चितवन- नेपालमा सिक्किमीकरण निकै चल्तीको शब्द हो। कुनैबेलाको स्वतन्त्र देश सिक्किममा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको समयमा राजतन्त्रविरुद्ध आन्दोलन चल्यो। राजतन्त्रसँगै देशको अस्तित्व पनि समाप्त भयो। भारतको एउटा राज्यका रुपमा खुम्चिएको सिक्किमका साहित्यकार र पत्रकारहरुको शनिबार नारायणगढमा जमघट थियो।चितवन उद्योग वाणिज्य संघको सभा कक्षमा उनीहरुले आफ्नो अवस्था सुनाएर कविता र मनतव्यमार्फत्। 'काजी लेन्दुपको चर्चा खुबै हुन्छ। उनी यस्तो व्यक्ति हुन्, जस्ले सामन्तवादविरुद्ध देशमा संघर्ष गरेका थिए। उनको संघर्षको प्रतिफल यो रहयो कि विश्वले आज एक मात्र नेपालीभाषी मुख्यमन्त्री पायो,' मन्तव्यका क्रममा सिक्किम प्रेस क्लबका अध्यक्ष भीम रावतले भने।
सिक्किममा साहित्य फस्टाएको छ। तर अभिव्यक्ति स्वतन्त्रता सन्तोषजनक नभएको रावत बताउँछन्। 'हाम्रो यो टोलीमा भएका कवि पत्रकारहरु पनि सिक्किममा अभिव्यक्ति स्वतन्त्रताका लागि अझै संघर्षरत् छन्,' अध्यक्ष रावतले भने। सिक्किममा नेपाल प्रेम पनि अत्याधिक छ रहेको रावत बताउँछन्।
उनी भन्छन्, 'सिक्किममा वर्षेनी हुने गोल्डकप फुटवल प्रतियोगितामा नेपालबाट जाने टोलीको समर्थनमा सिक्किमेलीहरु नेपाली झन्डा नै बोकेर खेल मैदान ढाक्छन्।' सिक्किमका कवि, कथाकार र पत्रकारहरु निलम न्यौपाने, प्रवीण राई जुमेली, प्रवीण खालिङ, केके क्षेत्री, युवा बराल, पवित्र भण्डारी, शेरबहादुर कार्की, अम्बर लाछिकाठी गुरुङ र कविता शर्मा टोलीमा छन्।
अम्बर लाछिकाठी गुरुङले चुरोट र रक्सीका बारेमा छोटा तर घोचक रचना पस्के। सिग्रेट शीर्षकमा उनले भने, 'तिमी मलाई ओठ देऊ म तिमीलाई मृत्यु दिन्छु।' त्यस्तै रक्सी शीर्षकमा सुनाए, 'हानिकारक हो मनले भन्छ। एकपटक लिउँ मुखले भन्छ।'
देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानको निमन्त्रणामा नेपाल आएका उनीहरुले चितवनमा कविडाँडा साहित्य समाजको सह–आयोजनामा भएको कार्यक्रममा कविता सुनाएका हुन्। जहाँ चितवनका नयाँ पुराना कवि साहित्यकारहरुले पनि आफ्ना रचना सुनाए। चितवनमा दुई रात बिताएको सिक्किमे टोली लुम्बिनीसम्म पुगेर फर्कने कार्यक्रम छ।
चितवनमा निकुञ्जको घुमघामपछि रचना सुनाउन जुटेका उनीहरु लुम्बिनीमा पनि गौतम बुद्ध जन्मस्थल परिक्रमासँगै सोमबार कविता वाचनमा जुट्ने छन्। 'हामी पनि सिक्किम जाने गछौं रचना सुनाउन त्यहाँको अवस्था हेर्न। यो पटक उहाँहरु उता आउनु भयो। यो एउटा जनस्तरमा सम्बन्ध सुदृढ बनाउने अवसर हो,' प्रतिष्ठानका महासचिव रणेन्द्र बरालीले भने।