कोहलपुर- कोहलपुर नगरपालिकाभित्र बढ्दो चोरी रोक्न इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रण अभियान थालेको छ। प्रहरीले रातको समयमा बढ्दो चोरीविरुद्ध स्थानीय व्यापारी र नगरवासीलाई सचेत पार्ने, माइकिङ मार्फत सचेतनामुलक सूचना दिने कार्य थालेको छ।
चोरी रोक्न व्यापारिक क्षेत्र र घरको चारैतिर बत्ती बाल्न, ढोका, गेट र सटरको ताल्चा, चुकुल अनिवार्य लगाउन, रातमा ढोका नखोल्न, घर छोड्दा छिमेकीला जानकारी दिन आग्रह गर्दै घरदैलो र प्रचार प्रसार सूरु गरिएको इलाका प्रहरी चौकी कोहलपुरका डिएसपी जनकबहादुर शाहीले बताए।
चोरी रोक्न रातमा शंकास्पद व्यक्ति, समूह देखेमा प्रहरीलाई खवर गर्न र चोरीलगायतका घटना तत्काल जानकारी दिन आग्रहसमेत गरेको उनले बताएओ। चिसो मौसम सुरुदेखि कोहलपुरका व्यापारीक क्षेत्रमा चोरी बढेको भन्दै प्रहरीको आलोचना हुँदै आएको थियो।