ने अनुमति पाएको व्यक्ति पारस नै थिए।

नेपालमा गणतन्त्रको उदयसँगै थाइल्यान्डमा बसाइँ सरेका पारस पक्राउ परेको यो पहिलो चोटि थिएन। सर्वसाधारणलाई सडकमा किचेर मार्दा होस् या डिस्कोमा गोली चलाउँदा होस्, यता नेपालमा सधैँ कारबाहीबाट उन्मुक्ति पाउँदै आएका उनी उता थाइल्यान्डको बसाइमा यस्तै गरी पक्राउ परेकै संख्या चार पुग्यो।

लागुऔषधको लतले हृदयाघात भएर कालको मुखमा पुगे पनि जोगिएका उनी केही समय उतैको सुधारगृहमा समेत नबसेका हैनन्। आफ्नो जीवन सुधार्ने सबै प्रयासलाई असफल बनाउँदै उनी पुनः चौथो पटक पक्राउ परे।

पहिलो पटक पक्राउ परेका उनलाई थाइल्यान्डको अदालतले सुधारगृहमा बस्न आदेश दिएपछि उनी थाइल्यान्डको च्याङमाई सुधार केन्द्रमा उपचारका लागि पुगेका थिए। उनी सुधारगृहमा उपचार सकाएर सामान्य जीवनमा नफर्किएका पनि हैनन्। तर, लागुऔषधको लतले उनलाई सामान्य हुन दिएन।

पक्राउको शृंखला

गणतान्त्रिक नेपालको घोषणापछि निर्मल निवासमा बस्दै आएका पारस २०६७ साल भदौ ११ गते चुल्ठो हल्लाउँदै कालो कोट र कालै चस्मामा बाईबाई गर्दै त्रिभुवन विमानस्थलबाट नेपाल छाडेर सिंगापुर गएका थिए।

केही समय सिंगापुरमा बिताएका उनी नेपाल फर्कनुको साटो थाइल्यान्डतिर लागे। नेपालको तत्कालीन राजपरिवारसँग राम्रै सम्बन्ध रहेको थाई राजतन्त्रात्मक मुलुक भएकाले उनी सिंगापुरको साटो थाइल्यान्ड सरेको धेरैको अनुमान थियो।

उनी जब पहिलो पटक थाइल्यान्डको फुकेटमा गाँजासहित पक्राउ परे, बल्ल थाइल्यान्डमा पारसको बसाइको हैसियत सार्वजनिक भयो। २०६९ कात्तिक ७ मा फुकेटको एक होटलमा पुरुÈ र महिलाबीच झगडा चर्किएपछि होटल व्यवस्थापनले प्रहरी डाकेको थियो। झगडा भएको कोठामा प्रहरीले खोजतलाश गर्दा

उनको कोठामा ३.४ ग्राम गा"जा भेटिएपछि उनी पक्राउ परे।

गाँजा फेला परेपछि केही दिन प्रहरी हिरासतमा बिताएका उनी १० हजार भाटमा रिहा त भए तर अदालतले उनलाई सुधारगृहमा जान निर्देशन दियो। अदालतको निर्देशनअनुसार उनी केही महिना सुधारगृहमा बसेका थिए। उनको पासपोर्ट फुकेट कोर्टले राखेको थियो।

त्यसको दुई महिनापछि नै उनी पुनः होटल तोडफोड गरेको आरोपमा समातिए। सुखम्भितमा आफैँ बसेको होटलको कोठा तोडफोड गरेको आरोपमा समातिएका उनले होटल सञ्चालकलाई क्षतिपूर्ति तिरेर मुक्त भएका थिए।

यत्तिकैमा उनको पक्राउ क्रम रोकिएन। तेस्रो पटक उनी ११.७ ग्राम गा"जासहित बैंककको होटल डेभिसबाट पक्राउ परे। थाइल्यान्डमा गाँजा खानु अपराध भए पनि कडा कानुन भने छैन। गाँजाको कारोबार गरेको पुष्टि भएमात्र कारागारयात्रा हुन सक्छ। तेस्रो पटक गाँजासहित समातिएका उनको साथबाट बरामद भएको गाँजा उनले व्यक्तिगत प्रयोजनमा बोकेको खुलेपछि उनी ६५ हजार भाट धरौटी बुझाएर मुक्त भए। तर, सो मुद्दा अझै किनार लागेको छैन।

गत मंसिर २२ मा हृदयाघात भएर कोमामा पुगेका पारस करिब एक महिनाको प्रयासपछि ब्युँतेका थिए। दोस्रो जीवन पाएसँगै थाई युवती कन्निका चाइसानसँग बस्ने गरेका पारसले लागुऔषध त के चुरोटसम्म छाडेका समाचार छापिए। तर, ती सबै सन्देश उनका शुभचिन्तकले उनको छवि सुधार्न गरेका असफल ढाकछोपमात्र थिए।

दोस्रो मुद्दा किनार नलाग्दै पारस पुनः चौथो पटक पक्राउ परे, नोङ खाई प्रान्तमा। जानकारहरूका अनुसार उनी आफ्नी थाई प्रेमिका कन्निकालाई भेटेर फर्किने क्रममा पक्राउ परेका हुन्। पक्राउ परेको स्थल उनको प्रेमिकाको घरनजिकै छ।

यसअघिका पक्राउलाई थाई प्रहरीले गुपचुपै राख्ने प्रयास गर्दै आए पनि चौथो पक्राउमा भने यस्तो मौनता कायम रहेन। थाई प्रहरीले पारसलाई यसपालि पूर्ण आपराधिक गतिविधिमा संलग्न व्यक्तिझैँ व्यवहार गर्दै पक्राउ गरेको स्थानमै हातमा हतकडी लगाएर तस्बिर खिँचायो। प्रहरी कार्यालयमा ल्याएर पत्रकार सम्मेलनमार्फत पारसको अवस्था सार्वजनिक गर्योस।

पक्राउ र सार्वजनिक गर्ने शैलीमात्रै हैन, पारसको चौथो पक्राउमा बरामद लागुऔषधको परिमाण र प्रकारसमेत फरक थियो। यस अगाडिको पक्राउमा पारस गाँजासहित पक्राउ पर्ने गरेकोमा चौथो पक्राउमा उनको साथमा कोकिन र एमफेथामाइन (आइस्ड ड्रग्स) फेला परेको थाई प्रहरीले सार्वजनिक गर्योउ।

उम्किएलान् पारस?

लागुऔषधविरुद्ध कार्यान्वयनमा रहेको थाई कानुनमा गाँजा सेवनलाई कडाइका साथ नलिए पनि कोकिन र आइस्ड ड्रग्सविरुद्धका दफा भने कडा छन्। थाइल्यान्डमा प्राकृतिक र कृत्रिम लागुऔषध नियन्त्रणका लागि छुट्टाछुट्टै 'नार्कोटिक्स एक्ट' र 'साइकोट्रोपिक सब्सटेन्स एक्ट' सक्रिय छन्। जसमा हिरोइन, अफिम, कोकिनमा आजीवन कारावास र मृत्युदण्डसम्म सजाय हुन सक्छ।

कृत्रिम लागुऔषधको किनबेच, खरिद र प्रयोग नियन्त्रणका लागि त्यहाँ थप कडा प्रावधान छ। पारसको साथबाट फेला परेको एमफेथामाइन वर्गको आइस्ड ड्रग्स कृत्रिम लागुऔषध हो, जो पार्टी ड्रग्सको नामले समेत परिचित छ।

पटक–पटक एकै अभियोगमा पक्राउ पर्ने अभियुक्तमाथि कानुनी कारबाहीको प्रक्रिया कठोर हुन्छ नै। त्यसमा पनि कडा कारबाहीको वर्गमा रहेका लागुऔषधसमेत बरामद भएकाले पारस यस अगाडिझँै सहजै धरौटीमा उम्किने सम्भावना न्यून देखिन्छ। उनलाई अदालतले अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न अनुमति दिनुले समेत अदालतले उनको केसलाई गम्भीरतापूर्वक लिएको देखिन्छ।

विवादको शृंखला

सन् १९७१ डिसेम्बर ३१ मा जन्मिएका पारस र विवादको सम्बन्ध थाइल्यान्डमा पुगेरमात्रै सुरु भएको हैन। नेपालमै शाहजादाको हैसियतमा हुँदा होस् या युवराज हुँदै पूर्वयुवराजको हैसियतमा पुग्दा होस्, विवाद र पारसको पटक–पटक पुर्नमिलन भइ नै रह्यो।

शाहजादाको हैसियतमै हुँदा फाट्टफुट्ट उनका चर्तिकला सर्वसाधारणमाझ आइपुग्थ्यो नै। तर, ती चर्चा किस्सामा सीमित थिए।

विसंं. २०५७ साउनपछि उनको चर्तिकला किस्सामा मात्रै समेटिएन। २०५७ साउन २२ गते गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गायक प्रवीण गुरुङ मारिए। होटल याक एन्ड यतिबाट निस्किएको गाडीले नारायणहिटीको उत्तरी गेटअगाडि गुरुङको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिने गाडी महेन्द्र प्रकृति संरक्षण कोषको नाममा थियो। पारसका बाबु ज्ञानेन्द्र शाह कोषका संरक्षक थिए। गाडी त्यहा"बाट बत्तिँदै गएर महाराजगञ्जस्थित निर्मल निवासमा छिरेको थियो।

प्रारम्भमा सवारी दुर्घटना बनाउने प्रयास भए पनि पछि ठक्कर दिने चालक पारस भएको भन्दै विरोध प्रर्दशन सुरु भयो। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्कालीन शाहजादा पारसलाई कारबाहीको माग गर्दै दरबारमा हस्ताक्षर नै बुझाएको थियो। त्यसको नेतृत्व गरेका थिए, रवीन्द्र अधिकारी अनि रूपनारायण श्रेष्ठले।

गुरुङ प्रकरणले दरबारका नातेदारको विषयले पहिलो पटक संसद्मा प्रवेश पायो। संसद्ले घटनाको निन्दा गर्दै पारसमाथि कारबाहीको माग गरेपछि तत्कालीन गृहमन्त्री गोविन्दराज जोशी पारसलाई कारबाही गर्ने वचन दिन बाध्य भए। एकाएक गायक गुरुङलाई ठक्कर दिने गाडीको चालकका रूपमा खड्गबहादुर भुजेल सार्वजनिक भएपछि घटना त्यत्तिकै सेलायो। पारस जोगिए।

प्रवीण गुरुङलाई ठक्कर दिने गाडीका चालक भुजेल थिएनन्, पारसै थिए भन्नेमा बेला बलियो शंका थियो। दरबारकै तत्कालीन कर्मचारीले १० वर्षपछि भए पनि सो शंकाको पुष्टि गरिदिए। राजदरबारका तत्कालीन सैनिक सचिव विवेक शाहले 'मैले देखेको दरबार' पुस्तकमार्फत गायक गुरुङको हत्या पारसले नै गरेको र नक्कली चालक बनाएर पारसलाई जोगाएको उल्लेख गरेका छन्।

२०५८ मा नारायणहिटीमा भएको दरबार हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्रसँगै उनीसमेत संशयमा तानिइरहे। हत्याकाण्डमा वीरेन्द्र शाहको वंश विनाश भएकाले ज्ञानेन्द्रले राजा हुने मौका पाए भने पारसले युवराज।

युवराज भएपछि पनि उनका उट्पट्याङ क्रियाकलाप रोकिएनन्। रक्सीको नशामा धूत पारसलाई लिन हिमानी शाह गएपछि रिसाएका उनले एभरेस्ट होटलभित्रै गोली चलाएर पुनः विवादमा आए। तर, घटना गुपचुपै रह्यो।

यत्तिमै रोकिएन, हिमानी–पारस लफडा। पारसले निर्मल निवासमा हिमानीलाई गोली हानेर घाइते बनाएको हल्ला डढेलोझँै सल्कियो। दुवैबीचको झगडाको क्रममा निर्मल निवासमा यो अप्रिय घटना भएको चर्चा चुलिएपछि हिमानी र पारस सार्वजनिक स्थानमा निस्कन बाध्य भएका थिए। हिमानी घाइते भएको चर्चा झुटो हो भन्ने पुष्टिका लागि पारस हिमानीलाई लिएर वसन्तपुर घुम्न आएका थिए भने नेपाल टेलिभिजन, एभिन्युजलगायत सञ्चारमाध्यमले त्यसको प्रत्यक्ष प्रसारण गरेका थिए।

राजतन्त्रको अन्त्यसँगै युवराजबाट पारसको हैसियत पनि पूर्वयुवराज भयो। केही समय उनी शान्तै बसे। तर, उनको शान्तिकाल लामो समय टिकेन।

डाङडुङमा नाम मुछिँदै आएका पारसको नाम जाली भारतीय रुपैयाँको कारोबारमा समेत मुछियो। २०६६ भदौमा भारत मध्यप्रदेशबाट नक्कली भारतीय रुपैयाँसहित नेपाली नागरिक अतिक मोहम्मद र भारतीय राजेश गुप्ता पक्राउ परे। लगत्तै बिक्की मनिहारको पक्राउपछि भारतीय मिडियाले पक्राउ परेकाहरूले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै कारोबारमा युनुस अन्सारी र पूर्वयुवराज पारस शाहको समेत नाम जोडेका थिए।

जाली भारुको कारोबारमा भारतीय मिडियाले बोलेपछि उनले विज्ञप्ति निकालेर सफाइ दिनुपरेको थियो। युनुस जाली भारुको कारोबारको क्रममा पक्राउ परेर जेलमा छन्। तर, पारसमाथिको सो आरोप, आरोपभन्दा माथि उठेन।

पारसकी बहिनी प्रेरणा शाह र राजबहादुर सिंहबीच विवाह भए पनि सम्बन्ध सुमधुर थिएन। बहिनीज्वाइँ सिंह बाहिर रासलीला गर्दै हिँड्ने र बहिनीलाई वास्ता नगर्ने गरेकोमा क्रुद्ध पारसले आखिर रिस थाम्न सकेनन् र बहिनीज्वाइँलाई कुटे।

राजबहादुर सिंह रोयल क्यासिनोको शेयर किनेर मालिक भएका थिए। उनी क्यासिनोमै भएको बेला एकाएक पारस क्यासिनोमा आएर आफ्नै ज्वाइँलाई कुटेका थिए। करिब १५ मिनेट क्यासिनोमा हंगामा मच्याएर उनी बाहिरिएका थिए। घटना सार्वजनिक भएसँगै पारस विवादमा तानिएपछि उनका ज्वाइँ राजबहादुरले विज्ञप्ति निकालेर केही नभएको भन्दै जेठानको बचाउ गरेका थिए।

चितवनको टाइगर टप्स रिसोर्टमा कोइराला परिवारका ज्वाइँ बंगलादेशी नागरिक रुवेल चौधरीसँग उनको लफडा भयो। टाइगर टप्समा दुवैबीच भएको जम्काभेट विवाद हुँदै हवाई फायरसम्म पुग्यो। आफ्नो ज्वाइँलाई ताकेर गोली हानेको भन्दै तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले कारबाहीको माग गरेपछि सरकार अन्य घटनामाझँै मौन बस्न सकेन।

२०६७ फागुन २८ गते पोखराको फूलबारी होटलमा प्रहरीले पारसलाई नियन्त्रणमा लियो। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा सार्वजनिक अपराधको मुद्दा नै चल्यो। कानुनी प्रक्रियाबीच चितवनका सीडीओले पारसलाई अब यस्तो नगर्ने चेतावनी दिँदै छाडे।

मिसन नेपाल

पारस थाइल्यान्डमै असुरक्षित रहेको दाबी सार्वजनिक नभएका हैनन्। उनको नाममा थाइल्यान्डमा रहेको नेपाली दूतावासमा निवेदनसमेत परेको थियो। तर, को बाट किन पारस असुरक्षित थिए? त्यो कसैले खुलाउन सकेनन्। अहिले पनि उनका शुभचिन्तकहरू उनी थाइल्यान्डमा असुरक्षित रहेको दाबी गरिरहन्छन्।

हृदयाघातको सफल उपचारसँगै पारस नेपाल फर्कने चर्चा सुरु भएको थियो। तर, उनी फर्किएनन्। चार वर्Èको भिसाअवधि सकिएलगत्तै उनी नेपाल फर्कने पुनः चर्चा भयो। तर, गत साउन २१ मा भिसा थप गरेर उतै बसे। चौथो पटक पक्राउपछि फेरि उनलाई नेपाल ल्याउने चर्चा सुरु भएको छ। यसका लागि नेपालबाट पूर्वराजपरिवारका सदस्यहरूको एक टोली थाइल्यान्ड जाँदै छ। तर, उनको नेपाल आगमन न उनको इच्छामा अड्किएको छ, न उनको आफन्तको चाहनामा। अदालतबाट मुद्दा अन्तिम किनारा नलाएसम्म उनको 'मिसन नेपाल' असम्भव छ।



अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस