सार्क ऊर्जा सम्झौतामा हस्ताक्षर
११ मंसिर २०७१
•
४ मिनेट पाठ
सार्क ऊर्जा सम्झौतामा हस्ताक्षर
काठमाडौं-सार्क शिखर सम्मेलनको अन्तिम दिन बिहीबार सदस्यराष्ट्रबीच सार्क ऊर्जा (विद्युत) सम्झौतामा हस्ताक्षर भएको छ। राष्ट्रिय सभागृहमा सार्क सदस्य राष्ट्रप्रमुख तथा सरकारप्रमुखको उपस्थितिमा ती देशका विदेशमन्त्रीले बहुप्रतीक्षित सार्क ऊर्जा सम्झौतामा हस्ताक्षर गरेका हुन्।‘शिखर सम्मेलन बेला विद्युतसम्बन्धी सार्क ऊर्जा सम्झौतापत्रमा सदस्यराष्ट्रबाट हस्ताक्षर गरिएको छ,' शिखर सम्मेलन समापन घोषणापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भने।
ऊर्जा सम्झौतासँगै अब सार्क सदस्यराष्ट्रका व्यक्ति तथा कम्पनीले एकअर्काको देशमा विद्युत उत्पादन र बिक्रीवितरण गर्न पाउनेछन्। सम्झौताले विद्युतलाई ‘वस्तु' का रूपमा व्याख्या गरेको छ। अन्य सरसामानको बिक्री वितरणजस्तै एक देशमा उत्पादित विद्युत व्यापारिक दृष्टिले अन्य सदस्यराष्ट्रमा बिक्री वितरण गर्न सकिनेछ। विद्युत प्रसारण लाइन भने सम्बन्धित देश र बिक्री गर्ने कम्पनीले संयुक्त रूपमा निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। 
‘अब कुनै सार्क सदस्यराष्ट्रमा उत्पादन भएको विद्युतलाई जोकसैले खरिद गरी अन्य सदस्यराष्ट्र पुर्याणएर बिक्री वितरण गर्न पाउँछ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले भने। विद्युतको प्रचुर सम्भावना रहेको नेपाललाई यस सम्झौताले निकै फाइदा पुग्ने विश्वास गरिएको छ। 
घोषणापत्रमा सार्कका सम्बन्धित संयन्त्रलाई यस क्षेत्रका विद्युत उत्पादन, प्रसारण र ऊर्जा व्यापार परियोजना पहिचान गर्नसमेत निर्देशन दिइएको छ। जलविद्युत, प्राकृतिक ग्यास, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जालगायत सबै प्रकारका ऊर्जा खोजी गर्न भनिएको छ। त्यस्तै, सार्क क्षेत्रमा ऊर्जाको बढ्दो मागलाई मध्यनजर गरी ऊर्जा संकटसम्बन्धी समस्या सम्बोधन गर्न निर्देशन दिइएको छ। 
शिखर सम्मेलन सुरु हुनुअघि ऊर्जा सम्झौतासँगै सार्क मोटर–भेहिकल र सार्क रेलवे सम्झौतामा पनि हस्ताक्षर गर्ने घोषणा गरिए पनि हुन सकेन। मोटर भेहिकल र रेलवे सम्झौतापत्रमा हस्ताक्षर हुन नसके पनि ऊर्जा सम्झौता हुनु महत्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्री कोइरालाले बताएका छन्। 
पाकिस्तानले सम्मेलनका बेला आन्तरिक कारण देखाउँदै मोटर भेहिकल र रेलवे सम्झौतामा हस्ताक्षर गर्न नमान्दा रोकिएको हो। सार्क अभ्यासअनुसार आठवटै सदस्य राष्ट्रले सहमति जनाए मात्र सम्झौतापत्र कार्यान्वयनमा ल्याउन सकिन्छ। 
‘मोटर भेहिकल र रेलवे सम्झौताको मस्यौदा हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा सबै सदस्य राष्ट्रले स्वागत गरेका छन्। तीन महिनाभित्र सार्क यातायातमन्त्रीस्तरीय बैठक बसी मोटर भेहिकल र रेलवे सम्झौतालाई अन्तिम रूप दिने सहमति भएको छ,' प्रधानमन्त्री कोइरालाले भने।
अर्को समाचार
सार्क सम्मेलन सकियो, ऊर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर
११ मंसिर २०७१
•
२ मिनेट पाठ
सार्क सम्मेलन सकियो, ऊर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौँ- राजधानीमा हिजोबाट सुरु भएको १८ ‌औँ सार्क शिखर सम्मेलन सकिएको छ। समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। आजको समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो।
सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो। सदस्य मुलुकका वैदेशिक/बाह्यमामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो। अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्रील्योन्पो रिञ्जिन दोर्जी, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुषमास्वराज, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानकाप्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकारसरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस र नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गरेका हुन्।

यसपछि सम्मेलनले सार्कको १९ अौँ शिखर सम्मेलन सन् २०१६ मा पाकिस्तानमा गर्ने निर्णय गरेकाे थियो। त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन अायोजकका रुपमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सबैलाई धन्यवाद ज्ञापन गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस