चितवन-भरतपुरको नारायणी सामुदायीक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.नारायणबहादुर थापाको अपहरण गरेको आरोप लागेका पाँचजनामध्ये चारजनालाई सोमबार चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बाँकी एकजना एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
भरतपुर कारागारमा रहेकी एक महिला थुनुवाको मुद्दा मिलाउने बाहानामा पैसाका लागि चिकित्सकलाई अपहरण गरेको आरोपमा चितवन प्रहरीले फागुन ३ गते भरतपुरका घनश्याम पौडेल, नुवाकोट विदुरका सखम खवास र धरानका जुने लिम्बुलाई समाएको थियो। कारागारमा रहेकी रिता पुरी र अर्का एकजना सुवर्ण हमाल विरुद्ध पनि चितवन अदालतमा मुद्धा दायर भएको थियो।
अदालतमा सकिएको थुनछेक बहसपछि जिल्ला न्यायाधीस विनोदमाहेन आचार्यले रिता सहित पौडेल, खवास र लिम्बुलाई थुनामा राख्ने आदेश दिएको हो। त्यस्तै हमालसँग धरौटी मागिएको थियो। रिताले आफ्नो नवजात शिशु मारेको अभियोग छ। रिताले डा.थापासँग नाता कायम गराउनका लागि पनि अदालतमा मुद्दा दायर गरेकी छन्।
चितवन चैनपुरकी रिता विस २०७० सालको कात्तिक २१ देखि पुर्पक्षका लागि भरतपुर कारागारमा छिन्। सोही वर्षको असोज १९ गते आफुले जन्माएको नवजात छोरो मारेको आरोपमा उनी पक्राउ परेर कारागार चलान भएकी हुन्। उनका श्रीमान विदेशमा भएका बेला गर्भ बसेर जन्मेको बच्चाको हत्या गरेको अनुसन्धानले देखाएको प्रहरी निरीक्षक रुगम कुँवरले बताएका छन्।
उपचारका लागि अस्पताल जाँदा डा.नारायणबहादुर थापासँग चिनजान भएको र उनैसँगको यौन सम्पर्कका कारण गर्भ बसेको रिताले अनुसन्धानका क्रममा बयान दिएककी छन्। यसरी बयान दिनुका साथै रिताले पहिला डा.थापासँग आफै रकमको मोलतोल गरेको र पछि नाता कायम गराइ पाउँ भनेर मुद्दा समेत हालेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए।
पौडल र खवासलाई रकमका लागि रिताले नै परिचालन गरेको डा.थापाको आरोप छ। घनश्याम र सखम नवलपरासी कावासोतीका सुर्यप्रसाद सुवेदीको घरमा ४१ लाख रुपैयाँ र शिवमन्दिर गाविसका मिना पौडेलको घरमा १० लाख रुपैयाँ डाँका गरेको मुद्दामा परासी कारागारमासँगै बसेका व्यक्तिहरु भएको चितवन प्रहरीले जानकारी दिएको छ।
विस २०६८ साल जेठ १२ सुर्यप्रसाद सुवेदीको घरमा र असार ३० गते मिनाको घरमा डाँका गरेको प्रहरीको भनाइ छ। पौडेल ११ महिना कारागारमा बसे भने सखम ३३ महिना कारागार बसेर यही कात्तिक १९ मा रिहा भएको चितवनका प्रहरीको अनुसन्धानबाट खुलेको छ। रितासँग सखमले परासी कारागारमा रहँदा नै चिठि्ठ मार्फत सम्पर्क गरेको अनुसन्धानमा देखिएको छ।
परासी कारागारबाट रिहा भएको भोलि नै सखमले भरतपुर आएर रितालाई भेटेको देखिन्छ। त्यसपछि घनश्याम र सखमले रितालाई माघ १५ र १६ गते भेटेका थिए। त्यसपछि पौडेल र सखमले 'धम्काउँदै' पटक पटक गरेर डा.थापाबाट १३ लाख रुपैयाँ लिइसकेको चितवन प्रहरीले जानकारी दिएको छ।
घनश्यामले माघ १८ मा दुई बैंकबाट चार चार लाख गरेर आठ लाख र फेरि माघ २१ मा थप चार लाख गरेर कुल १२ लाख रुपैयाँ डा.थापाबाट बुझेको देखिन्छ। त्यस्तै फागुन १ गते सखम खवासले डा.थापाबाट एक लाख ७५ हजार रुपैयाँ बुझेको देखिन आएको प्रहरीले जानकारी दियो।
कुल १३ लाख ७५ हजार रुपैयाँ डा.थापाबाट लिए पनि फागुन ३ गते आइतबार साँझ सात बजे फेरि उनलाई जर्वजस्ती मोटरसाइकलमा राखेर अस्पतालबाट भरतपुरको आइल्याण जंगल रिसोर्टको कोठा नं १०४ मा थुनेर राखेका थिए। चिकित्सक थापाले फिरौती वापत उनीहरुले ३० लाख रुपैयाँ मागेको प्रहरीलाई बयान दिएका छन्।
'डाक्टरलाई फोन गरेर अस्पताल बाहिर बोलाई जर्वजस्ती मोटरसाइकलमा राखेर लगे भन्ने जानकारी प्रहरीलाई आयो। मोबाइल फोनको लोकेशन हेर्दा भरतपुरमै रहेको पत्ता लाग्यो। खोज्दै जाँदा होटलमा भेटाएर उनीहरुको कब्जाबाट मुक्त गरेका हौं' चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले भने।
अपराध ठहर भएमा सातदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बयानको क्रममा अभियुक्तहरुले भने आफुहरुमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन्।