एनिमेटेड फिल्म कार्टुन होइन
०२ माघ २०७१
•
७ मिनेट पाठ
एनिमेटेड फिल्म कार्टुन होइन
एनिमेटेड फिल्मको निर्माण र प्रदर्शनमा नयाँ–नयाँ प्रयोग र कीर्तिमान हुँदैछन्। तर, एनिमेटेड फिल्मलाई अझै पनि बालबालिकाकै फिल्म मान्ने मानसिकता हटेको छैन। कसैले एनिमेटेड फिल्म हेरेको देख्यो भने हामी उसलाई 'कस्तो केटाकेटी, यस्तो कार्टुन पनि हेर्ने हो?' भन्दै जिस्काउन बेर लाउँदैनौँ।
नेपालमात्र होइन, जताततै एनिमेटेड फिल्मलाई 'कार्टुन' भनेर अपहेलना गरिन्छ। जबकि कार्टुन भन्नाले एनिमेटेड टीभी सिरियल र छोटो फिल्म तथा पत्रपत्रिकामा छापिएका सामग्रीसम्मलाई बुझाउँछ। हलमा रिलिज हुनेलाई कार्टुन फिल्म भनिँदैन। एनिमेटेड फिल्म भनिन्छ।

संसारका सबै एनिमेटेड फिल्म बालबालिकालाई लक्ष्य गरेर बनाइँदैन। एनिमेटेड फिल्म एउटा अलग्गै विधा हो। बच्चा, युवा र वयस्क सबै प्रकारका उमेर समूहलाई आकर्षण गर्ने गरी एनिमेटेड फिल्म बनाइन्छ। त्यसैले एनिमेटेड फिल्मको दर्शक बालबालिका नै हुनुपर्छ भन्ने छैन।

काठमाडौँको क्यूएफएक्स मल्टिप्लेक्स हलमा केही महिनाअघि एनिमेटेड फिल्म 'हाउ टू ट्रेन योर ड्रागन–२' रिलिज भएको थियो। त्यतिबेला फिल्म हेर्न आएका बालबालिका निकै थोरै थिए। ९० प्रतिशत दर्शक किशोरकिशोरी र वयस्क नै थिए।

एनिमेसन एउटा कला हो। एउटा चित्रकारले कल्पेको पात्रलाई पर्दामा जीवन्त बनाइन्छ। निर्जीव वस्तु वा आकृतिमा यसरी प्राण भरिएको हुन्छ कि, दर्शकहरू ठूलाठूला स्टारका अभिनयलाई भुलेर एनिमेसनको अलग्गै दुनियाँमा रमाउँछन्।

हेर्दा रमाइलो र सरल लागे पनि एनिमेटेड फिल्म बनाउन खर्चिलो र झन्झटिलो छ। निर्जीव वस्तु वा पशुपन्छीलाई मानवीकरण गर्नु सजिलो छैन। एनिमेसनमार्पmत निर्माण गरिएका विम्ब र प्रतीक बुझ्न सके त्यसको अलग्गै मज्जा छ।

वयस्कका लागि मात्र भनेर पनि एनिमेटेड फिल्म बनाइन्छ, जसलाई 'एडल्ट एनिमेसन' भनिन्छ। त्यस्ता फिल्म १८ वर्षभन्दा माथिका दर्शक लक्षित हुन्छन्। हिंसा, अश्लील शब्द र यौनसम्बन्धी सामग्री तिनमा पाइन सक्छ, जुन नेपालको सेन्सर बोर्डबाट पास हुन सक्दैनन्।

अमेरिकी च्यानलहरू कार्टुन नेटवर्क र फक्स ब्रोडकास्टिङ कम्पनीले क्रमशः 'एडल्ट स्विम' र 'एनिमेसन डोमिनेसन' नामक एनिमेटेड सिरिजलाई वयस्क दर्शकप्रति समर्पित गरेका छन्। क्यानडामा पनि टेलेटुन च्यानलले वयस्ककै लागि 'टेलेटुन एट नाइट' कार्यक्रमको व्यवस्था गरिदिएको छ।

अमेरिकी निर्देशक राल्फ बाक्सीले सन् १९७२ मा बनाएको 'फ्रिज द क्याट' अमेरिकामा 'एक्स रेटिङ' पाउने पहिलो एनिमेटेड फिचर फिल्म थियो। उक्त फिल्म १८ वर्षमुनिका दर्शकलाई पूर्ण निषेधित थियो। फिल्ममा अन्तरजातीय सम्बन्ध, कलेज जीवन र राजनीतिका विषय उठाइएको थियो। आठ लाख ५० हजार डलरमा बनेको उक्त फिल्मले नौ करोड डलर कमायो।

हिंसा, यौन र अतिरञ्जित दृश्यले मात्र एनिमेटेड फिल्मलाई वयस्ककेन्द्रित बनाउने होइन। गम्भीर विषयवस्तु र कथानकका कारण पनि कुनै–कुनै एनिमेटेड फिल्म बालबालिकाका लागि उपयुक्त नहुनसक्छ। सन् २००८ को इजरायली एनिमेटेड फिल्म 'वाल्ज विद बसिर' अस्कर अवार्डको विदेशी (गैरअंग्रेजी) भाषाको फिल्मतर्पm मनोनीत भएको थियो। फिल्ममा उठाइएको लेबनान युद्धको प्रसंग बालदर्शकका लागि अरुचिकर र अनुपयुक्त हुनसक्छ।

सन् २००७ मा फ्रान्स र इरानको संयुक्त फिल्म 'पर्सपोलिस' अस्कर अवार्डको उत्कृष्ट एनिमेटेड फिचर फिल्मतर्पm मनोनीत भएको थियो। कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज जितेको उक्त फिल्म इरानी क्रान्तिको बेला हुर्किएकी एक युवतीको अनुभवमा आधारित छ। इरानको मुस्लिम समुदाय, त्यहाँ रहेको बाह्य प्रभाव र नयाँ पुस्तामा रहेको परिवर्तनको आकांक्षालाई फिल्मले उजागर गर्छ।

टाइम म्यागजिनले 'पर्सपोलिस'लाई वर्षको उत्कृष्ट १० फिल्मको सूचीमा समावेश गरेको थियो। तर, इरानी प्रशासन फिल्मप्रति सकारात्मक थिएन। इरानले फ्रान्सको कान्स फिल्म फेस्टिभल आयोजकलाई पत्र लेखेर फिल्मले इरानलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको थियो। तर, पछि केही यौनदृश्य काटेर फिल्मलाई इरानले पनि प्रदर्शन ग¥यो।

अस्कर अवार्डमा एनिमेटेड फिल्मका लागि अलग्गै भिडन्त हुन्छ। तर, केही एनिमेटेड फिल्म अस्करको मुख्य विधा सर्वोत्कृष्ट फिल्मकै लागि पनि मनोनीत भइसकेका छन्। यसको सुरुवात सन् १९९१ मा 'ब्युटी एन्ड द बिस्ट'ले गरेको थियो। त्यसपछि सन् २००९ मा 'अप' र सन् २०१० मा 'टोय स्टोरी ३' मुख्य विधातर्पm मनोनीत भएका थिए। 'अप' र 'टोय स्टोरी ३'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पनि जिते।

एनिमेटेड फिल्महरू हल्काफुल्का र साधारण विषयमा बनाइएको हुन्छ भन्ने भ्रम पाल्नु गलत हो। कथा प्रस्तुत गर्ने एउटा माध्यम हो एनिमेटेड फिल्म। यसमा कहिले हल्काफुल्का कथा भनिन्छ त कहिले गम्भीर पनि। एनिमेटेड फिल्मले कुनै पनि वस्तुलाई यथार्थभन्दा फरक आकार, फरक रङ र फरक लयमा हेर्न सिकाउँछ। त्यसैले सबै उमेरका दर्शकले हेर्नुपर्छ एनिमेटेड फिल्म।
अर्को समाचार
मिकी माउस दिवस मनाइँदै
०२ मंसिर २०८२
•
१ मिनेट पाठ
मिकी माउस दिवस  मनाइँदै
विश्व इतिहासमा नोभेम्बर १८ अर्थात आजको दिनमा त्रासदी, प्रविधि र कूटनीतिक रुपमा  सफलताको दिन मानिन्छ। आजभन्दा करिब ६ सय  वर्ष अगाडी नोभेम्बर १८, १४२१ मा उत्तरी सागरको एक भीषण बाढीले हालको नेदरल्यान्ड्समा ठूलो विनाश  गरेको थियो।  युरोपेली इतिहासको सबैभन्दा घातक बाढीमध्ये एक मानिने यो  प्राकृतिक प्रकोपले धेरै गाउँहरूलाई नष्ट गरेको थियो।      

साथै १८ नोभेम्बर १९०३ मा पानामा र संयुक्त राज्य अमेरिकाबीच हे बुनाउ भरिला सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिले अमेरिकालाई पानामा नहर क्षेत्रमा स्थायी अधिकार  दिनुको साथै विश्व व्यापारलाई नयाँ दिशा दिने पानामा नहर को निर्माण कार्य  काम अगाडि  बढेको थियो।  

प्रथम विश्वयुद्धको सबैभन्दा  बढी रक्तपातपूर्ण युद्धहरूमध्ये एक सोमेको युद्ध चार महिनाभन्दा बढीको भयानक संघर्षपछि नोभेम्बर १८, १९१६ मा समाप्त भएको थियो। उक्त युद्धमा सबै पक्षबाट लाखौंको संख्यामा ठूलो क्षति भएको थियो।  

नोभेम्बर १८, १९९१ मा लेबनानमा चार वर्षभन्दा बढी समयदेखि बन्धक रहेका बेलायती वार्ताकार टेरी वाइट र अमेरिकी प्राध्यापक थोमस  सदरल्याण्ड संयुक्त राष्ट्रसंघको पहलमा रिहा भएका थिए।    

नोभेम्बर १८, १९२८ मा विश्वको सबैभन्दा प्रिय कार्टुन चरित्र मिकी माउसले वाल्ट डिज्नीको  एनिमेटेड छोटो फिल्म स्टिमबोट विली मार्फत औपचारिक रूपमा पर्दापण गरेको थियो। यसैले गर्दा आजको दिनलाई मिकी माउस दिवस को रूपमा पनि मनाइन्छ। एजेन्सी
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस