चितवन-दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न राजकुमार चेपाङलाई चितवन निकुञ्ज कार्यालयले थप चारवटा मुद्दा चलाएको छ। चेपाङमाथि यसअघि नै १५ मुद्दा चलेको थियो। यसरी उनीमाथि चलेको कुल मुद्दासंख्या १९ पुगेको छ। जसमध्ये छ मुद्दा फैसला भइसकेका छन्।
निकुञ्जले यसअघि फैसला गरेको सवै छवटा मुद्दामा राजकुमारलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ। यो कैद र जरिवना वन्यजन्तु अपराधमा हुने सवैभन्दा धेरै हो। राजकुमार मात्रै नभएर उनका गाउँले र आफन्तहरु समेत यो अपराधमा संलग्न भएको अभियागमा चितवन निकुञ्जबाट सजाय पाएर जेलमा छन्।
चितवन निकुञ्जमा राजकुमार विरुद्ध विस २०६० सालको चैत्र १२ गते पहिलो पटक मुद्दा दायर भएको थियो। २० भन्दा धेरै गैंडा मारेको आरोप लागेका उनी माघ २६ गते मात्रै निकुञ्जको हिरासतमा आएका हुन्। योबीचमा उनलाई पक्राउ गर्न ठुलो कसरत चल्यो। नेपालबाट मलेसिया पुगेका राजकुमारलाई पक्राउ गर्न इनटरपोलले रेडकर्नर नोटिस जारी गर्योन। गत वर्षको कात्तिकमा रेडकर्नर नोटिस जारी भएको थियो। यही माघ १६ मा उनी मलेसियामा समातिए।
'उनी निकुञ्जको हिरासतमा आएपछि अनुशन्धान हुँदा थप चार मुद्दा दायर भएको हो' चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मंगलबार प्रेश विज्ञप्ती जारी गरेर जानकारी दिएको छ। प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको इजलासको आदेश बमोजिम चेपाङ मंगलबार नै भरतपुर कारागार चलान भएको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए।
उनका जेठा दाजु दलबहादुर र माइला बलबहादुर कारागारमा छन् भने साइला रामकुमार १० वर्ष जेल बसेर निस्केका हुन्। उनका चारजना मामा, एकजना भिनाजु, एकजना मामाको छोरा, एकजना जेठान, एकजना भान्जा र एकजना दाजुको छोरासमेत गैंडा मुद्दामा जेलमा रहेको चितवन निकुञ्जका सहयाक संरक्षण अधिकृत विष्णु थपलियाले बताए।
अवैध रुपमा बेचबिखन हुँदै चीनमा जाने खागका लागि तस्करहरुले गैंडा मार्न निकुञ्ज आसपासका सोझा सर्वसाधरणलाई बढी उपयोग गर्ने गरेको देखिन्छ। राजकुमार सक्रिय रहेको समयमा चितवनमा गैंडा सिकार अत्याधिक हुने गरेको थियो। उनी मलेसिया लागेसँगै गैंडा सिकार निन्त्रणमा आएको छ।
विस २०६० सालमा उनी विरुद्ध निकुञ्जमा मुद्दा दर्ता हुनुभन्दा पहिलेबाटै राजकुमार गैंडा सिकारमा सक्रिय थिए। नाम बदलेर विस २०६७ सालमा फर्जी नागरिकता र राहदानी बनाएर मलेसिया लाग्नुअघि उनले धेरै गैंडा मारे। धेरैलाई यो काममा संलग्न गराए। 'मैले नै गोली हानेर २० वटा गैंडा मारे। त्यस्तै गोली लागेर अरु पाँच गैंडा घाइते भए' राजकुमारले भनेका छन्।
यी बाहेक अरुले मारेका थप दुईवटा गैंडाको खाग पनि आफुले बेचेको फागुन ३ मा पत्रकारमाझ उपस्थित हुँदा उनले बताएका थिए। नेपाल र भारतमा मात्रै पाइने एकसिंगे गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ जनावर हो। यसको नाकमा हुने सिंग जस्तो बस्तु खागका लागि तस्करहरुले यसको सिकार गर्छन्।
विकट गाउँ कोराकका राजकुमारले विस २०६७ साल जेठ १० गते गोरखाबाट नागरिकता झिकेको अनुशन्धानबाट खुलेको छ। उनले भक्तराज गिरीको नामबाट गोरखाबाट नागरिकता लिएसँगै काठमाडौं पराराष्ट्र मन्त्रालयबाट ६७ सालकै जेठ २० मा राहदानी सोही वर्षको असोज २६ मा मलेसिया गएका हुन्।