मेलम्ची–सिन्धुपाल्चोक जिल्लाको मार्मिङ गाविस वडा नं ८ मा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। मङ्सिर २३ गते ५२ वर्षीय श्रीमान् मङ्गल थामीले ३९ वर्षीया श्रीमती आइतमाया थामीको निधार र दाहिने घुँडामा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए।गम्भीर घाइते भएकी आइतमायाको समयमा उपचार नपाएर गएराति निधन भएको हो।जिल्ला प्रहरी कार्यालयमा यो घटनाका सम्बन्धमा उजुरी आएको प्रहरी निरीक्षक राजकुमार थापाले बताए।
स्थानीयवासीको सूचनाको आधारमा सोही गाउँको जङ्गलबाट आज बिहान मङ्गललाई पक्राउ गरिएको हो। विष सेवन गरेको पाइएकाले उनलाई प्रहरीको नियन्त्रणमा बाह्रबिसेस्थित क्रिस्टन अस्पतालमा उपचारार्थ लगिएको छ। रासस
स्थानीयवासीको सूचनाको आधारमा सोही गाउँको जङ्गलबाट आज बिहान मङ्गललाई पक्राउ गरिएको हो। विष सेवन गरेको पाइएकाले उनलाई प्रहरीको नियन्त्रणमा बाह्रबिसेस्थित क्रिस्टन अस्पतालमा उपचारार्थ लगिएको छ। रासस