चितवन– ‘मेडिकल सिटी' का रूपमा चर्चा पाएको चितवनमा ठूल्ठुला अस्पताल छन्। दुईवटा मेडिकल कलेजका ‘भव्य' शिक्षण अस्पताल देख्दा यो चर्चा गलतजस्तो लाग्दैन। तर, भरतपुरमा रहेका ती दुई अस्पताल बाहिरबाट हेर्दा जति भव्य भए पनि शिक्षण अस्पतालको मापदण्ड पूरा गर्दैनन्।एमबिबिएस पढाउन चितवन कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) ले १ सय ५० र नयाँ खुलेको चितवन मेडिकल कलेज (सिएमसी) ले १ सय ४० विद्यार्थी कोटा पाएको छ। यी कलेजको पूर्वाधार भने विद्यार्थी कोटाको दाँजोमा कम छ।
विद्यार्थी अनुपातमा पढाउने प्रध्यापक संख्या पनि दुवैतिर अपुग छ। सिएमसीमा रहेका ९ वटा विभागमा न्यूनतम १८ जना प्राध्यापक चाहिने भए पनि त्यहाँ ४ जना मात्र रहेको विद्यार्थीहरू बताउँछन्। सिएमएसमा पनि प्राध्यापक पाँच जना मात्र छन्।
मेडिकल काउन्सिल तथा विश्वविद्यालयबाट हुने अनुगमन क्रममा बाहिरबाट भाडाका चिकित्सक तथा प्रध्यापक ल्याएर आँखा छल्ने प्रवृत्ति यहाँ पनि छ। केही समयअघि सिएमएसले यस्ता भाडाका प्राध्यापक ल्याएर नारायणघाटको रेडकार्पेट होटलमा राख्दा निकै चर्चा पाएको थियो।
‘डा. गोविन्द केसीको अनशन नयाँ मेडिकल कलेजको सम्बन्धनमा मात्र केन्द्रित छैन। भइरहेका मेडिकल कलेजको गुणस्तरका विषयमा पनि यथेष्ट ध्यान जाओस् भन्ने हो,' नेपाल चिकित्सक संघ, चितवन शाखाका अध्यक्ष डा. कृष्णप्रसाद पौडेलले नागरिकसँग भने, ‘सञ्चालनमा रहेका धेरै मेडिकल कलेजको गुणस्तर समस्यामा छ। यसबारे पनि चर्चा हुनुपर्छ।'
उनका अनुसार मेडिकल कलेजहरूको मनपरि डरलाग्दो छ। भारतीय नागरिकहरूले सञ्चालन गरेको सिएमएसले सर्वोच्च अदालतलाई समेत अटेर गरेको थियो। जैविक र पुरातात्विक दृष्टिले संवेदनशील र महत्वपूर्ण मानिएको देवघाटको बागेश्गरी जंगलमा कलेजको शिक्षण विभाग थियो। उक्त ठाउँबाट हट्न सर्वोच्चले २०५३ सालमै गरेको आदेश मेडिकल कलेजले १८ वर्षसम्म अटेर गरेर बस्यो। कलेजले अघिल्लो वर्ष मात्र बागेश्वरीको जंगल खाली गरेको थियो।
सिएमएसको अटेरी अन्यत्र पनि उस्तै छ। मेडिकल कलेजको शिक्षण अस्पताल भरतपुर अस्पतालको जग्गामा छ। अस्पतालको जग्गा निकै कम मूल्यमा भाडामा लिइएको छ। त्यो पनि समयमा भाडा तिर्ने गरेको छैन। जग्गा भाडाबापत ५० लाख रुपैयाँभन्दा बढी रकम कलेजले बक्यौता राखेको छ।
एक वर्षअघिको अनुगमनमा उक्त मेडिकल कलेजले अस्पतालमा सञ्चालन गरेको फार्मेसी दर्तासमेत नभएको पाइएको थियो। त्यतिबेला कलेजले सामान्य जरिवना तिरेर छुटकारा पाएको थियो।
‘देशको सर्वोच्च अदालतलाई नटेर्ने र सरकारी बक्यौता नतिर्नेले शिक्षण प्रक्रियामा कत्तिको गुणस्तर कायम गरेको होला सहजै अनुमान लगाउन सकिन्छ,' एक चिकित्सकले भने।
रकम बक्यौता राखेकोबारे अस्पतालका आवासीय निर्देशक भारतीय नागरिक डा. भी नटराजप्रसादले ‘कमाउन नसकेर नतिरेको' बताएका छन्।
‘कमाउनै सकिएको छैन, कमाएपछि तिर्ने हो,' उनको भनाइ छ। जबकि उनी आफैं यो अस्पताल एसियाकै सुविधासम्पन्न भएको दाबी गर्न चुक्दैनन्। हरेक वार्डमा एसी र सरसफाइ अन्यत्रभन्दा राम्रो भएको उनले बताउँदै आएका छन्।