शव ल्याउन महाभारत
०४ मंसिर २०७१
•
९ मिनेट पाठ
शव ल्याउन महाभारत
स्वदेशमा रोजगारी नपाएपछि विदेशिन बाध्य नेपाली कामदारको विदेशी भूमिमा मृत्यु हुँदा पनि शव नेपालसम्म आउन सकेको छैन।
धन कमाउने सपना बोकेर विदेशिएका नेपाली कामदारले विदेशमा पाउने दुःख र समस्या एकातिर छ भने अल्पायुमा नै मृत्यु भइरहेका घटना पनि बढिरहेका छन्। विभिन्न कारणले विदेशमा मृत्यु भएको नेपाली कामदारको शव नेपाल नआउँदा आफन्त झन् भावविह्वल अवस्थामा रहेका छन्। वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेका ४४ जना नेपालीको शव अलपत्र अवस्थामा रहेको भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले चासोसमेत व्यक्त गरेको छ। त्यस्तै अख्तियार दुरुपयोग आयोगले पनि विदेशमा अलपत्र परेका कामदार र शवलाई नेपाल ल्याउन पहल गर्ने श्रम मन्त्रालय र मातहतका विभागलाई निर्देशन दिँदै आइरहेको छ।

समितिका अनुसार साउदी अरबमा २१, कतारमा १२, मलेसियामा ६, कुवेतमा चार र दुबईमा एक गरी ४४ शव अलपत्र अवस्थामा रहेका छन्। आर्थिक अभाव र कानुनी जटिलताका कारण मृतकको शव नेपाल ल्याउन समस्या भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

समितिले विदेशमा अलपत्र अवस्थामा रहेका शव नेपाल झिकाउन ढिलाइ भएको भन्दै श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई लिखित जबाफको मागसमेत गरेको छ। समितिलाई जबाफ दिँदै मन्त्री गुरुङले सम्बन्धित देशको कानुनी जटिलता, मृतकको पहिचान हुन नसक्नु र नेपालमा आफन्तका विषयमा जानकारी नहुँदा विदेशबाट शव ल्याउन कठिनाइ भएको जानकारी गराएका छन्।

समितिले भने कुन कामदारको शव के कारणले ल्याउन ढिलाइ भएको छ, छिटो ल्याउन किन पहल भएको छैन? त्यसको लिखित जबाफ माग गरेको छ। साथै समितिले नेपाली कामदार जाने मुलुकसँग श्रम सम्झौता तत्काल गर्ने समेत निर्देशन दिएको छ।

समितिका सभापति प्रभु साहले शव ल्याउन देखिएको कानुनी जटिलता कूटनीतिक रूपमा फुकाउनुपर्ने बताए। साथै विभिन्न मुलुकको दूतावासमा कर्मचारी अभाव रहेकोले कर्मचारी दरबन्दी मिलाउन पनि निर्देशन दिए। अवैधानिक रूपमा गएका कामदारको शव ल्याउन तत्काल व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।

राज्यमन्त्री गुरुङले गत आर्थिक वर्षमा विभिन्न मुलुकमा विभिन्न कारणले मृत्यु भएका ८ सय ८० जना नेपाली कामदारको शव नेपाल ल्याइएको बताउँदै अहिले पनि दैनिक तीनजना कामदारको शव आइरहेको जानकारी गराए।

नेपालमा पर्याप्त अभिमुखीकरण तालिम नलिने र चेतना नहुँदा दुर्घटना र हृदयाघातबाट मर्नेको संख्या बढिरहेको वैदेशिक रोजगार व्यवसायी बताउ"छन्। वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम प्रभावकारी नहुँदा विदेशमा मर्ने कामदार संख्या बढेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले बताउँछन्। 'प्रभावकारी रूपमा तालिम दिएको पाइँदैन। प्रमाणपत्रका लागि मात्र तालिम दिएपछि विदेशमा कामदारले दुःख पाउँछन्,' उनले भने।

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शंकरदास वैरागीले कामदारको मृत्यु भएको स्थान र दूतावास रहेको स्थान टाढा भएकाले पनि शव ल्याउन कठिनाइ भएको बताए। 'सम्बिन्धित मुलुकको कानुनी प्रक्रिया जटिल हुने हुनाले पनि ढिलाइ भएको छ,' उनले भने।

विदेशमा अलपत्र अवैधानिक कामदार र अलपत्र शवलाई नेपाल ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कार्तिक १६ गते श्रम तथा रोजगार मन्त्रालयलाई पत्राचार गरेको थियो। अख्तियारले पनि चासो राखेपछि मन्त्रालयले प्रवद्र्धन बोर्डमार्फत केही मुलुकका लागि उद्धार गर्नेका लागि रकम निकासासमेत गरेको छ।

अलपत्र कामदारको उद्धार तथा मृतक कामदारको शव ल्याउनका लागि साउदी अरबका लागि १५ लाख, कतारका लागि १५ लाख, मलेसियाका लागि २० लाख, कुवेतका लागि ५ लाख र यूएईका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ। सम्बिन्धित देशका राजदूतावासमा रकम पठाइसकेपछि उद्धार कार्य सुरु हुने बोर्डले जनाएको छ।

त्यस्तै सुरक्षित गृह सञ्चालनका लागि नेपाली राजदूतावास कतारका लागि ५ लाख र साउदी अरबका लागि ५ लाख रुपैयाँ समेत छुट्याइएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक विदेशिएका केही नेपाली युवा विविध कारणले विदेशी कारागारमा परेका छन्। कतिपयले म्यानपावर कम्पनीले दिएको आश्वासन र शर्तबमोजिम काम नपाइरहेको अवस्था छ भने कतिपय व्यक्ति कानुनबमोजिम नेपाल फर्कन चाहन्छन्। तर, आर्थिक अभावका कारण फर्कन नसकेको भन्ने उजुरी एवं विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। रोजगारीको सिलसिलामा मलेसिया, कतार, साउदी अरबलगायत देशमा गएका नेपाली युवाको समस्यालाई दृष्टिगत गर्दै श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जम्मा भएको रकम परिचालन गरी नेपाली कामदारको समस्या समाधान गरी नेपाल फर्काउन तथा मृतकको शव नेपाल ल्याउने व्यवस्था गर्न आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो।

गत आर्थिक वर्षमा आठ सय ८० जना नेपालीको विदेशमा मृत्यु भएको थियो। बोर्डले मृत्यु भएका आठ सय ८० जनाका आफन्तलाई आर्थिक सहायता उपलब्धसमेत गराएको थियो। बोर्डले विदेशमा मृत्यु भएका कामदारका आफन्तलाई एक लाख ५० हजार रुपैयाँ सहयोग दिँदै आएकोमा अबदेखि ३ लाख रुपैयाँ दिने भएको छ। त्यस्तै जिल्लासम्म शव पुर्यागउन १० हजार र अंगभंगको प्रकृति हेरेर आर्थिक सहयोग दिँदै आएको छ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विदेशमा ज्यान गुमाउने कामदारका आफन्तलाई सहायतास्वरूप आर्थिक सहयोग दिने गरेको बताए। 'आफन्तलाई थोरै भए पनि राहत मिलोस् भनेर केही रकम दिने गरिएको हो। विदेशमा कामदारको असामयिक मृत्यु घटाउन अन्य प्रभावकारी पहल हुनुपर्छ,' काफ्लेले भने।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस