कोरियामा नेपालीको तलब वृद्धि
२६ मंसिर २०७१
•
८ मिनेट पाठ
कोरियामा नेपालीको तलब वृद्धि
नेपाली कामदारको लागि आकर्षक गन्तव्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलब बढ्ने भएको छ। दक्षिण कोरियाले सन् २०१५ का लागि मजदुरको न्यूनतम तलब वृद्धि गर्ने निर्णयसँगै नेपाली कामदार पनि त्यसबाट लाभान्वित हुने भएका छन्।
दक्षिण कोरियाले छ महिनाअघि नै कामदारको न्यूनतम तलब ७.१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो। आगामी महिनादेखि वृद्धि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्यूनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ। समितिले कोरिया सरकारलाई पत्रचार गरेर वृद्धि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ। समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्यूनतम पारिश्रमिक बढाउँदै आएको छ।यसअघि पनि सन् २०१४ मा समितिको सिफारिसमा न्यूनतम पारिश्रमिक ७.२ प्रतिशत वृद्धि भएको थियो। न्यूनतम ज्याला निर्धारण समितिमा कोरियाको मजदुर संगठन केसिटियुबाट ४ जना, सरकार र कम्पनीका तर्फबाट १८ जना र अन्य मजदुर संगठनबाट गरी २७ जना प्रतिनिधि रहने गर्छन्।

नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलब पाउने कामदारले ५ हजार ५ सय ८० वन तलब पाउनेछन्। त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ। अहिले ४१ हजार ६ सय ८० वन छ। त्यसैगरी प्रतिमहिना ११ लाख ६६ हजार २ सय २० वन (करिब १ लाख ४ हजार ८ सय रुपैयाँ) हुन्छ। अहिले प्रतिमहिना कामदारको तलब १० लाख ८८ हजार ९ सय ९० वन रहेको छ। यसअघि सन् २०१४ मा घण्टाको ४ हजार ८ सय ६० वनबाट बढेर ५ हजार २ सय १० वन पुगेको थियो। सय कोरियाली वनको करिब ९० रुपैयाँ हुन्छ।

यता नेपाल सरकारले कोरियासँग नेपाली कामदारका लागि कानुनबमोजिम पेन्सन दिलाउन पहलसमेत गरेको छ। सरकारले नेपाली कामदारका लागि नागरिक पेन्सन दाबी गर्दै सेवा सुविधा बढाउन पहल गरेको हो। नेपालमा पनि नागरिक पेन्सनको व्यवस्था रहेकाले कोरियामा पनि रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया गएर काम गरेका कामदारका लागि पेन्सन अवधारणाको कुरा भइरहेको इपिएस शाखाका प्रमुख डिल्ली बास्तोलाले बताए। 'हामी यो कार्यान्वयन गराउने पक्षमा छौँ,' उनले भने।

कोरियामा कृषि क्षेत्रमा नेपाली कामदार पहिलो प्राथमिकतामा छन् भने औद्योगिक उत्पादन क्षेत्रमा नेपाली कामदार अहिले तेस्रो प्राथमिकतामा पर्छन्। साना तथा मझौला उद्योगअन्तर्गत औद्योगिक उत्पादन क्षेत्रमा इन्डोनेसिया र फिलिपिनी कामदारपछि नेपालीहरू रोजगारदाताको रोजाइमा पर्दै आएका छन्।

कोरियाले पहिलोपटक सन् २००८ मा ईपीएसमार्फत नेपाली कामदारलाई कोरिया लगेको थियो। कोरियामा सन् २००८, सन् २०१०, सन् २०११ र सन् २०१३ को इपिएस परीक्षा दिएर २२ हजारभन्दा बढी नेपाली काम गरिरहेका छन्। सन् २०१४ को भाषा परीक्षा उतीर्ण गरेका परिक्षार्थी प्रक्रिया पूरा गरेर आगामी जनवरीदेखि जान सक्ने इपिएस शाखाले जनाएको छ। यसपटक इपिएसमार्फत कोरिया जाने कामदारको लागि लिइएको भाषा परीक्षामा ३६ सय ६३ जना उतीर्ण भएका छन्। कोरियामा ४ वर्ष १० महिनासम्म बसेर काम गर्ने नियम रहेको छ।

इपिएसमार्फत जाने नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक भएको छ। इपिएसमार्फत राम्रो काम गरेको भन्दै गतवर्ष बेस्ट अवार्ड पाएको नेपाललाई कोटा बढाउन कोरिया सकारात्मक देखिएको हो। ८० हजार लागतमा मासिक १ लाखभन्दा बढी आम्दानी गर्न सकिने हुनाले कोरियाप्रति नेपाली युवाको आकर्षण बढ्दो छ।

नेपालबाट हरेक वर्ष इपिएसमार्फत कोरिया जान युवाहरूले कोरियन भाषा सिकेर तयारी गर्दै बसे पनि कोरियामा कामदारमाथि शोषण भइरहेको गतमहिना सार्वजनिक एम्नेस्टीको रिपोर्टले जनाएको थियो। रिपोर्टमा नेपालीसहित विभिन्न मुलुकका कामदारसँग गरिएको कुराकानीमा कामदारमाथि शोषण भएको जनाइएको छ।

बिटर हार्भेस्ट शीर्षकको एम्नेस्टीको प्रतिवेदनले कृषि क्षेत्रका आप्रवासी कामदारमाथि भइरहेको शोषण र दुव्र्यवहारका विषयमा विवरण प्रस्तुत गरेको छ। इपिएसमार्फत कोरिया पुगेका कामदारको समेत श्रम शोषण भएको उल्लेख गरिएको छ।

 

कहाँ जान कति तिर्ने ?

सरकारले विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च तोके पनि म्यानपावर कम्पनी र एजेन्टले बढी रकम उठाउँदै कामदारलाई ठगिरहेको गुनासो बढिरहेको छ। कामदारले विदेश जाँदा म्यानपावरलाई पहिला बढी रकम दिने र पछि काम नभएमा वा सम्झौताअनुसार नभएमा मात्र उजुरी गर्ने प्रवृत्ति बढेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विभिन्न मुलुकका लागि सिलिङ तोकेको छ।

मलेसिया रु.८०,०००।–

जापान रु. ५०,०००।–

बहराइन रु. ७०,०००।–

कुवेत रु. ७०,०००।–

लेबनान रु. ७०,०००।–

मोरिसस रु. १९,०००।–

ओमान रु. ७०,०००।–

पोल्यान्ड रु. ८०,४००।–

कतार रु २०,०००।–

रसिया रु. ८०,०००।–

साउदी अरेबिया रु. ७०,०००।–

युएई रु. ७०,०००।–

साथै कसैले तोकिएको रकमभन्दा बढी रकम माग गरेमा बोर्डले फोन नं. ४४६१२९९, फ्याक्स नं. ४११२४७३, वैदेशिक रोजगार विभाग, तिनकुने र फोन नं. ४१०२७०९, फ्याक्स नं. ४१०२७०९ वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, अनामनगरमा तत्काल उजुर गर्न पनि आग्रह गरेको छ।





अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस