सिंहदरवारभित्र चोरको बिगबिगी
२२ मंसिर २०७१
•
७ मिनेट पाठ
सिंहदरवारभित्र चोरको बिगबिगी
काठमाडौं–शान्ति मन्त्रालयका उपसचिव प्रेमप्रसाद संजेलको कार्यकक्षमा पस्ने बित्तिकै 'कार्यालयका सामान चोर्न मनाही छ' लेखिएको काजग देखिन्छ। झट्ट हेर्दा कडा सुरक्षा रहेको सिंहदरबारभित्र रहेका मन्त्रालयभित्र कसले चोर्ने आँट गर्ला भन्ने अडकल सबैले काट्छन। तर, सिंहदरवारभित्र सबैभन्दा बढी चोरी हुने मन्त्रालयमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालय पर्छ।गत बुधवार शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको चौथो तलामा रहेको इमर्जेन्सी पिस सपोर्ट प्रोजेक्ट (इपिएसपी) का कार्यवहाक प्रमुख ध्रवप्रसाद पौडेलेको कार्यकक्षबाट ल्यापट चोरी भयो। महँगो सो ल्यापटप अरुले नभएर कार्यालयका कार्यरत कार्यालय सहायक माधवप्रसाद पाण्डेले चोरी गरेको पत्ता लाग्यो । करारमा नियुक्त गरिएका कार्यालय सहायक पाण्डेले अवकास पाइसकेपछि कार्यालय आएर ल्यापटप चोरी गरेको अनुसन्धानपछि खुलेको छ। अहिले उनी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

मन्त्रालय स्रोतका अनुसार पाण्डेले अवकास पाइसकेपछि सिंहदरवार प्रवेश गर्ने पासमा आफैंले म्याद थप गरेर सिंहदरवार प्रवेश गरेका थिए। चोरी गर्नुअघि पनि पाण्डे मादक पदार्थ सेवन गरी कार्यालय आउँने गर्थे तर, उनीमाथि कुनै कारवाही हुँदैन थियो। 'कतिपटक त उनी मादक पदार्थ सेवन गरी भर्‍याङमै लड्थे,' नाम उल्लेख नगर्ने सर्तमा एक अधिकृतले भने,'त्यस्तो हुँदासमेत उनीमाथि कारवाही भएन।' निजामती सेवा ऐन २०४९ को आचरण सम्बन्धी परिच्छेदमा कार्यालयभित्र दुईपटकभन्दा बढी मादक पदार्थ सेवन गरी उपस्थित भए सेवाबाट बर्खास्त गर्ने उल्लेख छ। पाण्डेमाथि भने कुनै कारवाही नभएको कर्मचारीहरु बताउँछन्। ल्यापटप पाण्डेले नै चोरेको पक्का भएपछि फिर्ता गरिएको छ ।

गत कात्तिक १२ गते परराष्ट्र मन्त्रालयका कम्प्युटर अधिकृत बिवेक कन्दङवाको पल्सर मोटर साइकल चोरी भयो। मन्त्रालयको पार्किङस्थलमा पार्किङ गरिहेको अवस्थामा मोटरसाइकल चोरी भएको हो। उक्त मोटरसाइकल अहिलेसम्म फेला परेको छैन। प्रहरीले सिसिटिभी क्यामेराको फुटेजमा चोरले बाइक चोरी गरेको स्पष्ट देखिए पनि चोर अहिलेसम्म पक्राउ पर्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले थप कुरा भन्न नमिल्ने बतायो।

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाटै करिब दुई वर्षअघि तत्कालीन सचिव ध्रुवप्रसाद शर्माको कार्यकक्षको हलबाट मल्टिलेन्स प्रोजेक्टर चोरी भएको थियो। करिब साढे दुई लाख रुपैयाँ पर्ने प्रोजेक्टर आजसम्म पनि कसले चोर्‍यो भन्ने खुल्न सकेको छैन। सो अभियोगमा दुई जना कार्यालय सहयोगी दुर्गाकुमारी अगस्ती र पाले कपिल केसीलाई प्रहरीले नियन्त्रणमा दिएको थियो। पछि उनीहरु निर्दोष पाइएपछि रिहा भएका थिए। सो काण्डपछि पाले कपिल केसीले नोकरी नै छाडे। तर, प्रोजेक्टर कसले चोर्‍यो भन्ने अहिले पनि अनुसन्धानको विषय बनेको छ।

त्यसको केही समयपछि तत्कालीन सचिव शर्माकै कार्यकक्षबाट ब्याल्याकबेरी मोवाईल चोरी भएको थियो। सामान्यतया सचिवको कार्यकक्षमा सहसचिव बाहेक अन्य कर्मचारी वा आगन्तुक पस्न अनुमति लिनुपर्ने हुन्छ। सचिवको सचिवालयमा एक जना राजपत्रांकित कर्मचारी, दुई जना राजपत्र अनंकित र दुई जना कार्यालय सहयोगी हुन्छन् । सर्वसाधारणको पहुँच बाहिर रहेको सचिवको कार्यकक्षबाट हराएको मोबाइल आजसम्म पनि फेला परेको छैन।

शान्ति मन्त्रालयमै केही समय अगाडि कम्प्युटर अपरेटर नासु राजेन्द्रप्रसाद पराजुलीले अफिसको ल्याटपट घर लगेका थिए। पछि पराजुलीले आफ्नो कोठा चोरी भएको र कोठा चोरी भएसँगै ल्यापटप पनि चोरी भएको जानकारी मन्त्रालयमा गराएका थिए। उनले ल्यापटप चोरी भएकाले मिनाहा गर्न निवेदन दिएपनि अहिलेसम्म मिनाहा नभएको मन्त्रालय स्रोतले बताएको छ।

करिब दुईवर्ष अगाडि प्रधानमन्त्री कार्यलयका एक उपसचिवले शनिवार विदाको दिन कार्यालयमा पसी ट्यूवलेस टायर र साउण्ड सिष्टम चोरी गरी बाहिर निष्कनेक्रममा सुरक्षाकर्मीले पक्राउ गरेका थिए।

दुई वर्ष अगाडि नै कृषि मन्त्रालयमा जाइकाले दिएको ल्यापटप चोरी भएको थियो। जुन अहिलेसम्म पनि फेला पर्न सकेको छैन।

सिंहदरवार जस्तो कडा सुरक्षा भएको ठाउँबाट समान चोरी भएको घटना नौलो होइन। यस्ता चोरीका घटना बारम्बार सार्वजनिक हुँदासमेत अहिलेसम्म अधिकांश चोरीका घटनामा संलग्नको पहिचान हुन नसकेको छैन। सिंहदरवार सुरक्षा गणका प्रमुख चन्द्रकुवेर खापुङले सुरक्षा व्यवस्था कडा पारेको बताए। 'हामीले विहान प्रवेश गर्दा जसरी सुरक्षा जाँच गर्छौँ बाहिर निस्कँदा पनि शंका लागेको अवस्थामा सुरक्षा जाँच गर्ने गरेका छौं,' खापुङले नागरिकन्युजसँग भने।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस