सहकार्यले शान्ति र समृद्धि :सार्क नेता
१० मंसिर २०७१
•
१८ मिनेट पाठ
सहकार्यले शान्ति र समृद्धि :सार्क नेता
काठमाडौं-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रप्रमुख तथा सरकारप्रमुखले सम्पर्क सञ्जाल, व्यापार, गरिबी निवारण, युवा जनशक्ति पलायन, आतंकवाद र जलवायु परिवर्तनका असरलाई सम्बोधन नगरेसम्म सार्क प्रगतिको मार्गमा हिँड्न नसक्ने बताएका छन्। राजधानीको राष्ट्रिय सभागृहमा बुधबार सुरु सार्कको १८ औं शिखर सम्मेलन उद्घाटन सत्रमा मन्तव्य राख्दै उनीहरूले यी समस्याविरुद्ध लड्न सदस्यराष्ट्र एक भएमात्र सार्कमा शान्ति र समृद्धि छाउने जनाए।‘हामीले शिखर सम्मेलन बैठक सुरु गरेसँगै पूरा विश्वले दक्षिण एसियालाई नियालिरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध द्रुत गतिमा परिवर्तन भइरहेका बेला हामी यहाँ भेटघाट गरिरहेका छौं,' प्रधानमन्त्री सुशील कोइरालाले भने, ‘हामी यहाँ हाम्रा जनताको नयाँ आशा र चाहना लिएर जम्मा भएका छौं।' 
माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनको अध्यक्षतामा दुईदिने शिखर सम्मेलन सुरु भएको केही बेरमै सदस्यराष्ट्रले प्रधानमन्त्री कोइरालालाई सार्क अध्यक्षमा निर्वाचित गरेका थिए। त्यसपछि कार्यक्रमको अध्यक्षता कोइरालाले गरेका थिए। ‘भौगोलिक रूपमा हामी नजिक भए पनि हाम्रो क्षेत्र कम एकीकृत छ। अन्तरक्षेत्रीय व्यापार तथा लगानी एकदमै न्यून छ। कनेक्टिभिटी (सडक, रेल तथा हवाई सम्पर्क) अभावका कारण हामी एकअर्काबाट टाढा छौं,' कोइरालाले भने। 
‘साउथ एसियन इकोनोमिक युनियन' को लक्ष्य प्राप्त गर्न साफ्टालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनले जनाए। ‘हामीले सडकमार्ग, रेलमार्ग, हवाई सेवा, पाइपलाइन, बन्दरगाह र जलमार्ग निर्माण गर्न जरुरी छ जसले ठूलो मात्रामा सामान ओसारपसार, पुँजीको गतिविधि र जनताको आवतजावत बढाउँछ,' कोइरालाले भने। 
प्रधानमन्त्री कोइरालाले गरिबी, अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय अपराध, मानवतस्करी, लागुपदार्थ तथा हातहतियार ओसारपसार र जलवायु परिवर्तन सार्क क्षेत्रका मुख्य समस्या भएको बताए। उनले कृषि, स्वास्थ्य, सरसफाइ, शिक्षा र महिला सशक्तीकरणका क्षेत्रमा पनि सार्क सदस्यराष्ट्रबीच सामूहिक प्रयासको आवश्यकता औंल्याए। 
प्रधानमन्त्री कोइरालाले जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपका दृष्टिले सार्क विश्वकै सबैभन्दा खतरनाक क्षेत्र भएको बताए। ‘चाहे त्यो हिमनदी पग्लेर होस् या समुद्री सतह बढेर, पहाड र समतल भूमिमा आउने बाढी तथा पहिरोबाट सार्क क्षेत्रका जनता प्रभावित छन्। हामीले जलवायुसम्बन्धी न्यायिक संयन्त्र बनाउन जरुरी छ,' उनले भने। 
अन्य देशमा युवा जनशक्तिको अभाव रहे पनि सार्क क्षेत्र भने युवा जनशक्तिले भरिपूर्ण रहेको भनाइ कोइरालाको थियो। युवा जनशक्तिलाई वैदेशिक रोजगारमा पठाउँदा राष्ट्रले मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक मूल्य चुकाउनुपरेको उनले जनाए। वैदेशिक रोजगारमा जाने सार्कका नागरिकको सुरक्षा तथा सम्मानका लागि सबै सदस्यराष्ट्रले साझा हैसियत बनाउने संयन्त्र विकास गर्नुपर्ने कोइरालाले औंल्याए। 
आतंकवादलाई उनले सार्कको साझा शत्रुको रूपमा व्याख्या गरेका छन्। आतंकवाद र अन्तरदेशीय अपराधबाट सार्क क्षेत्र पीडित बनेको समेत उनले बताए। ‘शान्तिलाई नजरअन्दाज गरेर आतंकवादसँग कुनै पनि किसिमको सम्झौता हुन सक्दैन,' कोइरालाले भने।
उनले ‘शान्ति तथा समृद्धिका लागि गहन सहकार्य' मूल मर्म रहेको शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ‘भ्रष्टाचार' पनि सार्कको चुनौती रहेको बताए। ‘शान्ति, स्थिरता, लोकतन्त्र र विकासको बाटोमा भ्रष्टाचार ठूलो खतराका रूपमा उभिँदैछ,' कोइरालाले भने। 
सार्कलाई अझ बढी प्रभावकारी र नतिजामुखी बनाउन आवश्यक रहेको भन्दै उनले सार्क सचिवालय थप मजबुत बनाउनुपर्ने औंल्याए। 
कार्यक्रममा कोइरालाले संविधानसभामार्फत लोकतान्त्रिक संविधान जारी गर्ने प्रक्रियामा नेपाल रहेको जानकारी गराउँदै यसमा सबै राजनीतिक दल सहभागी भएको बताए। राजनीतिक बहुलवाद, विश्वव्यापी लोकतन्त्रका मूल्य–मान्यता समेटेर नयाँ संविधान बनाउने उनले जनाए। 




‘विश्वभर सहकार्यको छाल'


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा सबैभन्दा बढी सामूहिक सहकार्यको खाँचो दक्षिण एसियालाई रहेको बताएका छन्। सार्क सदस्यराष्ट्रले एकअर्काबाट धेरै सिक्नुपर्ने जनाउँदै मोदीले अझ बढी सँगसँगै कार्य गर्नुपर्ने बताए।
‘केही महिनायता मैले विश्वभर घुम्ने मौका पाएँ, मध्य प्यासिफिकदेखि एट्लान्टिक समुद्रको दक्षिण तटसम्म। जहाँ गए पनि मैले सहकार्यको छाल उछालिएको पाएँ,' उद्घाटन कार्यक्रममा मोदीले भने, ‘सार्क भन्नेबित्तिकै ‘निरस' र ‘शंकालु' दुई किसिमको प्रतिक्रिया आउँछ। निरशतावादीबाट अब हामी आशावादी बनौं।' 
भारतीय कम्पनीले अर्बौं रुपैयाँ विदेशमा लगानी गरेको स्मरण गर्दै उनले त्यसको एक प्रतिशत मात्र सार्क क्षेत्रमा भएको जानकारी दिए। यस क्षेत्रमा यात्रा गर्नु बैंकक र सिंगापुर जानुभन्दा गाह्रो रहेको उनले बताए। सार्क क्षेत्रभित्र कुराकानी गर्न पनि अन्य देशमा भन्दा महँगो पर्ने उनले सुनाए। 
दक्षिण एसिया पनि बिस्तारै सहकार्यतर्फ अघि बढेको दाबी मोदीले गरे। बंगलादेश, श्रीलंका, भुटान, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्ससँग कुनै न कुनै माध्यममार्फत भारत जोडिँदै गएको उनले सुनाए। ‘नेपाल र भारतले ऊर्जाको क्षेत्रमा नयाँ युग सुरुआत गरेका छन्,' उनले भने। यहाँका जनताले चाहेअनुसार सार्कले गति लिन नसकेको मोदीको भनाइ थियो। अविश्वासका पर्खाल, विगतको छायाबाट बाहिर निस्केर सम्बन्धलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए। 
‘आज एउटा पन्जाब (भारतको) बाट अर्को पन्जाब (पाकिस्तानको) मा सामान ओसापसार गर्दा दिल्ली, मुम्बई, दुबई र कराँची हुँदै लानुपर्छ। हामी ११ औं गुना लामो यात्रा र चार गुना बढी खर्च गरेर सामान पठाउँछौं। यो परिक्रमा किन?,' मोदीले भने। 
सार्क क्षेत्रको सबैभन्दा ठूलो कमजोरी पूर्वाधार रहेको उनले बताए। ‘सडकमार्फत काठमाडौं जाने कुरा जब मैले सहकर्मीलाई सुनाएँ, उनीहरू नर्भस भए। त्यसको कारण थियो, सीमामा रहेको सडकको अवस्था। त्यसैले भारतमा मैले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छु। यसले यस क्षेत्रको कनेक्टिभिटी र व्यापार वृद्धि गर्ने मैले आशा गरेको छु,' उनले भने। 
सार्क क्षेत्रमा व्यापार सहज बनाउन भारत आउन चाहने व्यापारीलाई ३–५ वर्षको बिजनेस भिसा दिने घोषणा पनि मोदीले गरे। यस क्षेत्रमा व्यापारलाई अझ सहज बनाउन सार्क बिजनेस ट्राभलर कार्ड बनाउनसमेत उनले आग्रह गरे। ‘हामीले एकअर्काको सहर र गाउँलाई उज्यालो पार्यौंा भने भोलि यो क्षेत्रको भविष्य पनि उज्ज्वल हुन्छ,' उनले भने। 
उनले समग्र सार्क क्षेत्रको विकासका लागि कनेक्टिभिटीमा ध्यान दिनुपर्ने बताए। सार्क क्षेत्रको समग्र विकासका लागि व्यापार, लगानी, सहयोग, सहकार्य र कनेक्टिभिटी पाँचवटा पिलर भारतले सेट गरेको समेत उनले बताए। ‘हामी अहिले सबै सँगै छौं, तर सबै नजिक छैनौं,' मोदीले भने, ‘हामीले नै हाम्रो बाटो र गन्तव्य रोज्ने हो। तर, जब हामी हातमा हात मिलाएर अघि बढ्छौं, तब बाटो सहज बन्छ र गन्तव्यमा पनि छिटो पुगिन्छ।' 

‘बुद्ध सर्किट साझा सम्पदा'


श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले सार्कराष्ट्रबीच साझा सम्पदा तथा संस्कृति रहेको उल्लेख गर्दै ‘बुद्ध सर्किट' लाई साझा सम्पदाको रूपमा विकास गर्नुपर्ने बताए। दक्षिण एसियाभरि बुद्ध सभ्यताका सम्पदा भेटिने समेत उनले जनाए। ‘हामी प्रमुख बुद्ध साइट्स (क्षेत्र) समेटेर सार्कराष्ट्रलाई सांस्कृतिक मार्गले एकअर्कासँग जोड्न सक्छौं,' राजपाक्षले भने। 
भारतीय प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि बुद्ध सर्किटको विकास गरी साझा सम्पदाका रूपमा विकास गर्न सकिने बताएका थिए। 
श्रीलंकाका राष्ट्रपति राजपाक्षले सार्कलाई अब परम्परागत शैलीमा अघि बढाउन नसकिने बताए। जनतामा प्रभाव पार्ने गरी सार्कलाई नतिजामुखी बनाउनुपर्ने उनको सुझाव थियो। पूर्वाधार, सञ्चार, हवाई, सडक र रेलसेवाले जोडे मात्र सार्क समृद्धिको बाटोमा अघि बढ्ने ठहर उनको थियो। ‘हवाई सेवामार्फत सबै जोडिए बुद्धिस्ट सांस्कृतिक मार्ग निर्माण गर्न पनि सहज हुनेछ,' राजपाक्षले भने। 

‘पर्यवेक्षकसँग संवाद बढाउनुपर्छ'


पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सार्क पर्यवेक्षकसँग अन्तर्क्रिया बढाई सदस्यराष्ट्रले बढी फाइदा लिनुपर्ने बताए। सार्कपर्यवेक्षकको महत्वमाथि जोड दिँदै उनले संवाद बढाउन आग्रह गरे। 
उनले पाकिस्तानलाई दक्षिण एसिया, चीन र मध्यएसिया जोड्ने लिंकका रूपमा विकास गर्न सकिनेसमेत बताए। ‘दक्षिण एसिया, मध्यएसिया र पश्चिम एसियाको भूबनोट हेर्दा पाकिस्तान प्राकृतिक रूपमै आर्थिक कोरिडोर हो। क्षेत्रीय कनेक्टिभिटी प्रवर्द्धन गर्नु पाकिस्तानले अँगालेको विकासका सात पिलरमध्ये एक हो। एसियाका तीन इन्जिन दक्षिण एसिया, चीन र मध्यएसियालाई जोड्ने पहल गर्न हामी तयार छौं,' सरिफले भने। 

हसिनाका सात सूत्र


बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले सार्क क्षेत्रलाई समृद्ध गर्न सात सूत्र प्रस्तुत गरिन्। उनको पहिलो सूत्र थियो– गरिबी निवारण। गरिबी निवारणले नै सार्कमा शान्ति र समृद्धि ल्याउने उनले बताइन्। युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा र तालिम दिनु उनको दोस्रो सूत्र थियो। उनले आफ्नो तेस्रो सूत्रमा सूचना प्रविधिको विकास र प्रयोगलाई राखेकी थिइन्। 
‘जलवायु परिवर्तन हाम्रो क्षेत्रको विकासमा गम्भीर चुनौतीका रूपमा देखिएको छ। यसलाई सम्बोधन गर्नुपर्छ,' हसिनाको चौथौ सूत्र थियो। उनले ऊर्जा अभाव तथा संकट समाधानलाई पाँचौं सूत्रमा राखेकी छन्। ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट' यो समस्याको उपयुक्त समाधान हुने उनको ठहर थियो। हसिनाको छैटौं सूत्र ‘ग्लोबल विकास एजेन्डा' थियो भने सातौं सूत्र कनेक्टिभिटी। 
कार्यक्रममा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि गरिबी निवारण, जलवायु परिवर्तन, कनेक्टिभिटी र अन्तरदेशीय व्यापारमा जोड दिएका थिए। माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले सामूहिक आवाज बनाउन नसक्दा सार्क कमजोर भएको बताए। ‘सार्क विश्वकै एक शक्तिशाली क्षेत्र बन्न सक्छ, तर हाम्रो सामूहिक आवाज छैन। पहिला दक्षिण एसिया भनेर सोच्ने समय आएको छ,' यमिनले भने। 
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मध्यएसियालाई जोड्ने पूर्वाधार विकास गरे मात्र दक्षिण एसिया समृद्ध बन्न सक्ने बताए। उनले खासगरी ग्यास पाइपलाइनको विकासमा जोड दिएका थिए। दक्षिण एसियाली राष्ट्रबीच गहन सहकार्य हुन सबैभन्दा पहिला इमानदारी चाहिने उनले औंल्याए। ‘न भूगोल न इतिहासले, दक्षिण एसियालाई जोड्छ, त मात्र आर्थिक गतिविधिले,' घानीले भने। 
सार्क सदस्यराष्ट्रका प्रमुख र सरकारप्रमुखले सम्बोधन गरेपछि सार्क पर्यवेक्षक राष्ट्रका प्रतिनिधिले सम्बोधन गरेका थिए। कार्यक्रममा पर्यवेक्षक राष्ट्र चीन, अमेरिका, म्यानमार, दक्षिण कोरिया, जापान, टर्की, मौरिसस, अस्ट्रेलिया र युरोपेली युनियनका प्रतिनिधिले धारणा राखेका थिए। 
सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्यराष्ट्रका सरकारप्रमुख र राष्ट्रप्रमुखलाई बिहीबार धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा रिटि्रट आयोजना गरिएको छ। त्यहाँ सहभागी भएर दिउँसो काठमाडौं फर्किएपछि काठमाडौं घोषणापत्र जारी गरी १८ औं सार्क शिखर सम्मेलन समापन गर्ने कार्यक्रम छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस