चितवन-चितवन, भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ डा. नारायणबहादुर थापालाई अपहरण गरी फिरौती बार्गेनिङ गरिरहेका तीन व्यक्तिलाई प्रहरीले आइतबार चितवनकै एक रिसोर्टबाट पक्राउ गर्यो।अस्पताल परिसरबाटै अपहरण गरी भरतपुरकै आइल्यान्ड रिसोर्टको कोठामा बन्धक बनाइएका डा. थापालाई प्रहरीले केही घन्टामै सकुशल मुक्त गरेको थियो। घटनामा संलग्न आरोपमा भरतपुरका घनश्याम पौडेल, नुवाकोट, विदुरका सखम खवास र धरानका जुने लिम्बूलाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक अनुसन्धानबाट खुल्यो– अपहरण प्रकरणसँग त रोचक पात्र र नाटकीय घटना पो जोडिएका रहेछन्।
पक्राउ परेका दुई व्यक्ति डाँका मुद्दामा जेलसजाय काटेर केही महिनाअघि मात्र मुक्त भएका हुन् भने अपहरित डा. थापा चितवन, चैनपुरकी रीता पुरीले ‘पत्नी नातासम्बन्ध कायम गरी पाउँ्क' भन्दै जिल्ला अदालतमा दायर मुद्दा खेप्दै रहेछन्।
अझ रोचक पक्ष त डा. थापाविरुद्ध मुद्दा हाल्ने रीता आफ्नै नवजात शिशु हत्या अभियोगमा करिब डेढ वर्षदेखि जेलसजाय काटिरहेकी छन्। रीताको विगतबारे जेलमै थाहा पाएका अपहरणकारीले यसअघि नै पटक–पटक डा. थापासँग सोही मुद्दा मिलाइदिने भन्दै रकम असुल्दै आएका थिए।
घनश्याम र सखम नवलपरासी, कावासोतीका सूर्यप्रसाद सुवेदीको घरमा ४१ लाख र शिवमन्दिर गाविसका मीना पौडेलको घरमा १० लाख रुपैयाँ डाँका गरेको मुद्दामा परासी कारागारमा सँगै बसेका व्यक्ति हुन्। चितवन प्रहरीका अनुसार सुवेदीको घरमा २०६८ जेठ १२ गते र मीनाको घरमा असार ३० गते डकैती भएको थियो।
पौडेल ११ महिना कारागारमा बसे भने सखम ३३ महिना कारागार बसेर यही कात्तिक १९ मा रिहा भएको चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए।
रीता भने आफ्नै नवजात शिशु मारेको अभियोगमा भरतपुर कारागारमै छिन्। ‘भरतपुर कारागारमा रहेकी रीताले डा. थापासँग श्रीमान–श्रीमतीको नाता कायम गरी पाऊँ भनेर जिल्ला अदालतमा हालेको मुद्दा विचाराधीन अवस्थामा छ। सोही मुद्दा मिलाउने भन्दै पौडेल र खवासले डा. थापालाई पैसाका लागि अपहरणसम्म गरेका हुन्,' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुगम कुँवरले भने।
प्रहरीका अनुसार भरतपुर कारागारकी रीतासँग सखमले परासी कारागार बस्दा नै चिठीपत्रमार्फत सम्पर्क गरेको अनुसन्धानमा खुलेको छ। ‘परासी कारागारबाट रिहा भएको भोलिपल्टै सखमले भरतपुर आएर रीतालाई भेटे। त्यसपछि घनश्याम र सखमले रीतालाई माघ १५ र १६ गते फेरि भेटेको प्रारम्भिक अनुसन्धानमा देखियो,' कुँवरले अनुसन्धानको फेहरिस्त खोल्दै सुनाए।
प्रहरीका अनुसार रीता २०७० कात्तिक २१ देखि ज्यानमुद्दामा पुर्पक्षका लागि भरतपुर कारागारमा छिन्। सोही वर्ष असोज १९ गते आफूले जन्माएको नवजात छोरो मारेको आरोपमा उनी पक्राउ परेर कारागार चलान भएकी थिइन्। श्रीमान विदेश भएका बेला अवैध गर्भ बोकेर जन्मिएको बच्चाको रीताले हत्या गरेको अनुसन्धान क्रममा खुलेको कुँवरले जनाए।
डा. थापासँग रीताको भेट उनी कार्यरत अस्पतालमै भएको थियो जहाँ उनी आफ्नो पहिलेको छोराको उपचार गराउन पुगेकी थिइन्।
थापासँग चिनजान भएको र उनैसँगको यौनसम्पर्कका कारण गर्भ बसेको रीताले बयान दिएकी छन्। कुँवरका अनुसार रीताले मुद्दा दायर गर्नुअघि नै डा. थापासँग रकमको मोलतोल गरेकी थिइन्।
रीता र डाक्टरको सम्बन्धबारे थाहा पाएपछि जेलमुक्त हुनासाथ अपहरणकारीले पैसा असुल्ने योजना बनाएका थिए। प्रहरीका अनुसार उनीहरूले अपहरणअघि नै मुद्दा मिलाइदिने भन्दै पटकपटक गरी १३ लाख ७५ हजार रुपैयाँ असुलिसकेका थिए।
‘कारागारमा रहेकी रीतासँग सबै जानकारी लिएपछि घनश्याम र सखमले डा. थापालाई फोन गरेर रीतासँग आफूहरूको राम्रो सम्बन्ध छ, मिलापत्र गराउन सक्छौं भनेर फकाएको र डाक्टरले अटेर गरेपछि धम्काउन थालेको पाइयो,' एसपी थापाले भने।
उनका अनुसार घनश्यामले माघ १८ गते दुई बैंकबाट ४–४ लाख र २१ गते थप ४ लाख गरेर १२ लाख रुपैयाँ डा. थापाबाट बुझिसकेका थिए। फागुन १ गते सखमले पनि डा. थापाबाट १ लाख ७५ हजार रुपैयाँ बुझेको अनुसन्धानमा देखिएको प्रहरी बताउँछ।
उनीहरूले अझै पैसा माग्न छाडेनन्। डा. थापाले थप पैसा दिन नमानेपछि अपहरणको योजना बनाए।
प्रहरीका अनुसार फागुन ३ गते आइतबार काठमाडौंबाट सखम र जुने लिम्बू मोटरसाइकलमा चितवन आएका थिए। उनीहरूले अपहरणमा प्रयोग गरेको मोटरसाइकल जम्मा अढाइ सय किलोमिटर मात्रै गुडेको छ।
अपहरणकारीले फागुन ३ गते साँझ ७ बजेतिर अस्पताल छेउबाटै डा. थापालाई उठाएका थिए। उनीहरूले जबर्जस्ती मोटरसाइकलमा राखेर भरतपुरको आइल्यान्ड जंगल रिसोर्ट पुर्यािई कोठा नम्बर १०४ मा थुनेर राखेका थिए।
रिसोर्टमा राखेर फिरौतीबापत ३० लाख रुपैयाँ मागेको चिकित्सक थापाले प्रहरीलाई बयान दिएका छन्। उनीहरूले प्रयोग गरेको बा६७प २६६६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ। ‘डाक्टरलाई फोन गरेर अस्पतालबाहिर बोलाई जबर्जस्ती मोटरसाइकलमा राखेर लगे भन्ने जानकारी प्रहरीमा आयो। मोबाइल फोनको लोकेसन हेर्दा भरतपुरमै रहेको पत्ता लाग्यो। खोज्दै जाँदा होटलमा भेट्टाएर उनीहरूको कब्जाबाट मुक्त गरेका हौं,' एसपी थापाले भने।
अपहरणकारीविरुद्ध मुलुकी ऐनको अपहरण तथा शरीरबन्धक महलअन्तर्गत मुद्दा चलाउन प्रहरीले जिल्ला अदालतबाट थप अनुसन्धानका लागि १० दिन म्याद पाएको छ। अपराध ठहर भए ७ देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
डा. थापाले रीताले नै आफ्नो अपहरण गराएको आरोप लगाएका छन्। ‘रीता पुरीले मलाई बद्नाम गराएर पैसा फुत्काउन पहिलेबाटै अनावश्यक मुद्दा–मामिला गर्दै आएकी थिइन्। अहिले यी केटाहरू पनि उनैले परिचालन गरेकी हुन्', डा. थापाले नागरिकसँग भने।
प्रहरी निरीक्षक कुँवर भने रीताले नै पौडलको समूहलाई परिचालन गरेजस्तो नदेखिने बताउँछन्। ‘रीताबाट उनीहरूले जानकारी लिएका हुन् तर उनैको योजनामा भन्दा पनि आफैंले पैसा असुल्ने हिसाबले काम गरेको देखिन्छ। यो प्रारम्भिक अनुसन्धान मात्रै हो। रीताको संलग्नताबारे पनि छानबिन गर्दैछौं,' कुँवरले भने।
प्रहरीले मंगलबार गरेको पत्रकार सम्मेलनमा आरोपित पौडेलले आफूलाई अपहरण र पैसा असुलीबारे केही जानकारी नभएको र डा. थापाले अनाहक फसाउन खोजेको आरोप लगाए।

यस्तो थियो घटना