काठमाडौं- सार्क सम्मेलन क्रममा सुरक्षा नेतृत्व गृह मन्त्रालयले गरे पनि त्यसअन्तर्गतको अर्धसैनिक बल सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई भने सहयोगीको भूमिका दिइएको छ। सुरक्षा प्रबन्धको बढीजसो जिम्मा विशेष परिस्थितिमा मात्रै खटिने सेनाले पाएको छ।
अर्धसैनिक बल भए पनि सशस्त्रलाई प्रहरीभन्दा कम जिम्मेवारी छ। उसको मुख्य जिम्मेवारी अतिविशिष्ट व्यक्ति (भिभिआइपी) को आवतजावत हुने सडक क्षेत्रका पुल–पुलेसा निगरानी, केही हाइप्वाइन्ट भ्यूको सुरक्षालगायत छन्। सशस्त्रका डगस्क्वायड, बम स्क्वायडसमेत सार्कमा परिचालित हुनेछन्।
सार्कको सुरक्षा नेतृत्व, परिचालन र अनुगमनमा गृहमन्त्री, गृहसचिव र शान्ति–सुरक्षा महाशाखा प्रमुखको नेतृत्वमा छुट्टाछुट्टै समिति सक्रिय छन्। यी समितिसँगै नेपाली सेनाका बलाधिकृत रथी पवनकुमार पाण्डे संयोजकत्वको सार्क सुरक्षा समितिसमेत छ। अन्य समितिको तुलनामा बढी सुरक्षा चाँजो यसैले मिलाइरहेको जानकार स्रोत बताउँछ।
पूर्वगृहसचिव उमेश मैनाली नागरिक सरकार सक्रिय रहेको र लोकतन्त्र बहाली भएको मुलुकमा यस्तो प्रकृतिको सुरक्षा जिम्मा प्रहरीलाई सुम्पनुपर्ने बताउँछन्। राष्ट्रप्रमुख र सरकारप्रमुखको सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी तथा सशस्त्र सक्षम रहेको विश्लेषण गर्दै उनले आइतबार नागरिकसँग भने, 'जेमा पनि सेना खटाएर सरकारले सुरक्षा संवेदनशीलतालाई सामान्यीकरण गरेको छ।'
'सार्क सुरक्षामा सेना खटाएर सरकारले चुस्त सुरक्षा अवस्था बनाएको सन्देश दिने प्रयास गरे पनि विशेष अवस्थामा मात्र परिचालन गर्नुपर्ने सेनालाई सुरक्षासम्बन्धी सबै काममा खटाएर सुरक्षा चुनौतीलाई नै सामान्यीकरण गर्योम,' उनले भने, 'सेनालाई अलर्ट राखेर अन्य सुरक्षा संगठन परिचालन गरेको भए राम्रो हुन्थ्यो, सेनालाई सुरक्षाको नेतृत्व दिएर सरकार चुक्यो।'
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भिभिआइपीको व्यक्तिगत सुरक्षा र संवेदनशील क्षेत्रमा खटिने तालिमप्राप्त तथा आधुनिक हतियार चलाउनसक्ने दक्ष जनशक्ति छन्। सार्क सुरक्षामा करिब २८ हजार सुरक्षाशक्ति परिचालित हुँदैछन्, जसमा सेनाबाट २० हजार, नेपाल प्रहरीबाट करिब १३ हजार र सशस्त्रबाट करिब ५ हजार जनशक्ति खटिँदैछन्।
प्रहरीमा भिभिआइपीको सुरक्षाका लागि गठित सुरक्षा निर्देशनालयअन्तर्गत २ सयभन्दा बढी दक्ष जनशक्ति सार्कमा खटिँदैछन्। आधुनिक हतियारले सुसज्जित र कमान्डो तालिमप्राप्त प्रहरीको विशेष कार्यदलमा १३ हजारभन्दा बढी दक्ष जनशक्ति छन्। सशस्त्रमा पनि भिभिआइपीको सुरक्षा र सवारीलगायत विषयमा तालिमप्राप्त जनशक्ति रहेको स्पेसल टास्क फोर्स बटालियन छ।
यसअघि भिभिआइपीको आगमनमा दुवै प्रहरी संगठनले व्यक्तिगत सुरक्षा, निवास र कारकेडको सुरक्षातर्फ महŒवपूर्ण जिम्मेवारी पाउँदै आएका थिए। यसअघि नेपाल भ्रमणमा आएका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको भ्रमण होस् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, दुवै प्रहरी संगठनले महŒवपूर्ण जिम्मेवारी पाएका थिए। मोदीको भ्रमणताका बनेको ६ घेरे सुरक्षामा यी दुवै संगठनले संवेदनशील जिम्मेवारी वहन गरेका भए पनि सार्कमा चाहिँ दुवैको हैसियत सेनाको सहयोगीका रूपमा झारिएको छ।
सार्कमा सहभागी हुने मुख्य अतिथि र फस्टलेडीको व्यक्तिगत सुरक्षामा सेनाको विशेष सुरक्षा बलका सैन्य अधिकारी खटिँदैछन्। सार्क सुरक्षाका लागि बनेका समितिमध्ये अधिकांशको नेतृत्वमा सैनिक प्रतिनिधि छन्। कारकेड सुरक्षा, आवासगृह, कार्यक्रमस्थल, विमानस्थल, आवागमन क्षेत्र र संवेदनशील क्षेत्रको सुरक्षामा सेना नै छ।
कारकेड सुरक्षा, अतिथि आवासगृह, कार्यक्रमस्थल, विमानस्थल र आवागमन क्षेत्र तथा संवेदनशील क्षेत्र सुरक्षा योजनाको मुख्य जिम्मेवारीमा सेना नै छ। यी सबैमा प्रहरी संगठनका सदस्यको जिम्मेवारी सडकमा उभिनेमै समेटिएको छ।
कार्यक्रमस्थल राष्ट्रिय सभागृह, अतिथि आवासगृह सोल्टी होटल र सम्मेलन क्रममा आवागमन क्षेत्रको सुरक्षाको पहिलो घेरामा सेना खटिएको छ। भिभिआइपी सवार हुने सवारीसाधनका चालकसमेत सैनिक नै छन्।
दोस्रो घेरामा सादा पोसाकका प्रहरी, तेस्रोमा पोसाकधारी प्रहरी र सशस्त्र, चौथो घेरामा सादा पोसाकसँगै स्थानीय प्रहरी र सशस्त्र परिचालन हुने तय भइसकेको छ। कारकेडमा भिभिआइपी चढ्ने सवारीका अगाडि र पछाडि समेत सेनाको विशेष सुरक्षा बल खटिनेछ।
नेपाल प्रहरीले कार्यक्रमस्थल, निवासको बाहिरी घेरा, आवागमन हुने सडक क्षेत्रको सुरक्षासँगै सार्क सम्मेलनमा सहभागी हुन आउने मन्त्री तथा सचिव तहका कर्मचारीको व्यक्तिगत सुरक्षाको जिम्मेवारी पाएका छन्।
उनीहरूको सुरक्षामा पिएसओका रूपमा खटिने प्रहरीले नयाँ हतियार पाउँदैछन्। यसअघि व्यक्तिगत सुरक्षामा खटिने प्रहरीले चिनियाँ पेस्तोल बोक्दै आएकामा यसपालि ९ एमएमको ब्याराटा माउजर दिने तयारी छ। विशिष्ट अतिथि बस्ने सोल्टी होटलको बाहिरी घेराको सुरक्षा प्रबन्धका लागि बिहीबारबाटै ३ सय प्रहरी परिचालित भइसकेका छन्। उनीहरूलाई नेपाल क्यासिनो भवन खाली गराएर राखिएको छ।
मोदीको आफ्नै सुरक्षा घेरा
सरकारले सबै सुरक्षा तयारी गर्दा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने आफ्नै सुरक्षा घेरामा बस्ने तयारीमा छन्। जानकार अधिकारीका अनुसार नेपालले सरकार प्रमुखहरूलाई सीमित रूपमा आफ्ना बडिगार्ड मात्र ल्याउन आग्रह गरे पनि मोदीसँगै नेसनल सेक्युरिटी गार्डका सुरक्षाकर्मीसमेत आउँदैछन्।
स्रोतका अनुसार उनले भारतबाट ल्याएको आफ्नै बुलेटप्रुफ गाडी प्रयोग गर्नेछन्। भिभिआइपी कारकेड, कार्यक्रमस्थल र निवासमा फ्रिक्वेन्सी जोखिममुक्त बनाउन सरकारले चारवटा मोबाइल जामर किने पनि मोदीको सुरक्षाका लागि जामरसमेत भारतबाटै आउँदैछ।
नेपालले सार्क सम्मेलनमा सहभागी हुन आउने सरकारप्रमुखका लागि भारतबाट ल्याएको बुलेटप्रुफ कार प्रयोग गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै पाकिस्तानले समेत आफ्ना प्रधानमन्त्री नवाज सरिफका लागि आफैं गाडी र सुरक्षा प्रबन्ध गर्ने भएको छ।
सार्कमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, आफगानिस्तान र भुटानका सरकारप्रमुख सहभागी हुँदैछन्। सम्मेलनमा सहभागी हुने अतिथि सरकारप्रमुखको आवास प्रबन्ध सोल्टी होटलमा गरिएको छ।