पोखरा— डकैंती अभियोगमा ६ वर्ष पाल्पा जेल बसेर असोज १९ गते छुटेका सुनसरी डुम्राहाका महिननारायण चौधरीलाई चोरीका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले फेरि पक्राउ गरेको छ । चौधरीलाई पक्रिएलगत्तै उनको समूहका अन्य तीनजना पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पोखरा–१४, चाउथेका तुलसीराम शर्माको घर डकैंती गरेको अभियोगमा चौधरी कारागार चलान भएका थिए।जेलबाट छुटेलगत्तै असोज ३० गते पोखरा– १२ का सुलबहादुर गुरुङको घरमा भएको १७ लाख चोरी र कात्तिक १ गते पोखरा– १० की कलावती पुनको घरमा भएको ३ लाख २७ हजारभन्दा बढी चोरीको घटनामा चौधरी संलग्न रहेको प्रहरीले जनाएको छ।
चोरीका घटना बढेपछि त्यस्तै अभियोगमा जेल सजाय काटेका व्यक्तिमाथि निगरानी बढाउने क्रममा उनीहरु पक्राउ परेको एसपी वसन्त लामाले बताए । पहिला आफूले जानेबुझेको र चोरीचकारी गरेको ठाउँ पोखरामै चौधरीसहित व्यक्तिले फेरि कुनै अपराध गर्लान् कि भन्ने शंका प्रहरीलाई पहिल्यै थियो । 'त्यसैले जेलबाट छुटेदेखि नै निगरानी गरिरहेका थियौं,' एसपी लामाले भने, 'जेलबाट फोटो लिएर धेरैमाथि निगरानी गर्नेक्रममा चौधरी समातिए।' जेलबाट निस्कनेहरु नै फेरि अपराधमा संलग्न देखिने प्रवृत्ति बढेकाले त्यस्ताको निगरानी गर्दै आएको जानकारी उनले दिए।
पोखराका सुन व्यापारीलाई लुट्ने योजना बनाएर बुटवल हुँदै पोखरा आइरहेका बेला स्याङ्जा र कास्कीको सीमा कुभिन्डेमा चौधरीलाई इन्सपेक्टर देवी पौडेलको टोलीले समातेको हो । बसभित्रै गएर यात्रुको निगरानी गर्दा चौधरी प्रहरी फन्दामा परेका हुन् ।
महिननारायणले ठूलै लुटपाटको योजना बनाएको थाहा पाएपछि प्रहरीले उनको समूहबारे पनि पत्तो लगाएको हो । त्यसपछि योजना बनाउने टोलीका अरु सदस्य ज्ञानु चौधरी, बिटु सिंह र ज्ञानबहादुर गुरुङ पनि पक्राउ परे, हतियार र अरु औजार पनि फेला प¥यो । पक्राउ परेकासबै केही समयअघिमात्रै जेलबाट छुटेका थिए । 'सबै मिलेर ठूलो डकैती गर्ने योजना बनाएका रहेछन्,' एसपी लामाले भने, 'आवश्यक परे गोली पनि ठोक्ने भनेर पेस्तोलको बन्दोबस्त भएको रहेछ ।'
लामाका अनुसार भारत मोतीहारीका बिटु सिंहले भारत पुगेर पेस्तोल र बेहोस बनाउने औषधि ल्याएका थिए । सिंह ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा ४ वर्ष जेल महिननारायणसँगै पाल्पा कारागार बसेका थिए । पर्वत बाजुङका ज्ञानबहादुर गुरुङ पनि तिनै व्यक्ति हुन्, जो पाल्पा कारागारमै थिए र सिंह एवं महिननारायणसँगै असोज १९ गते छुटेका हुन् । गुरुङ २०६५ सालमा विभिन्न चोरीमा संलग्न थिए । त्यही कसुरमा ५ वर्ष जेल परेका उनले चौधरी र सिंहसँग मिलेर छुटेलगत्तै फेरि पोखरामा चोरी गरेका थिए । महिननारायण पक्राउ परेपछि उनकै सहायताले अरु पनि समातिएका हुन् । 'सबैजना जेलमा भएकै बेला बाहिर निस्केर फेरि लुटपाट गर्ने योजना बनाएको खुल्यो,' एसपी लामाले भने ।