काठमाडौं- पहिलोपल्ट नेपाली पारा तेक्वान्दो खेलाडी आइसा विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने भएका छन्। फरक क्षमताका खेलाडीलक्षित उक्त च्याम्पियनसिपमा पारा तेक्वान्दो खेलाडी यादव कुँवर र रामबहादुर तामाङले प्रतिस्पर्धा गर्नेछन्।
दक्षिण कोरियाको सोलमा हुने च्याम्पियनसिपलाई दुई खेलाडीसहित प्रशिक्षक मोहनकुमार कार्की सोमबार त्यसतर्फ जाँदैछन्। यादव कोरियामै छन्। आइतबार नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा र राखेप सदस्य सुरेन्द्र हमालले बिदाइ गरे।
नोभेम्बर ४ देखि ८ सम्म चल्ने च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई कोरियामा प्रशिक्षण गराएपछि प्रतिस्पर्धा हुने नेपाल पारा तेक्वान्दो एसोसिएसनका अध्यक्ष जनार्जन ढंुगेलले बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले च्याम्पियनसिप सकिएपछि दुई खेलाडीले कोरियामा केही साता पारा तेक्वान्दोको प्रशिक्षण लिने बताए। उनले भने, 'पारा तेक्वान्दो खेलाडीका लागि च्याम्पियनसिप खेल्न पाउनु राम्रो अवसर हो। च्याम्पियनसिप सकिएलगत्तै हामीले कोरियामै उनीहरूले प्रशिक्षण गर्ने व्यवस्था मिलाएका छौं। त्यसले भविष्यमा पारा तेक्वान्दो खेलाडीले राम्रो नतिजा निकाल्न सक्छन्।'
च्याम्पियनसिपमा सहभागी हुन लागेको यादवले सन् २०१३ मा स्विटरल्यान्डमा सम्पनन चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक र २०१४ मा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका थिए।