मलेसियामा नेपाली ठुम्का
०४ मंसिर २०७१
•
१८ मिनेट पाठ
मलेसियामा नेपाली ठुम्का
नेपालका डान्सबारमा नाच्ने युवतीलाई महिनामा २० हजार रुपैयाँ कमाउन धौधौ हुन्छ। यस्तोमा मलेसियामा तीन महिना नाचेर तीनचार लाख रुपैयाँ कमाइन्छ भने उनीहरू त्यता जान लालायित हुने नै भए। पर्यटक र कलाकार भिसामा गएर त्यहाँका नाइट क्लबमा ठुम्का लगाउने नेपाली युवती थुप्रै छन्। र, त्यहाँ उनीहरूको 'डिमान्ड' पनि छ। मलेसिया पुगेका प्रकटकुमार शिशिरले नेपाली चेलीहरूको नृत्यको रापमा तातिएका नाइट क्लबमा जे देखे, जस्ताको तस्तैः


समयः रातको २ बजे।

दृश्यः डान्सबारभित्र बजिरहेको हिन्दी गीतको चर्को आवाज बाहिर सडकसम्म सुनिन्छ। भित्र मधुरो तर रंगीचंगी प्रकाशले माहोललाई भड्किलो र रंगिन बनाएको छ। पालैपालो एक हूल छिर्ने र अर्को हुल निस्कने क्रम जारी छ। हुक्का र ह्विस्की तान्ने पुरुषहरू स्टेजमा एकटक हेरिरहेका छन्। स्टेजमा तीनजना युवती नाचिरहेका छन्। अनि, अन्य तीनजना युवती स्टेजको छेउमै बसिरहेका छन्। नाच्दानाच्दै थाकिसकेपछि नाच्ने बस्छन् र सुस्ताउँछन्। त्यसपछि बसेकाहरू नाच्छन्। नाच्ने बस्ने र बस्ने नाच्ने शृंखला चलिरहन्छ। केही युवतीले ब्लाउज र सारी अनि केहीले लेहंगा र चोली लगाएका छन्। हिन्दी गीतको चड्का ध्वनिमा उनीहरू उत्तेजक भावभंगी प्रस्तुत गरिरहेका छन्।

यो दृश्य मलेसियाको बुकित बिन्ताङमा रहेको बलिउड क्लबको हो। मलेसियाको राजधानी क्वालालम्पुरको सपिङ र मनोरञ्जनको जिल्ला मानिन्छ, बुकित बिन्ताङलाई। यहाँ ठूलठूला सपिङ सेन्टर छन्, क्याफे छन्, बार छन्। र, छन् नाइट क्लब। यस शहरको रात्रि–जीवन अत्यन्तै बिन्दास र उन्मुक्त छ।

नाइट क्लबमा नाचगान, मदिरापान र भीडभाड त हुने नै भयो। तर, बलिउड क्लबमा त्यतिमात्र थिएन। विदेशको ठाउँमा हिन्दी गीतमा नाचिरहेका थिए, नेपाली युवतीहरू।

एउटा 'बिच क्लब'को ठ्याक्कै पारिपट्टि छ, बलिउड क्लब। बिच क्लब, जहाँ मदिराले लट्ठ ग्राहक यौनकर्मी महिलाहरूसँग बार्गेनिङ गरिरहेका हुन्छन्। बलिउड क्लबमा नेपाली युवतीहरू नाच्न थालेको छ वर्षभन्दा बढी भयो।

बलिउड क्लबमात्र होइन, मलेसियामा विभिन्न क्लब र डान्सबारमा नेपाली युवतीको उपस्थिति बाक्लिँदै गएको छ। खासमा भन्ने हो भने उनीहरूको उपस्थिति अनिवार्यजस्तै भइरहेको छ। स्थानीय बासिन्दा र भारतीयहरूले चलाएका बार र नाइट क्लबमा नाच्नकै लागि पुग्ने नेपाली युवती थुप्रै छन्। बुकित बिन्ताङमा मात्र होइन, कलाङ, जोहोरबारु, पेनाङजस्ता स्थानमा नेपाली युवतीहरू तीन महिनाको पर्यटक र कलाकार भिसामा पुगिरहेका छन्। र, नाचिरहेका छन्।

malay2

डान्सबार र क्लबमा नाच्ने युवतीलाई सञ्चालकले नेपाली ग्राहकसँग बोल्न दिँदैनन्। बलिउड क्लबमा नाच्ने चितवनकी एक युवतीले आफ्नो नाम सुषमा थापा बताउँदै पंक्तिकारसँग कुराकानी गर्न खोजिन् तर डान्सबारभित्र रहेका बाउन्सरहरू उनीमाथि खनिए। क्लबमा पुग्ने नेपाली ग्राहकसँग कुराकानी गर्न उनीहरूलाई निषेध गरिएको हुन्छ। डान्सबारमा फोटो र भिडियो खिच्न पनि पाइँदैन।

बाउन्सरहरूलाई छलेर छोटो कुराकानी गर्दै सुषमाले भनिन्, 'नेपालबाट पर्यटक भिसामा आएको हो। नाच्नका लागि भनेर आए पनि यहाँ आएपछि जेलमा बसेजस्तो भएको छ। दिनभरि सुतेर रातभरि नाच्नुपर्छ। पासपोर्ट आउनेबित्तिकै बुझाएको थिएँ। फर्कंदामात्रै दिने रे। बाहिर घुम्न जान पनि पाइँदैन। पिञ्जडाको चरीजस्तो भएकी छु।'

आफूसहित एकैचोटि छजना युवती नेपालबाट आएको उनले बताइन्। 'हामी नेपालको डान्सबारमा नाच्थ्यौँ,' उनले भनिन्, 'डान्सबारमा नाच हेरेपछि हामीलाई मलेसियामा नाच्ने अफर आएको हो। यता नेपालमा भन्दा बढी पैसा दिए पनि धेरै तनाव छ।'

 

के छ त त्यस्तो तनाव ?

'स्टेजमा नाच्दानाच्दै हातपात हुन्छ,' सुषमाले बह पोखिन्, 'कतिपय ग्राहकले त हाकाहाकी सेक्सको अफरसमेत गर्छन्। हामी कलाकार हौँ। नाच्नमात्र आएका हौँ। तर, यहाँ त हामीलाई यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ। पर्यटक भिसामा आएर नाच्दा केही भयो भने गुनासो गर्ने ठाउँ पनि छैन। पैसा भएर के गर्नु ?'

०००

 

स्टाना होटलको डान्सबारमा भेटिएकी थिइन् संगीता। 'अनुचित काममा लगाउन खोज्छन्,' उनको व्यथा पनि उही छ, 'धेरैपटक प्रतिवादसमेत गरेँ। यहाँ आएको एक महिना भयो। अब दुई महिना कसरी बिताउने भन्ने लागिरहेको छ।' नेपालमा नै एड्भान्स बुझेर आएकाले शर्तअनुसार तीन महिना बस्नुपर्ने बाध्यता छ उनको। 'तीन महिनामा चार लाख रुपैयाँभन्दा बढी कमाइ हुन्छ भनेर आइयो,' संगीताले भनिन्, 'यही कमाइमा आकर्षित भइयो। तर, यहाँको व्यवहारले आजित भएकी छु।'

नाच्ने कलाकारले टिप्स पनि पाउँछन्। क्लब र बारले नक्कली पैसाको बिटो बनाएर राख्छ। त्यसलाई नगद तिरेर किनेपछि नाच्ने कलाकारहरूको अगाडि गएर नक्कली पैसा छर्ने गरिन्छ। यसरी आएको पैसाबाट क्लब र बारले कलाकारलाई कमिसन दिन्छ।

 

सेटिङले पुग्छन् मलेसिया

मलेसियाको डान्सबार र क्लबमा नेपाली युवतीहरूको माग दिन प्रतिदिन बढिरहेको छ। नेपाली म्यानपावर कम्पनीका मालिक, एजेन्ट र मलेसियाका एजेन्टका साथै अन्य देशका ग्राहकको बाक्लिँदो उपस्थितिले ठाउँ–ठाउँमा खुलेका क्लब र बारमा नेपाली युवती पुगिरहेका छन्। मलेसियामा घरेलु कामदारमा महिला कामदार जान पाइँदैन। त्यसैले कलाकार र पर्यटक भिसामा नेपाली युवती मलेसिया पुग्छन्। नेपाली युवतीलाई एजेन्टकै गिरोहले सेटिङमार्फत मलेसिया पुर्‍याउँछ।

काठमाडौँ र मलेसियाको एजेन्टको मिलेमतोमा तीन महिनाको पर्यटक भिसामा धेरै युवती मलेसिया पुगेका छन्। नेपालको डान्सबारमा पुगेर एजेन्टले युवतीहरूलाई अफर राख्ने गर्छन्। 'म ठमेलको डान्सबारमा नाच्ने गर्थें,' संगीताले भनिन्, 'एक दिन मलेसियाको डान्सबारमा नाच्ने प्रस्ताव आयो। पर्यटक भिसामा जाने र तीन महिनामात्र नाच्ने भनेपछि आएकी हुँ। काठमाडौँमा एक महिला र दुई पुरुषको एउटा समूह छ। उनीहरूले नै कलाकार खोज्ने र पठाउने गरेका छन्।'

कलाकार छान्न मलेसियाबाट नै क्लब र बारका सञ्चालक नेपालसम्म आउने गरेका छन्। कतिपय अवस्थामा नेपालबाट कलाकारको व्यक्तिगत विवरण र फोटो पठाएर पनि छनोट गरिन्छ। डान्स हेर्ने र कलाकारसँग बार्गेनिङ गर्ने काम हुन्छ। सुषमा भन्छिन्, 'कलाकारको नाच हेरेपछि जाने पक्का हुने भयो भने पासपोर्ट बनाउने, कागजपत्र बनाउने र भिसादेखि टिकटसम्मको व्यवस्था उनीहरूले नै गरिदिन्छन्। त्यसपछि एकजना महिलाको साथमा घुम्नका लागि भनेर मलेसिया ल्याइन्छ।'

नेपालको डान्सबारले मलेसियाको डान्सबारका सञ्चालकबाट कमिसन लिन्छन्। त्यसैले पठाउन सहमति दिन्छन्। 'तीन महिनाको भिसा सकिएपछि पुनः त्यही डान्सबार फर्कने सहमति हुन्छ,' सुषमाले भनिन्, 'नेपालमा एक लाखदेखि डेढ लाखसम्म एड्भान्स दिन्छन्। पैसा लिएपछि डान्सरमाथि झन् दबाब पर्छ।'

कलाकार भिसामा विदेश जाँदा कलाकार प्रोफाइल हेर्ने र कागजपत्र धेरै खोज्ने हुनाले गिरोहहरूले पर्यटक भिसामा नाच्ने युवतीलाई विदेश लैजान्छन्। अहिले झन् मलेसिया र खाडी मुलुक जाने पर्यटक भिसालाई अवरोध गर्न गृह मन्त्रालयकै निर्देशन भएपछि पर्यटक भिसामा नै युवतीलाई मलेसिया पठाउने गरिएको छ।

मलेसियामा अहिले यसरी पुगेका महिलाको संख्या तीन सयजति भएको बलिउड क्लबमा कार्यरत नेपाली वेटर गोविन्द पौडेलले बताए। 'नेपालमा मासिक २० हजार कमाउनेले यहाँ मासिक एक लाखदेखि डेढलाखसम्म पाउँछन्,' उनले भने, 'त्यसैले केटीहरू आफैँ आउन पनि तम्तयार हुन्छन्।'

 

निर्बाध बाहिरिन्छन् युवती

विदेशमा काम गर्न जानका निम्ति वैदेशिक रोजगार विभागबाट श्रम अनुमति अनिवार्य रूपमा लिनुपर्ने हुन्छ। तर, विदेशी डान्सबार र क्लबमा नाच्नकै लागि भनेर सरकारले श्रम स्वीकृति नदिने भएपछि घुम्न जाने बहानामा पर्यटक भिसा निकाली युवतीहरू मलेसिया पुगेर नाचिरहेका छन्।

'विदेशमा काम गर्न जाँदा अनिवार्य रूपमा विभागबाट श्रम स्वीकृति चाहिन्छ,' विभागका महानिर्देशक विश्वनाथ ढकालले भने, 'तर, विदेशका डान्सबार र क्लबमा नाच्नका लागि भनेर सरकारले स्वीकृति दिँदैन। यस्तो कामका लागि विदेशबाट माग पनि आएको देखिँदैन। जो जसरी गइरहेका छन्, ती सबै अवैधानिक प्रक्रियाले गएका छन्। हामी अध्यागमनसँग मिलेर अनुगमन गर्छौँ।'

विमानस्थलमा फितलो अनुगमन र पर्यटक भिसाका लागि सहज वातावरणले युवतीहरू विदेशिएका छन्। कतिपय युवती नाच्नकै लागि भनेर गए पनि अनैतिक काम गरिरहेका छन्। स्टाना होटलमा भेटिएका पुत्राजयामा बस्ने योगेश आचार्य भन्छन्, 'यहाँ युवतीलाई निकै गाह्रो छ। अनैतिक काम गर्ने सञ्चालकले दबाब पनि दिएका छन् तर घुम्न आएकाहरूले के आधारमा उजुरी गर्ने ?'

दुई वर्षअघि घुम्न जाने बहानामा युवतीलाई विदेश पुर्याउउने गिरोहलाई प्रहरीले विमानस्थलबाट पक्राउसमेत गरेको थियो। प्रहरीले मलेसिया जान लागेका सातजना युवतीलाई उद्धार गरी त्यसमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो। मानव ओसारपसारको आरोपमा नेपाल एयरलाइन्सका सिनियर असिस्टेन्ट मिगी केसी, युवती लैजान कलाकार बनाउने ललित महर्जन र ट्राभलको काम गरिदिने राजन सुवेदीलाई पक्राउ गरिएको थियो। पछिल्लोपटक प्रभावकारी अनुगमन र सोधपुछको अभावमा युवतीहरू सहजै विदेशमा गएर डान्सबार र क्लबमा काम गरिरहेका छन्।

 

बारको फ्लोर किनेर रकम संकलन

malay3

केही समयअघिसम्म काठमाडौँबाट मलेसिया, दुबई, सिंगापुरमा नर्तकी सप्लाई गर्दै आएको एक दम्पती अहिले मलेसियामा डान्सबारको फ्लोर किनेर व्यापार गरिरहेको छ। आफैँले मलेसिया पुर्‍याएका केटीहरू नचाउने र त्यहाँ झर्ने टिप्स बटुलेर रकम संकलन गर्ने काममा उनीहरू खटिएका छन्। केटीहरू पठाउँदा भन्दा राम्रो आम्दानी हुने भएपछि उनीहरू बारको फ्लोर किनेर व्यापार गर्न थालेको बताउँछन्। 'काठमाडौँबाट केटी मलेसिया ल्याउन निकै सेटिङ मिलाउनुपर्ने र एयरपोर्टमा टन्नै घुस खुवाउनुपर्ने भएकाले यतातिर फ्लोर किनेर दुईचार पैसा कमाउन थालेका छौँ,' उनीहरूले नाम गोप्य राख्ने शर्तमा भने।

 

अन्त पनि...

मलेसियामात्र होइन, डान्सबार र नाइट क्लबमा काम गर्न नेपाली युवतीहरू दुबई, सिंगापुर, दक्षिण अफ्रिका, नैरोबी, तान्जेनियालगायत देशमा पनि पुगेका छन्। यसरी बार तथा क्लबमा काम गर्न जाने सबै युवतीको जाने प्रक्रिया प्रायः एकै किसिमको हुने गर्छ। कतिपय आर्टिस्ट भिसामा उता पुग्छन् भने कति चाहिँ टुरिस्ट भिसाबाट सम्बन्धित देशमा पुग्ने गरेका छन्। एकपटक विदेशको डान्सबारमा काम गरेर आएकी केटीले नै दलालको काम गर्ने भएकाले नेपाली केटीहरू उता जाने क्रम बढ्दो छ। यसरी काममा जान गैरकानुनी भए पनि अध्यागमनका कर्मचारीहरू आर्थिक प्रलोभनमा फसेका कारण दलालहरूले निर्धक्क केटी 'सप्लाई' गरिरहेका छन्। वेटर र हाउसमेडमा काम गर्न जानेहरू हिजोआज डान्सप्रति आकर्षित भइरहेका छन्। छोटो समयमै धेरै आम्दानी हुने भएपछि केटीहरू यतातिर तानिएका हुन्। तीन महिना दुबई, मलेसिया वा अफ्रिकामा नाचेर आउनेहरूको जीवनशैलीमा आएको बदलाव देखेर काठमाडौँका डान्सबारमा नाच्ने नर्तकी पनि आकर्षित हुने भएकाले दलाललाई विदेशमा केटी पठाउन सजिलो हुने गरेको छ।

गैरकानुनी रूपमा विदेशी डान्सबार तथा नाइट क्लबमा केटीहरू पुर्याेउने गतिविधिमा बेलाबेलमा सरकारी निगरानी पनि पर्ने गरेको छ। एक वर्षअघि त्रिभुवन विमानस्थलबाट केटीहरू उडाउन कडाइ भएपछि दलालहरूले सूर्यदेश लाने भन्दै गाडीबाट दिल्ली पुर्यानएर पुर्याउत्यहाँबाट सम्बन्धित देशमा पुर्यादउने गरेका थिए। सूर्य देश जाने कोड भाषा दलाल र केटीहरूको बीचमा प्रचलनमा आएको छ। अहिले फेरि दलालहरू त्रिभुवन विमानस्थलमा सेटिङ मिलेकाले दिनहुँ सयौँ केटीहरू विदेशमा नर्तकीको काम गर्न उडिरहेका छन्।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस