सार्क बैठक सुरु : केन्द्र गाभ्ने प्रस्तावमा सहमति जुटेन
०६ मंसिर २०७१
•
७ मिनेट पाठ
सार्क बैठक सुरु : केन्द्र गाभ्ने प्रस्तावमा सहमति जुटेन
काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनअन्तर्गत सहसचिवस्तरीय कार्यक्रम समिति (प्रोग्रामिङ कमिटी) को बैठक शनिबार सम्पन्न भएको छ। बैठकमा सार्कका ११ केन्द्रमध्ये ३ वटालाई खारेज गर्ने र चारवटालाई गाभेर एउटै बनाउने प्रस्तावमा सहमति जुट्न नसकेपछि आगामी कार्यक्रम समिति बैठकमा पुनः छलफल गरी अन्तिम रूप दिनेमा सहमति भएको छ।'विभिन्न केन्द्र खारेज र गाभ्ने प्रस्तावमा सदस्य राष्ट्रका प्रतिनिधि सहमत हुन सकेनन्,' परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले कार्यक्रम समितिको बैठकबारे जानकारी दिए, 'प्रस्तावलाई फेरि कार्यक्रम समितिको बैठकमा प्रस्तुत गरी आवश्यक छलफलपश्चात मात्र निर्णयमा पुग्ने सहमति भएको छ।' 
कार्यक्रम समितिमा समाधान हुन नसकेका समस्यालाई सचिवस्तरीय स्ट्याण्डीङ कमिटि समक्ष पेश गर्ने सार्कको अभ्यास भएपनि केन्द्र खारेज गर्ने तथा गाभ्ने प्रस्तावलाई भने पुनः एक पटक कार्यक्रम समितिमै छलफल गर्ने सहमति शनिबार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न बैठकमा भएको हो। 'खारेज गर्ने तथा गाभ्ने केन्द्रका कर्मचारी, साधन–स्रोतको के गर्ने, कर्मचारीलाई कसरी अवकास दिने भन्ने फेज आउट प्लानमा साझा सहमति बन्न नसकेकोले थप छलफल गर्न आवश्यक ठानिएको हो,' प्रवक्ता अधिकारीले स्पष्ट पारे। 
कार्यक्रम समितिको बैठकमा सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज गर्ने प्रस्ताव लगिएको थियो भने वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटिय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई गाभेर एउटै केन्द्र बनाउने। खारेज गर्न सिफरिसमा परेका मध्ये सार्क सूचना केन्द्रको कार्यालय नेपालमा रहेको छ। मानव संसाधन केन्द्रको कार्यालय पाकिस्तान र सार्क अभिलेख केन्द्रको कार्यालय भारतमा रहेको छ। 
गाभ्ने सुचीमा रहेका वन व्यवस्थापन केन्द्रको कार्यालय भुटानमा, विपद व्यवस्थापन केन्द्रको कार्यालय भारतमा, तटिय क्षेत्र व्यवस्थापन केन्द्रको कार्यालय माल्दिभ्समा र जलवायु अनुसन्धान केन्द्रको कार्यालय बंगलादेशमा रहेका छन्। बंगलादेशमा कार्यालय रहेको सार्क कृषी केन्द्र, नेपालमा कार्यालय रहेको सार्क क्षयरोग केन्द्र, पाकिस्तानमा कार्यालय रहेको सार्क उर्जा केन्द्र र श्रीलंकामा कार्यालय रहेको सार्क साँस्कृतिक केन्द्रलाई भने जस्ताको तस्तै राखिने भएको छ। 
'खारेज तथा गाभ्ने केन्द्रका कर्मचारीलार्य कसैले पाँच बर्षको त कसैले दुर्य बर्षको सेवा सुविधा उपलब्ध गराउनु पर्छ भन्ने अडान रहयो। त्यसैले शनिबार सहमति हुन सकेन,' उनले भने। 
वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटिय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई गाभेर एउटै 'सार्क वातावरण तथा बिपथ व्यवस्थापन केन्द्र स्थापना' गर्ने प्रस्ताव माथि पनि शनिबारको कार्यक्रम समितिको बैठकमा सहमति जुट्न सकेन। मुख्यत सार्क वातावरण तथा बिपथ व्यवस्थापन केन्द्र कुन देशमा स्थापना गर्ने भन्नेमा सहमति नबनेपछि यसलाई पनि थप छलफलका लागि पुनः आगामी कार्यक्रम समितिको बैठकमा पेश गरिने भएको हो। 
परराष्ट्र प्रवक्ता अधिकारीका अनुसार सार्क सदस्य नेपाल र अफगानिस्तान बाहेक भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सार्क वातावरण तथा बिपथ व्यवस्थापन केन्द्र आ–आफ्नो देशमा स्थापना गर्न माग गरेका थिए। कुनै एक देशमा राख्न सदस्य राष्ट्रबीच सहमति बन्न नसकेपछि थप छलफल गरिने भएको हो। 
कार्यक्रम समितिको बैठकमा नेतृत्व सदस्य राष्ट्रको विदेश सहसचिवले गरेका थिए। सार्कको अभ्यास अनुसार माल्दिभ्स डेलिगेसनका प्रमुख अैसाथ जाहिरको अध्यक्षतामा प्रोग्रामिङ समितिको बैठक सुरु गरिएको थियो। त्यसपछि प्रोग्रामिङ कमिटिको बैठकको अध्यक्षमा नेपाली डेलीगेसनका प्रमुख परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाललाई निर्वाचित गरिएको थियो। 
बैठकमा फेज आउट प्लान, सार्क वातावरण तथा बिपथ व्यवस्थापन केन्द्र स्थापना, सार्क क्यालेण्डर २०१५, सार्क संरचना, पर्यवेक्षकको भूमिका, पुराना प्रतिवद्धाको समिक्षा, सार्क केन्द्र खारेज तथा गाभ्ने लगायतका विषयमा छलफल भएको थियो। सार्क क्यालेण्डर २०१५ अनुमोदन गरी बैठकले आइतबारबाट सुरु हुने स्ट्याण्डीङ कमिटिको बैठकमा पठाएको छ। स्ट्याण्डीङ कमिटिको बैठक आइतबार र सोमबार होटल सोल्टी क्राउन प्लाजामा हुनेछ। स्ट्याण्डीङ कमिटिको बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेश सचिवहरु शनिबार काठमाडौं आइपुगेका छन्।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस