काठमाडौं- सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ ट्रफी–२०७१ खेलकुद सुरु सोमबार भएको छ। कात्तिक २८ सम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, कराते र तेक्वान्दो खेल समावेश छन्। सबैको प्रतिस्पर्धा हल्चोकमै हुनेछ।
प्रतियोगितामा प्रधान कार्यालयसहित महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी टिम गरी ७ टोलीले भाग लिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्घाटन खेलमा एथलेटिक्सतर्फ महिला ८०० मिटर दौडमा प्रधान कार्यालयका सानुका थापा विजेता बनिन्। तारादेवी नेपाली द्वितीय र महानगरीय कार्यालयका रञ्जना राई तृतीय भए।
सोही दूरीको पुरुषतर्फ वैद्यनाथ बाहिनीका डम्मरसिंह साउद च्याम्पियन भए। मुक्तिनाथका किरणसिंह बोगटी दोस्रा र प्रधान कार्यालयका रजिन श्रेष्ठ तेस्रा भएका छन्।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको सोमबारै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले उद्घाटन गरे। आयोजक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले प्रतियोगिताबारे जानकारी गराए।