नक्कली पासपोर्टमा सिरियाली: युरोप छिराउन काठमाडौं ट्रान्जिट
०२ पौष २०७१
•
१५ मिनेट पाठ
नक्कली पासपोर्टमा सिरियाली: युरोप छिराउन काठमाडौं ट्रान्जिट
काठमाडौं-नक्कली राहदानीमा द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकलाई नेपाल हुँदै युरोप छिराउने मानवतस्करी रोकिएको छैन। काठमाडौंलाई ‘ट्रान्जिट' बनाउँदै आएका तस्करले सिरियालीलाई युरोप लैजाने रुट भने परिवर्तन गरेका छन्।यसअघि सिरिया–टर्की–काठमाडौं हुँदै युरोप छिराउने गरेकामा पुरानो रुटमा समस्या आएपछि उनीहरुले नेपाल आउने नयाँ रुट प्रयोग गर्न थालेका हुन्।
नयाँ रुट हो– टर्की–कतार–काठमाडौं–युरोप।
टर्कीले स्तानबुलस्थित विमानस्थलमा कडाइ गरेपछि तस्करले नयाँ रुट अपनाएको देखिन्छ।
‘नक्कली राहदानीमा गैरकानुनी रुपमा युरोप जान हिँडेका सिरियालीले नेपाल आउने रुट बदलेका छन्। पहिले उनीहरु टर्की गई त्यहाँबाट सिधै काठमाडौं आउँथे, अहिले कतार र अन्य खाडी राष्ट्रको विमानस्थलबाट नेपाल आउने गरेको पाइएको छ,' अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले नागरिकसँग भने, ‘टर्कीको राजधानी इस्तानबुलमा टर्किज एयरलाइन्सले कडाइ गरेपछि उनीहरुले रुट फेरेका हुन्।'
टर्किज एयरलाइन्सले इस्तानबुलबाट सिधै काठमाडौं उडान भर्छ। यसैको फाइदा उठाउँदै मानवतस्करहरुले सिरियालीलाई नक्कली राहदानीमा युरोप पठाउन काठमाडौंलाई ट्रान्जिट बनाउँदै आएका छन्। अध्यागमनको अनुरोधपछि टर्किजले इस्तानबुलमा सिरियाली नागरिकमाथि कडाइ गरिरहेको छ। 
‘टर्किज एयरलाइन्सले कडाइ गरेपछि नेपाल आउने सिरियाली अरेबियन राष्ट्र हुँदै आउने गरेका छन्,' ढकालले भने। 
केही महिनायता २५ सिरियाली नक्कली राहदानीमा युरोप जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। फाडिया अज्जा, फौआद इजेस, बिबार्स इस्माइल, फयज अलहिलु, बसाल अलअहमदलगायत सिरियाली नागरिक कतार हुँदै काठमाडौं आउँदा पक्राउ परेका हुन्। सिरियालीहरु युरोप जान एक्लाएक्लै मात्र होइन, परिवारै समेत एकसाथ आउने गरेको पाइएको छ। एकै परिवारका चार सदस्य विमानस्थलमा पक्राउ पर्नु यसैको प्रमाण हो।
महानिर्देशक ढकालका अनुसार नक्कली राहदानीमा पक्राउ परेका सिरियाली अधिकांशले युरोपको जर्मनी, बेलायत र बेल्जियम जान हिँडेको बयान दिएका छन्। आफूलाई शरणार्थी बताउने उनीहरु द्वन्द्व चर्केकाले सिरिया बस्न नसकेर युरोपमा शरण लिन हिँडेको बताउने गरेका छन्।
सन् २०११ यता द्वन्द्वका कारण सिरियामा करिब २ लाख मानिसले ज्यान गुमाइसकेका छन्। सिरियाको पूर्वी र इराकको उत्तर–पश्चिम भागमा इस्लामिक स्टेट फर इराक एन्ड सिरिया (आइएसआइएस) नामक सुन्नी विद्रोही समूहले कब्जा जमाएको छ। यसले सिरिया र इराक दुवैमा द्वन्द्व चर्काएको छ। सिरियामा केही समूहले राष्ट्रपति बसार अल असदलाई पदच्यूत गरी प्रजातन्त्र स्थापना माग राखी लामो समयदेखि आन्दोलन गरिरहेका छन्।
आइएसआइएसमाथि अमेरिकाले हवाइ आक्रमण गरिरहेको छ। आइएसआइएसले विश्वभरका जिहादीलाई समेटेर मजबुत आतंकवादी संगठन तयार गरेको छ। विश्वका जुनसुकै देशमा आइएसआइएसका कार्यकर्ता तथा समर्थकले आक्रमण गर्ने सम्भावना रहेको अमेरिकालगायत पश्चिमा देशको आँकलन छ। 
‘नक्कली राहदानीमा आउनेहरुले त्यहाँ बस्न नसकेका कारण युरोप गई शरणार्थी भएर बस्न नेपाललाई ट्रान्जिट बनाउने गरेको बताएका छन्,' महानिर्देशक ढकालले भने, ‘हाम्रो अनुसन्धानमा अहिलेसम्म आतंकवादमा संलग्न मान्छे यहाँ भेटिएको छैन।' 

कमजोर अध्यागमन 


युरोप हिँडेका सिरियालीहरु विपरीत दिशामा रहेको नेपाल हुँदै जाने क्रममा काठमाडौंमा पक्राउ पर्ने गरेका छन्। टर्कीसँग सिरियाको सीमा जोडिएको छ। टर्कीको आधा भाग एसिया र आधा भाग युरोपमा पर्छ। तर, युरोपनजिकै रहेका सिरियाली भने निकै पर रहेको नेपाल हुँदै युरोप जाने प्रयास गर्छन्, किन त? 
‘अन्य देशको तुलनामा नेपालको अध्यागमन कमजोर भएकाले काठमाडौंलाई ट्रान्जिट बनाएका होलान्,' ढकालले भने, ‘आफ्नो उडान सहज बनाउन।' 
उनका अनुसार त्रिभुवन विमानस्थलमा राहदानी सक्कली या नक्कली जाँच गर्ने आधुनिक मेसिन एउटा मात्रै छ। त्यो पनि बेला–बेला बिग्रेको हुन्छ। त्यो साँच्चै नै बिग्रने हो वा चाहेका बेला मात्र बिग्रने भन्ने अध्यागमनका कर्मचारी बताउन चाहँदैनन्। पक्राउ परेका सिरियाली सबैले अरूको राहदानी प्रयोग गरेको भेटिनु संयोग मात्र हुन भने सक्दैन।

पक्राउ परेकाहरुले विभिन्न देशका राहदानी १ देखि १२ हजार अमेरिकी डलरमा किनेर त्यसमा फोटो परिवर्तन गरी नेपाल हुँदै युरोपेली राष्ट्र गन्तव्य बनाउने गरेको स्विकारेका छन्। फोटो परिवर्तन गर्ने र नक्कली भिसा लगाउनेसम्मको काम तस्करले नै गर्ने गर्छन्। त्यसपछि मात्र राहदानी खरिदबिक्री हुन्छ। हालसम्म सिरियालीले स्लोभाकिया, फ्रान्स, अर्जेन्टिना, बुल्गेरिया, रोमानिया, ग्रिस, स्विडेन र लिथवानियाका राहदानीमा फोटो परिवर्तन गरेको भेटिएको छ। 
‘हाम्रोमा राहदानी सक्कली या नक्कली भनेर जाँच्ने राम्रो मेसिन अभाव छ। यसैकारण नक्कली राहदानीमा आउनेहरु पनि बेलाबखत उम्किने गरेका छन्। यसैको फाइदा सिरियालीले पनि उठाउन खोजेको देखिन्छ,' महानिर्देशक ढकालले भने। 

हरेकसँग दुइटा राहदानी


ढकालका अनुसार पक्राउ परेका सबै सिरियालीबाट दुइटा राहदानी बरामद भएका छन्, एउटा सक्कली (सिरियाली), अर्को नक्कली (अन्य देशको जसमा फोटो परिवर्तन गरेर आफ्नै टाँसिएको हुन्छ। नाम भने फरक–फरक।
‘काठमाडौं आउँदासम्म नक्कली राहदानी (फोटो परिवर्तन गरिएको) प्रयोग गर्दा रहेछन्,' उनले भने, ‘सिरियाली राहदानीमा यात्रा गर्दा अध्यागमनमा बढी सोधपुछ हुने भएकाले उनीहरुले नक्कली राहदानीमा यात्रा गरेको बुझिन्छ।' 

उनका अनुसार नेपालबाट उम्कन भ्याए भने युरोपेली देश पुगेपछि उनीहरु मात्र आफ्नो सक्कली राहदानी देखाउँछन्। किनकि सिरियाली राहदानीमा शरणार्थी दाबी गर्न सहज हुन्छ। ‘काठमाडौंबाट उडेपछि नक्कली राहदानी फ्याँक्छन्,' ढकालले सुनाए।

विदेशी तस्कर संलग्न 


सिरियालीलाई नक्कली राहदानीमा काठमाडौं ल्याएर युरोप पुर्याीउन अन्तर्राष्ट्रिय तस्कर संलग्न पाइएको छ। गत मंसिर १२ गते नक्कली राहदानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका दुई सिरियाली नागरिक फाडिया अज्जा र फौआद इजेसले बयानमा यसको खुलासा गरेका हुन्। त्यसपछि अध्यागमनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा यस कार्यमा संलग्न एक–एक जना जर्मनी र टर्कीका नागरिकलाई पक्राउ गरेको थियो।
मानवतस्करीमा संलग्न आरोपमा पक्राउ परी मुद्दा चलाइएका जर्मनी र टर्कीका नागरिकमा ओमइरात हिसाइन र जोरिक इरडन्स छन्। उनीहरु पक्राउ परेका सिरियाली नागरिकसँगै नेपाल आएका थिए र एउटै कोठा सेयर गरी होटलमा बसेको भेटिएको थियो। बयानमा दुवैले सिरियालीसँग जहाजमा चिनजान भएको र सोही आधारमा एउटै होटलमा कोठा सेयर गरेको बताएका छन्। ‘नक्कली राहदानीमा आउनेको होटल बुकसमेत उनीहरुले नै गरेका रहेछन्, तर बयानमा सकारेका छैनन्,' ढकालले भने।
सिरियालीहरु त्रिभुवन विमानस्थल ओर्लेपछि नेपालको अनअराइभल भिसा लिई केही दिन काठमाडौंमै बस्छन्। अध्यागमनले उनीहरुलाई १५ दिनको पर्यटन भिसा दिने गरेको छ।
विमानस्थलमा उनीहरुलाई नेपालीले पनि सघाउने गरेको भेटिएको छ। नक्कली राहदानीमा पक्राउ परेका सिरियाली फाडिया अज्जा र फौआद इजेसलाई विमानस्थलमा सघाएको आरोपमा अध्यागमनले विमानस्थल अध्यागमन प्रमुख गोविन्दबहादुर कार्कीका चालक मधु केसी र अर्की पियन जानुका थापा छन्। थापा दुई महिनाअघि मात्र त्यहाँ पुगेकी थिइन्।
अध्यागमन स्रोतका अनुसार मानवतस्करलाई विमानस्थलको सेटिङ मिलाउन संलग्न उच्च तहका कर्मचारीलाई जोगाएर विभागले तल्लो तहका कर्मचारीलाई मात्र निलम्बन गरेको हो। स्रोतका अनुसार नक्कली राहदानीमा भिसा दिने अधिकृतमाथि कुनै छानबिन गरिएन। घटनालगत्तै केहीलाई भने विभागमा तानिएको छ। महानिर्देशक ढकालले भने अहिलेसम्म यस्तो सेटिङमा नेपाली संलग्न भएको नभेटिएको दाबी गरे।
‘सिरियालीलाई कागजात मिलाउन सघाउने दुई नेपाली कर्मचारीलाई निलम्बन गरिसकिएको छ, अरू संलग्न भएको पाइएको छैन,' उनले भने। 

फितलो अनुसन्धान 


अध्यागमन ऐन, २०४९ को दफा ५ मा जाली राहदानी प्रयोग गर्नेलाई कारबाही सम्बन्धी स्पष्ट व्यवस्था छ। नक्कली राहदानी तथा भिसा प्रयोग गरी कोही नेपाल प्रवेश गरे ५० हजार रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। त्यति मात्र होइन, नक्कली राहदानी प्रयोग गर्नेमाथि अनुसन्धान गर्ने व्यक्तिले पनि कसैको प्रभावमा परी अनुसन्धान फितलो बनाएको पाइए २५ हजार रुपैयाँ जरिवाना वा २ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ। नक्कली राहदानीमा पक्राउ पर्ने सिरियाली र तस्करहरु भने फितलो अनुसन्धानकै कारण सहजै उम्कन्छन्। सानो रकम जरिवाना र केही दिन थुनामा बसेपछि उनीहरु उम्कने गरेका छन्।
नक्कली राहदानीमा आउनेहरु साँच्चै सिरिया बस्नै नसकेर हिँडेका हुन् वा कुनै लक्ष्यसाथ आतंकवादी क्रियाकलापमा संलग्न छन्, पक्राउ परेकामाथि गहन अनुसन्धान भएको देखिँदैन।
‘हामीकहाँ जाली राहदानीसहित पक्राउ पर्ने विदेशीलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरिवाना गर्ने र बढीमा १ महिना जेलसजाय गरिन्छ,' स्रोतले भन्यो।
महानिर्देशक ढकालले पनि नक्कली राहदानी बाहकलाई कारबाहीस्वरुप बढीमा १ महिना कैद र १०/१५ हजार रुपैयाँ जरिवाना हुने गरेको सकारे। अध्यागमन स्रोतका अनुसार रित पुर्यांउन मात्र अनुसन्धान र कारबाही हुने गरेको छ। नेपाल किन आएको हो? आतंकवादीसँग कुनै सम्बन्ध छ/छैनजस्ता पक्षमा गम्भीर अनुसन्धान नै गरिँदैन।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस