उल्टो बाटोमा अलमलिँदै प्रहरी
२४ मंसिर २०७१
•
१४ मिनेट पाठ
उल्टो बाटोमा अलमलिँदै प्रहरी
काठमाडौं- नेपाल प्रहरीले स्थापनाको ५९ वर्ष काटिसक्दा पनि अनुसन्धान पद्धतिमा सुधार ल्याउन सकेको छैन। नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल साधनस्रोत र दक्ष जनशक्ति अभाव, राज्यको अनिच्छा अनि संगठनका नेतृत्वकर्तामा दृढ इच्छाशक्तिको कमीले प्रहरी संगठन पुरातन अनुसन्धान पद्धतिमै अल्झिएको सुनाउँछन्। उनको तर्क छ– राज्यले अपराध अनुसन्धान पद्धतिलाई अहिलेसम्म प्राथमिकतामै राखेको छैन। दैनिक आउने चुनौती समाधानलाई नै उपलब्धि मान्ने संस्कार छ, आफ्नो कार्यकालमै नतिजा ल्याउने सोचले अनुसन्धान पद्धतिमा सुधार आउन नसकेको ढकालको निष्कर्ष छ।आखिर यस्तो अन्योल किन त?

किनकि, नेपालको अनुसन्धान पद्धति नै समयानुकूल आधुनिक र उपयोगी छैन। न यहाँ अनुसन्धानलाई सघाउने तथ्य र तथ्यांकहरुको भण्डार छ, न प्रविधि। प्रोत्साहन अभावले अनुसन्धान पढेका र अनुभव बटुलेका अधिकारी नै यो क्षेत्रमा काम गर्न चाहँदैनन्।
आधुनिक अनुसन्धान पद्धति अपनाएका छिमेकी मुलुकतिर घटनास्थलमा फेला परेको एउटै रौं काफी हुन्छ, अपराधीसम्म पुग्न। रौंको डिएनए पत्ता लगाई प्रहरीसँग रहेका डिएनएको नमुनासँग म्याच गराउँदा सम्भावित व्यक्तिको पहिचान खुल्न पुग्छ।
नेपालमा भने अपराधीको हुलिया नै थाहा पाउँदा पनि अनुसन्धान अघि बढ्न सक्दैन।
यसको कारण हो, प्रहरीसँग केवल प्रत्यक्षदर्शीले दिएको हुलिया हुन्छ, त्यसलाई रुजु गराउन आमनागरिकको पूर्ण विवरणसहितको राष्ट्रिय तथ्यांक, डिएनए नमुना एवं आपराधिक गतिविधिमा दोहोरिइरहने व्यक्तिहरूको डिजिटल विवरण हुँदैन।
यस्तो अवस्थामा सम्भावित अपराधीको हुलिया कुन विवरणसँग जुधाउने र अपराधी पत्ता लगाउने?
आधुनिक अनुसन्धान पद्धति अपनाउन भौतिक संरचना नै नभएका कारण प्रहरी पुरानै शैली अपनाउन बाध्य छ प्रहरी। 
पहिले अनुसन्धान गरी पर्याप्त प्रमाण संकलन गर्ने र अनि मात्र पक्राउ गर्ने पद्धति यहाँ निकै टाढा छ। शंका लागेकालाई पक्रने, कार्यालयमा ल्याएर बकाउने अनि मात्र प्रमाण संकलन गर्ने पुरानै पद्धतिमा अनुसन्धान गरिन्छ। 
अपराध अनुसन्धानमा दक्ष जनशक्ति र आधुनिक पद्धति भिœयाउन नेपाल प्रहरीले विषयगत कार्यालय स्थापना नगरेको पनि होइन। गम्भीर र संगठित अपराध अनुसन्धाननिम्ति केन्द्रीय अनुसन्धान ब्युरो गठन भएकै ६ वर्ष भइसक्यो। आतंकवाद र अन्तर्राष्ट्रिय अपराध हेर्न विशेष ब्युरो, लागुऔषध अनुसन्धान गर्न लागुऔषध नियन्त्रण ब्युरोलगायत थुप्रै विषयगत विभाग सक्रिय छन्।
विषयगत अनुसन्धानका लागि गठित यी निकाय र प्रहरीचौकीबाट प्रारम्भमा हुने अनुसन्धान पद्धतिमा भने खासै भिन्नता छैन। गम्भीर प्रकृतिको होस् या सामान्य, प्रहरी संगठनले अपनाइरहेको अनुसन्धान पद्धति उल्टो बाटोबाटै सुरु हुन्छ।
नेपाल प्रहरीले स्थापनाको ५९ वर्ष काटिसक्दा पनि किन अनुसन्धान पद्धतिमा सुधार आउन सकेन त?
नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल साधनस्रोत र दक्ष जनशक्ति अभाव, राज्यको अनिच्छा अनि संगठनका नेतृत्वकर्तामा दृढ इच्छाशक्ति कमीले प्रहरी संगठन पुरातन अनुसन्धान पद्धतिमै अल्झिएको सुनाउँछन्।
ढकालको तर्क छ– राज्यले अपराध अनुसन्धान पद्धतिलाई अहिलेसम्म प्राथमिकतामै राखेको छैन। दैनिक आउने चुनौती समाधानलाई नै उपलब्धि मान्ने संस्कार छ, आफ्नो कार्यकालमै नतिजा ल्याउने सोचले अनुसन्धान पद्धतिमा सुधार आउन नसकेको ढकालको निष्कर्ष छ। 
'अनुसन्धानात्मक संरचना, वैज्ञानिक पद्धति, दक्ष जनशक्ति र अनुसन्धानबाटै संगठनका सदस्यको वृत्तिविकासको ग्यारेन्टी हुने हो भने यसमा नयाँ पद्धति अपनाउन प्रहरी संगठन सक्षम छ,' ढकालले नागरिकसँग भने।
नेपाल प्रहरीमा कार्यरत ६७ हजार ६ सय ८० प्रहरीमध्ये अनुसन्धान क्षेत्रमा ३ हजार ९ सय २८ मात्र संलग्न छन्। यो संख्यामा अपराध अनुसन्धान विभागका एआइजीदेखि वडा प्रहरी कार्यालयमा खटिने प्रहरी जवानसम्मको प्रतिशत जोड्दा कुल प्रहरीमध्ये ५ प्रतिशत मात्रै अनुसन्धानमा खटिन्छन्।
प्रधान कार्यालयले अनुसन्धान प्रक्रिया वैज्ञानिक बनाउन ३ वर्षको कार्ययोजना बनाउँदै यसलाई १० प्रतिशतमा पुर्याेउने लक्ष्य राखेको छ। यो लक्ष्य भेट्न संगठनले अपनाएको वृत्तिविकासको संरचना नै बाधक रहेको सुरक्षा अधिकारी बताउँछन्।
अनुसन्धानमा दक्खल भएका प्रहरी अधिकारीहरु लामो समय अनुसन्धान गर्ने निकायमा बस्नै रुचाउँदैनन्। स्वदेश तथा विदेशमा अपराध अनुसन्धान तालिम लिएर फर्किएकाहरु नै आफ्नो विषयगत ज्ञान अनुसन्धान ब्युरो वा अन्य अनुसन्धान इकाइमा बसेर काम गर्न रुचाउँदैनन् 
यसको कारण फेरि वृत्तिविकासकै अवस्थासँग जोडिन्छ। 'अनुसन्धानमा खटिनेलाई कुनै प्रोत्साहन नै छैन, न उल्लेख्य पुरस्कार, न अन्य वृत्तिविकासका योजना छन्,' ६ वर्षदेखि गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'बढुवामा पर्न कसले, कस्तो अपराधमा सफल अनुसन्धान गर्यो् भन्दा पनि कहाँ खटियो, कार्यालयप्रमुख भयो कि सहयोगी मात्रै भन्नेले महत्व राख्छ, अनि कसले अनुसन्धानमा बसेर टाउको दुखाओस्?'
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल दक्ष र अनुसन्धानसम्बन्धी पढेका प्रहरी नै अनुसन्धानमा लाग्न नचाहने स्विकार्छन्। यस्तो हुनुमा प्रोत्साहन र वृत्तिविकासको अभाव नै बाधक रहेको उनको धारणा छ। 
'पढेका अधिकृतहरु नै अनुसन्धानमा लाग्न इच्छुक देखिँदैनन्,' बुधबार अपराध अनुसन्धान दिवसमा आयोजित कार्यक्रममा उनले भने,
'अनुसन्धानमा खटिनेलाई प्रोत्साहन र वृत्तिविकासको प्रबन्ध आवश्यक छ।'
यति हुँदाहुँदै पनि केही पनि सुधार नभएको भने होइन।
अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर शाहका अनुसार संगठनले अनुसन्धान पद्धतिलाई वैज्ञानिक र परिणाममुखी बनाउन एक वर्षअघिबाट शंकास्पद व्यक्तिले बोलेको सत्य हो या झुट पहिल्याउने पोलिग्राफ टेस्ट, भ्वाइस इन्स्पेक्सन, आधुनिक फ्रिंगर प्रिन्ट, केमिकल परीक्षण गर्ने जिसिएमएस, डिएनए टेस्टलगायत पद्धति अपनाउन थालेको छ। 
विभागमा ५० हजार फिंगर प्रिन्ट र अपराधमा संलग्न १ लाख ५० हजार आपराधिक व्यक्तिको सूची 'डिजिटलाइज्ड' गरिएको छ। सूचना संकलन पद्धति प्रभावकारी बनाउन इन्टेलिजेन्स निर्देशनालयको अवधारणामा काम भइरहेको छ। सञ्चार प्रविधिको विकाससँगै शंकास्पद व्यक्तिको सम्पर्क जालो र दैनिकी पत्ता लगाउन प्रहरीले केही वर्षअघिबाटै 'कल डिटेल विश्लेषण' पद्धति अपनाइरहेको छ।
'अनुसन्धानमा संलग्न हुने प्रहरी अधिकारीको प्रवृत्ति, शैली र क्षमता विकासका लागि तालिम र क्षेत्रगत तथा जातिगत डिएनए बैंक स्थापनाको काम पनि अघि बढेको छ,' एआइजी शाहले भने, 'साइबर क्राइम, फरेन्सिक ल्याब, फिंगर प्रिन्ट तथा आपराधिक अभिलेखको डिजिटल बनाउने क्रम क्षेत्रीय रूपमा विस्तार गर्नेलगायत तीनवर्षे योजना बनिसकेको छ।'
यत्ति नै भौतिक तथा प्राविधिक तयारी काफी छ त प्रभावकारी अनुसन्धानमा?
ब्रेन म्यापिङ, टेलिफोन इन्टरसेप्सन प्रणाली, जासुसी क्यामेरा, बगिङ डिभाइसजस्ता आधुनिक प्रविधि प्रयोगमा प्रहरी अझै टाढा छ। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान पद्धति बलियो र प्रमाणमुखी बनाउन यस्ता सामग्रीको माग केन्द्रसँग गरे पनि कार्यान्वयन भएको छैन। 
नेपाल प्रहरीले १ वर्षअघि भित्र्याएको पोलिग्राफ परीक्षण अन्य देशमा विस्थापितको चरणमा रहेको उपकरण हो। ९३ वर्ष पुरानो यो प्रविधिलाई अन्य निकै आधुनिक र भरपर्दा प्रविधिले विस्थापित गरिसकेको छ। थुप्रै देशमा पोलिग्राफको ठाउँ 'बे्रनम्यापिङ' र 'नार्को एनलाइसिस' ले लिइसकेको छ।
नेपालमा भने डिएनए टेस्टलगायत उपकरणसम्म प्रयोगमा आइसकेको छैन।
प्रहरीले अपराध अनुसन्धानका लागि सरकारसँग विभिन्न तथ्यांकहरु माग गर्दै आएको छ। डिजिटल रेकर्ड राख्न निर्वाचन आयोगले संविधानसभा निर्वाचनताका संकलन गरेको मतदाता नामावली र अन्य विवरण, परराष्ट्र मन्त्रालयमा रहेको राहदानी विवरण, यातायात व्यवस्था विभागमा रहेको लाइसेन्स विवरण प्रहरीले चाहे पनि पाउन सकेको छैन। 
प्रहरीसम्बन्धी नियमावली– २०७१ ले दक्षता र कार्यक्षमताका आधारमा वृत्तिविकासका केही प्रावधान समेटे पनि ती अपुग छन्। राम्राका आधारमा भन्दा पनि हाम्राका आधारमा वृत्तिविकासको अवसर पाउने संस्कार घटे पनि हटेको छैन।
यसबाहेक, प्रहरीको संस्थागत संरचना सुधारका लागि भएका अध्ययन र तिनले दिएका सुझाव कहिल्यै कार्यान्वयनमा आउँदैनन्। 'अन्य देशमा विस्थापित हुने अवस्थामा पुगेको पोलिग्राफ टेस्ट हाम्रोमा भित्रिएको जम्मा १ वर्ष भयो,' डिआइजी ढकालले भने, 'आधुनिक अनुसन्धान पद्धति अपनाउन राज्यको प्राथमिकता र संगठनप्रमुखको अठोट आवश्यक छ।' 
बयानमुखी अनुसन्धान पद्धति प्रभावका कारण सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम, फादर ग्याफ्ने, ललितपुरको लाकौल परिवार र रानीबारी हत्याकाण्डजस्ता केही घटनाको पर्दा उघार्न संगठन सफल हुन सकेको छैन।
धन्न, जनकपुर बम विस्फोट, तत्कालीन सभासद महमुद आलम हत्या, मेघा देवकोटा अपहरणलगायत अपहरण, हत्या, आतंकवादी घटना र लागुऔषध अनुसन्धानमा सफलताले संगठनको साख जोगिएको छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस