काठमाडौं— अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन भोलि मंगलबार सबै मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौं आइपुग्दैछन्। श्रीलंकाली राष्ट्रपति महिन्दा राजपाक्ष सबैभन्दा पहिला राजधानी आइपुग्नेछन्। उनी बिहान ९:३० बजे त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि अफगानिस्तानका राष्ट्रपति असर्फ घानी १०:४५ बजे विमानस्थल आइपुग्ने कार्यक्रम निश्चित भएको छ।
भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे ११: ४५ बजे आइपुग्नेछन् भने त्यसपछि १२:०५ मा माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन विमानस्थलमा अवतरण गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३ देखि ३:३० को बीचमा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
उनी ३ देखि साढे ३ बजेभित्र आइपुग्ने भनिए पनि वीर अस्पताल नजिकैको ट्रमा सेन्टर उद्घाटन तथा हस्तान्तरण कार्यक्रम भने ३ बजेलाई नै राखिएको छ। ४ बजे उनी सैनिक मञ्च टुँडिखेलमा पुगी हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम तय भइसकेको छ।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ ३:३५ मा विमानस्थलमा अवतरण गर्नेछन् भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सबैभन्दा ढिलोगरी ४:१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछिन्।