पल्पसा क्याफे अब फ्रान्सेली भाषामा
१२ मंसिर २०७१
•
३ मिनेट पाठ
पल्पसा क्याफे अब फ्रान्सेली भाषामा
काठमाडौं-नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे' फ्रान्सेली भाषामा समेत अनुवाद भएको छ। शुक्रबार राजधानीको फ्रान्सेली केन्द्रमा अनुवादित पुस्तक ‘ले पल्पसा क्याफे' विमोचन गरिएको हो।‘नेपालबाट फ्रान्स धेरै टाढा छ। त्यही भएर अनुवाद हुन १० वर्ष लागेको होला,' विमोचन कार्यक्रममा ठट्यौली भावभंगीमा प्रस्तुत भएका लेखक वाग्लेले भने। कार्यक्रममा उनले यो पुस्तकका अनौठा/अनौठा पाठक भेटिएको प्रसंग सुनाए। 
‘एक पटक एटिएम छिरेको बाहिर कोही पर्खिरहेका थिए। पैसा झिक्न होला भनेको मेरो उपन्यासको नाममा ग्यालरी खोलेको देखाउन पो रहेछ,' वाग्लेले भने,’यो नाम साह्रै मनपर्यो भन्ने ती व्यक्तिले त्यही एउटा उपन्यास पढेका रहेछन्।'
नेपालमा धेरैले रुचाएको किताब राम्रो पठन संस्कृति भएको देशका नागरिकले अनुवादमा चासो देखाएकोमा उनले आभार प्रकट गरे। 
नेपालकालागि फ्रान्सेली राजदूत मार्टिन बासरोले पुस्तकको नामले नै पढ्न चाअ बढाउने बताइन्। नेपालमा वर्षेनी ३० हजार भन्दा धेरै फ्रान्सेली पर्यकटक आउने जानकारी दिंदै उनले भनिन्,’नेापलको तत्कालीन परिस्थिती बुझ्न यो पुस्तक निकै उपयोगी हुनेछ।'
वाग्लेको स्तम्भ ‘कफी गफ'को प्रशंसक भएकै कारण ‘पल्पसा क्याफे' फ्रान्सेली भाषामा अनुवाद गर्न लागिपरेको सुरज शाक्यले बताए। आफूले कोरेको खेस्राले पुस्तकाकार पाउन लागेको देख्दा रमाइलो अनुभूति भइरहेको अनुवादक शाक्यले सुनाए। 
उनले भने,’यो मलाई एकदमै मन परेको पुस्तक हो। कतिपटक पढेँ थाहै छैन। व्यक्तिगत रुचीबाटै अनुवाद थालेको थिएँ। आज पुस्तकका रुपमा देख्न पाउँदा निकै खुसी लागेको छ,' उनले भने।
‘पल्पसा क्याफे' अंग्रेजी र कोरियाली भाषमा अनुवाद भइसकेको छ। 
यो पुस्तक ५० हजार प्रतिभन्दा बढी नेपाली भाषामा र १० हजारभन्दा बढी अंग्रेजी भाषामा विक्री भइसकेको छ प्रकाशन संस्था नेपालयले जनाएको छ। ।
अर्को समाचार
पल्पसा क्याफे अब फ्रान्सेली भाषामा
०३ मंसिर २०७१
•
२ मिनेट पाठ
पल्पसा क्याफे अब फ्रान्सेली भाषामा
काठमाडौं—नारायण वाग्लेको बहुचर्चित उपन्यास पल्पसा क्याफे अब छिट्टै फ्रान्सेली भाषामा उपलब्ध हुने भएको छ। मूल रुपमा नेपाली भाषाको यो कृति २०६१ सालमा प्रकाशित भएपछि मदनपुरस्कार समेत पाउन सफल भएको थियो। यो पुस्तक नेपाल, भारत र कोरियाबाट अंग्रेजी र २०६७ सालमा कोरियाली भाषामा समेत प्रकाशित भइसकेको छ।पल्पसाको नयाँ अवतारमा अब यसको नाम 'ले पल्पसा क्याफे' लेखिएको पाइनेछ।

'यसको अनुवादका निम्ति अग्रसरता लिइदिने नेपालस्थित फ्रेन्च गाइड सुरज शाक्य र सम्पादनमा संलग्न फ्रान्सेली नागरिक इजावेल लिपिट्सलाई धन्यवाद दिन चाहन्छु,' उपन्यासकार वाग्ले भन्छन्, 'साहित्यको कुनै सिमाना हुँदैन र अब पल्पसा फ्रान्सेली घेरामा पनि पुग्न लागेकोमा मलाइ खुशी लागेको छ ।'

स्वस्फूर्त जाँगर चलेर जसोतसो कोरिएको खेश्राले पुस्तकाकार पाउन लागेको देख्दा रमाइलो अनुभूति भइरहेको अनुवादक सुरज शाक्य बताउँछन् । 'मेरा प्रिय लेखक नारायण वाग्लेको पल्पसा क्याफे असाध्यै मनपरेको कृति हो,' शाक्य भन्छन्, 'त्यो आनन्दले डोर्‍याएरै मैले कतिपटक पढेँ थाहै छैन । त्यसै क्रममा मैले व्यक्तिगत रुचिबाटै अनुवाद थालेको थिएँ ।'

फ्रान्सेली भाषाको उपन्यास पनि नेपालयले नै प्रकाशन गर्न लागेको हो। फ्रान्सेली भाषाका पाठकहरुमा समर्पित पुस्तक मंसिर १२ लोकार्पण हुने नेपालयले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस