काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले आज विजोर नम्बरका सवारी साधनलाई गुडनमा रोक लगाएको छ भने पुरानो बसपार्कलाई खाली बनाइएको छ। तुलनात्मकरुपमा कम सवारीसाधन गुडेपछि सर्वसाधरण पैदल यात्रामार्फत् गन्तव्यतर्फ लागिरहेका छन्। भृकुटीमण्डप, सुन्धारा, सहिदगेटलगायतका क्षेत्रमा सवारीसाधनलाई रोक्न दिइएको छैन। सडकभरि ट्राफिक प्रहरी, जनपद र सशस्त्र प्रहरीहरु तैनाथ छन्।











