२०३८ को पुस तेस्रो साता अपराह्न चार बजेतिर म चाबहिल पुगेँ। मभन्दा पहिले वरिष्ठ अधिवक्ता गणेशराज शर्मा तथा अधिवक्ता हालका सभासद राधेश्याम अधिकारी र अन्य एक–दुई जना पनि पुगिसकेका रहेछन्। न कुनै योजना न पूर्व सल्लाह। अचानक चाबहिल पुग्दा आफैंलाई आश्चर्य लागिरहेको थियो। बिपी काठमाडौंमा रहँदा बिहान नियमित रूपमा पुगे पनि बेलुका नबोलाईकन जान्न थिएँ। हामी पुगेपछि भनियो 'बिपी डा. सुन्दरमणि दीक्षितकहाँ जानुभएको छ, आइपुग्ने बेला भयो।'
अचानक जम्मा भएका हामीबीच हल्का रूपमा त्यो दिन धर्म र ईश्वरका सम्बन्धमा छलफल हुन थाल्यो। हाम्राबीचमा भेटघाट हुँदा सधैं मुलुकको समसामयिक राजनीति, पञ्चायतको जनविरोधी चरित्र र प्रजातन्त्रको विषय प्रमुख रहन्थ्यो। अन्तर्राष्ट्रिय सम्बन्धमा सोभियत संघ, अमेरिका र भारतमा घटेका घटनाहरूले प्राथमिकता पाउँदथे। यस्तो छलफल गणेशराजजीबाट नै सुरु हुन्थ्यो। गणेशराजजी राजनीतिको सूक्ष्म अध्ययन गर्ने र गहिराइमा पुगेर विश्लेषण गर्नुहुन्थ्यो, मजस्तो पत्रकारका लागि समसामयिक राजनीतिको ऊहापोह बुझ्न र त्यसबाट पर्ने असर थाहा पाउन यसले मद्दत गर्दथ्यो। बडो तन्मयका साथ हामी गणेशराजजीका तर्क र विश्लेषण सुन्ने गर्दथ्यौं। धर्म वा ईश्वर गणेशराजजीको कहिल्यै पनि प्राथमिकताको विषय हुँदैनथ्यो। धर्मको कर्मकाण्डीय पक्षमा उहाँको आस्था थिएन, तर त्यो दिन हाम्राबीच अचानक धर्म र ईश्वर कसरी छलफलको विषय भयो? कुन अज्ञात शक्ति वा ईश्वरीय प्रेरणाले धर्मका बारेमा हामी छलफलमा जुट्यौं, आश्चर्य घटना भइरहेको थियो।
हामीबीच कुराकानी भइरहेको अवस्थामा बिपी आइपुग्नुभयो। पूर्व जानकारी नदिई हामी आएकोमा उहाँका लागि पनि हाम्रो उपस्थिति सुखद आश्चर्य थियो।
हाम्रा नजिक आइपुगेपछि सोध्नुभयो, 'के कुरा भइराखेको छ?'
हाँस्दै जवाफ दियौं, 'सान्दाजु आज हाम्राबीचमा धर्म र ईश्वरको बारेमा कुराकानी भइरहेछ।'
मुस्कुराउँदै 'म पनि तिमीहरूको छलफलमा सहभागी हुन्छु' भन्दै गणेशराजजीलाई लिएर आफ्नो कोठामा पस्नुभयो। करिब १५ मिनेटपछि गणेशराजजीसँग नै आउनुभयो। बिपी सदाजस्तै हँसिलो देखिए पनि गणेशराजजीको मुखमुद्रा मलिन थियो। तर त्यतातिर हामीले ध्यान दिएनौं, चिया खाँदै बिपीले कुरा सुरु गर्नुभयो, 'म स्वास्थ्य जाँचको रिपोर्ट लिन र सरसल्लाह गर्न डा. सुन्दरमणि दीक्षितकहाँ गएको थिएँ, मेरो सारा रिपोर्ट हेरेर उनले भने– 'बिपी तपाईंको क्यान्सर फैलिसकेको छ, अब तपाईंका लागि अधिकतम छ महिनाको समय छ, जे जे गर्नुछ गर्नुहोला।'
बिपीका कुरा सुनेपछि हामी सबै स्तब्ध भयौं, एक छिनअघिसम्मको हामीभित्र रहेको उत्साह अचानक शिथिल भयो। गणेशराजजीलाई एकान्त लग्नुको कारण रहेछ 'यो कुरा सुशिला भाउजूलाई कसरी भन्ने' भनी सरसल्लाह गर्न। बिपीमा असाधारण आत्मबल रहेको कुरा त योभन्दा पहिले क्यान्सर उपचारमा लिइने 'केमोथेरापी'लाई पनि सहज रूपमा लिएर आफ्नो दैनिकी यथावत राखेबाट नै प्रस्ट भइसकेको थियो। उहाँ आइपुग्नुभन्दा पहिले हाम्राबीच भएको धर्म र ईश्वरका सम्बन्धमा भएको छलफललाई अघि बढाउँदै १५/२० मिनेटजति आफ्नो धारणा राख्नुभयो।
यसै पनि बेलुकाको समयमा बिपी छलफल गर्न रुचि राख्नुहुन्नथ्यो। बेलुका ९ः३० बजे सुतिसक्ने र बिहान चार बजे नै उठ्ने उहाँको बानी थियो। ड्रिंक्स उहाँको खासै प्रिय थिएन, खानुपर्यो० भने ब्रान्डी खानुहुन्थ्यो। त्यो पनि विशेष प्रकारको हामी सबै मुखमलिन लिएर चाबहिलबाट निस्कियौं, त्यो दिन टेप रेकर्डर लगेको थिएन। भोलिपल्ट गणेशराजजीले टेप रेकर्डर लग्नुभयो र अघिल्लो दिन बोलेको कुरालाई नै उहाँले राख्नुभयो। २०३८ साल पुस अन्तिम साता 'राष्ट्रपुकार'मा 'धर्म, ईश्वर र नियति' शीर्षकमा उहाँको भनाइ छापियो।
मुलुकको तत्कालको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको राजनीतिमा पर्न सक्ने प्रभावलाई ध्यानमा राखेर 'बिपीको आयु छ महिनाभन्दा बढी छैन' भन्ने कुरा त्यति बेला सार्वजनिक गर्नु उचित थिएन। उक्त लेखको पृष्ठभूमि त्यति बेला गुपचूप नै राखियो। यसपछि फागुनतिर परिवारको आग्रहअनुसार उहाँको पहिले पनि क्यान्सरको उपचार गराएको बम्बईस्थित जसलोक अस्पतालका डाक्टरलाई देखाउन र राय सुझाव लिनका लागि बम्बई जानुभयो। जसलोकका डाक्टरहरूले पनि उहाँको सबै केश हेरेर डा. दीक्षितको भनाइलाई नै समर्थन गर्दै अझ स्पष्ट रूपमा भनेछन्, 'बिपी तपाईंको लागि अब दुई वटामात्र विकल्प छन्। तपाईं अमेरिका गएर उपचार गराएर तीन वर्ष बाँच्ने कि नेपालमै बसेर तीन महिना बाँच्ने! यो निर्णय तपाईंले गर्नुपर्नेछ।' डाक्टरहरूको यस्तो सल्लाह सुनेपछि बिपीले भन्नुभएछ, 'म स्वदेशमै बस्छु, तीन महिना बाँच्छु। अमेरिका गएर तीन वर्ष बाँच्नुको कुनै अर्थ छैन, त्यसकारण म नेपालमै बस्छु र जति दिन म बाँच्छु, नेपालमै बसेर म मेरो स्वास्थ्यसँग संघर्ष गर्छु। जुन मिसन लिएर म हिँडेको छु त्यो अझै पूरा भएको छैन, विदेशीहरूको चलखेल नेपालमा बढिरहेछ त्यसकारण मुलुकको अस्तित्व रक्षाको लागि पनि प्रजातन्त्र आवश्यक छ, म त्यसको लागि निरन्तर प्रयत्नशील रहनेछु।' अफसोस नियतिको खेल उहाँको इच्छाविपरीत थियो, डा. दीक्षितले भन्नुभएकै समय छ महिनाभित्र २०३९ साउन ६ गते उहाँको निधन भयो।